एशियाली खेलकुदको पुरुषतर्फको छनोट : नेपालले सेमिफाइनलमा ओमानसँग खेल्ने

एशियन गेम्स पुरुष क्रिकेट छनोट प्रतियोगिताको सेमिफाइनलमा नेपालले ओमानसँग प्रतिस्पर्धा गर्ने भएको छ।

बिज्ञापन

समूह चरणमा उत्कृष्ट प्रदर्शन गर्दै नेपाल समूह ‘ए’ को विजेता बनेपछि उसको सेमिफाइनल प्रतिद्वन्द्वी ओमान तय भएको हो। नेपाल र ओमानबीचको सेमिफाइनल खेल आइतबार बिहान ७:१५ बजे सुरु हुनेछ। अर्को सेमिफाइनलमा हङकङ र मलेसिया आमनेसामने हुनेछन्।

बिज्ञापन

नेपालले समूह चरणमा प्रभावशाली प्रदर्शन गर्दै चीनलाई २२१ रन तथा मलेसियालाई १६७ रनको फराकिलो अन्तरले पराजित गरेको थियो। लगातार दुई जितसहित नेपाल समूहको शीर्ष स्थानमा रहँदै अन्तिम चारमा पुगेको हो।

प्रतियोगिताका चारै सेमिफाइनलिस्ट टोलीले आगामी एशियन गेम्सका लागि स्थान सुरक्षित गरिसकेका छन्। अब नेपाल उपाधि नजिक पुग्ने लक्ष्यसहित ओमानविरुद्ध मैदान उत्रिनेछ।
नेपाली समर्थकहरूको ध्यान अहिले आइतबार बिहान हुने सेमिफाइनलमा केन्द्रित भएको छ, जहाँ नेपाल फाइनल प्रवेशको लक्ष्यसहित मैदानमा उत्रिनेछ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

नापीको नयाँ सरुवा मापदण्ड जारी : अब चक्रीय प्रणाली,कार्यबोझ र योग्यताको आधारमा व्यवस्थापन

दुई लाख विद्यार्थीको विवरण फर्जी,छानबिनका लागि सहसचिवको संयोजकत्वमा समिति

तीन महिनामा ९२ आयोजनाको ठेक्का आह्वान, सवा १७ अर्ब लागत

८५७ कर्मचारीको सरुवा मन्त्रीले गरिन बदर

राष्ट्र बैंकका पूर्व हाकिमको कब्जामा नियामक निकाय

१४२ अधिकृतको सरुवा : ७९ लाई उद्योग,पर्यटन मन्त्रालय मातहत

पाँच पाण्डवमा गृह-सञ्चार सचिवको चासो

आईजीपी पुनर्बहालीको माग लिएर सर्वाेच्च पुगे कार्की

बिशेष