हप्तामा दुई दिन बिदा पुनर्विचार गर्दै प्रदेश सरकार

कोशी प्रदेश सरकारले साताको दुई दिने बिदा पुर्नविचार गर्ने भएको छ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले साताको दुई दिने बिदाको पुर्नवचार बारे सुझाव माग गरेका हुन ।
सरकारले गत चैत्र अन्तिम सातादेखि सातामा दुइ दिन बिदा दिने निर्णय कार्यान्वयनमा ल्याएको थियो । जस अनुसार शनिवार र आइतबार सार्वजनिक बिदा दिने र पाँच दिन कार्यालय
समय बिहान ९ देखि अपराह्न ५ बजे बनाएको थियो । सातामा दुई दिन बिदा दिँदा सेवाग्राही मारमा परेको, सरकारी कामकारबाही सुस्त भएको र मुख्य उद्देश्य भनिएको इन्धन तथा प्रशासनिक खर्च बचतमा कुनै ठुलो परिवर्तन नदेखिए पछि यो नीतिको आलोचना हुँदै आएको छ ।

बिज्ञापन

इन्धन सङ्कट कम गर्न भन्दै सरकारले सातामा दुइ दिने बिदा दिने निर्णय गरे पनि सातामा दुई दिन सार्वजनिक बिदा दिने व्यवस्था प्रभावकारी नभएको निष्कर्ष निकाल्दै कोशी प्रदेश सरकारले सातामा दुई दिन बिदाको व्यवस्था पुर्नविचारका लागि प्रदेशका मुख्यमन्त्रीले सुझाव माग गरेका हुन ।

बिज्ञापन

मुख्यमन्त्री कार्कीले लेखेका छन्,कोशी प्रदेश सरकारले आफ्ना मन्त्रालय र मातहत अफिसलाई हप्ताको ६ दिन नै कार्य दिन बनाएर (साबिक झैँ बिदा शनिवार १ दिन मात्रै) काम गर्दा कस्तो होला ? हप्ताको ५ दिन मात्रै काम गर्दा कार्य दिन नपुग्ने र खर्च तथा इन्धन बचत खासै उपलब्धि देखिएन । कोही प्रदेश सरकारको अब बस्ने मन्त्रिपरिषद्को बैठकले यस बिषयमा ठोस निर्णय गर्नसक्ने जनाइएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

शाखा अधिकृत,लेखापाल,सहायक लेखापालसहित १० विरुद्ध भ्रष्टाचार मुद्धा

यस्ता छन् मन्त्रिपरिषद् बैठकका आठ निर्णयहरु

थुनिएका विदेशीलाई मुर्गा बनाएपछि हिरासतमा पुगे हास्य कलाकार

विवादमा मुख्यसचिवको पहिलो निर्णय : स्थायी नियुक्ति रोक्ने तयारीले भड्किएका युवा सडकमा

अदालतबाट ‘अयोग्य’ ठहर भएका सिइओको पक्षमा रास्वपाको माननीय

मन्त्रिपरिषद् बैठक बस्दै

प्रदेश सरकारबाट बाहिरियो एमाले, ६ मन्त्रीले दिए सामुहिक राजीनामा

एक्सट्रिम इनर्जीमाथि वाणिज्य विभागको एक्सन : खाद्य प्रविधिमा हुँदैछ परीक्षण

बिशेष