नेपालको ब्याटिङ फेरि चुक्यो, एसिया कपको सपना पनि समाप्त

काठमाडौं । नेपाली महिला क्रिकेट टोलीको कमजोर ब्याटिङ प्रदर्शनले फेरि ठूलो प्रतियोगिताको ढोका बन्द भएको छ। एसीसी महिला प्रिमियर कपको क्वाटरफाइनलमा थाइल्याण्डसँग ५६ रनले पराजित हुँदै नेपाल प्रतियोगिताबाट बाहिरिएको मात्र होइन, आगामी एसिया कपमा स्थान बनाउने अवसरसमेत गुमाएको छ।

बिज्ञापन

मलेसियाको क्वालालम्पुरस्थित वायुमास ओभलमा १ सय ३१ रनको लक्ष्य पछ्याएको नेपालले सुरुदेखि नै लय समात्न सकेन। शीर्षक्रमका ब्याटरहरू लगातार आउट भएपछि टोली २० ओभरमा ७ विकेट गुमाएर ७४ रनमा सीमित भयो।

बिज्ञापन

नेपालका लागि रुविना क्षेत्रीले अविजित २० रन बनाएर सर्वाधिक स्कोर गरिन् भने सीता राना मगरले नटआउट १२ रन थपिन्। अन्तिमतिर यी दुईले ३० रनको साझेदारी गरे पनि त्यसले खेलको नतिजा बदल्न सकेन।

नेपालको इनिङ्स सुरुदेखि नै दबाबमा रह्यो। रुबि पोद्दार खाता नखोली फर्किइन् भने सम्झना खड्का (१२), पूजा महतो (२), सोनी पाख्रिन (१५), कविता कुँवर (१), कप्तान इन्दु बर्मा (७) र कविता जोशी (४) सस्तोमै आउट भए। १२.१ ओभरसम्म नेपालले ३९ रन बनाउँदा ६ विकेट गुमाइसकेको थियो।

बिज्ञापन

थाइल्याण्डका बलरहरूले अनुशासित प्रदर्शन गरे। थिपात्चा फुटवोङ, सुनिदा चतुरोङग्रात्ना र सुलिपोन लाओमीले समान दुई-दुई विकेट लिएर नेपालको ब्याटिङ धराशायी बनाए।

यसअघि टस जितेर ब्याटिङ रोजेको थाइल्याण्डले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ३० रन बनाएको थियो। प्रारम्भिक विकेट चाँडै गुमाए पनि दोस्रो विकेटका लागि फानिता माया र नानपाट खोन्चारोयन्काइबीच ३७ रनको साझेदारी बनेपछि थाइल्याण्डले इनिङ्स सम्हाल्यो।

फानिताले २६ रन बनाइन् भने कप्तान नारूमोइ चाइवाइ ८ रनमा रनआउट भइन्। त्यसपछि नानपाट र चानिदा सुथिरूवाङले चौथो विकेटका लागि ४२ रनको महत्वपूर्ण साझेदारी गर्दै टोलीलाई बलियो अवस्थामा पुर्‍याए।

थाइल्याण्डको इनिङ्समा नानपाट मुख्य आकर्षण बनिन्। उनले ५१ बलमा ६ चौका प्रहार गर्दै अविजित ६२ रनको अर्धशतकीय इनिङ्स खेलिन्। अन्तिम ओभरहरूमा आक्रामक ब्याटिङ गर्दै थाइल्याण्डले प्रतिस्पर्धात्मक योगफल खडा गरेको थियो।

नेपालका लागि कविता कुँवर, रुविना क्षेत्री र रिया शर्माले समान एक-एक विकेट लिए।यो हारसँगै नेपाल लगातार दोस्रो पटक ठूलो अन्तर्राष्ट्रिय प्रतियोगिताको छनोटमा असफल भएको छ। यसअघि पनि मलेसियामै सम्पन्न प्रतियोगिताको तेस्रो स्थानको खेलमा चीनसँग पराजित हुँदै नेपाल जापानमा हुने एसियाली खेलकुदमा छनोट हुन सकेको थिएन। अब एसिया कपको यात्रासमेत क्वाटरफाइनलमै टुंगिएको छ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

नेपालको ब्याटिङ फेरि चुक्यो, एसिया कपको सपना पनि समाप्त

एउटा निजामती कर्मचारी उत्पादन गर्न कति लगानी गर्दछ राज्यले ?

मधेश स्वास्थ्यमा ‘डबल कमाण्ड’ विवाद : एक चिकित्सकको हातमा दुई अड्डा, कानुनभन्दा बलियो प्रभावशाली सञ्जाल ?

भूपु कर्मचारीको सल्लाह अनुसार ल्याइदैंछ ५५- ३० को प्रावधान

५५ वर्ष उमेर वा ३० वर्षे सेवाअवधि : प्रशासन सुधारको नाममा अर्को ‘कोतपर्व’ को तयारी ?

हालसम्म चार हजारले बुझाए सम्पत्ति विवरण,असार मसान्तसम्म थपियो म्याद

करार कर्मचारीलाई मात्रै डेढ करोड

निजामती प्रशासनमा अभूतपूर्व संकट

बिशेष