प्रधानमन्त्री कार्यालयमा जगेडामा तानिए सचिव पुष्कर

उपराष्ट्रपति कार्यालयका सचिव कृष्णहरि पुस्करलाई जगेडमा तानिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सचिव पुष्करलाई अतिरिक्त समूहमा तानेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय उच्च स्रोतले जनाएको छ । उनलाई बिहिबारकै मितिमा उपराष्ट्रपति कार्यालयबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा तानिएको हो ।

बिज्ञापन

प्रधानमन्त्री बालेन्द्र शाहलाई मोबाइलमा म्यासेज पठाएको आरोपमा प्रहरी अनुसन्धानमा परेका सचिव कृष्णहरि पुष्करलाई हिजो राती नै केरकार गरेर प्रहरीले छाडेको थियो । बिहान प्रधानमन्त्रीलाई पठाएको म्यासेजका आधारमा उपत्यका अपराध अनुसन्धान महाशाखा,टेकू पुगेर राति अबेर आइन्दा प्रधानमन्त्रीलाई केही म्यासेज नपठाउने शर्तमा छोडेको थियो ।

बिज्ञापन

कर्मचारीले पदीय मर्यादाविपरीत उच्चपदस्थ व्यक्तिलाई एसएमएस गरेको भन्दै थालिएको आकस्मिक अनुसन्धानपछि राति पत्नी आभा श्रेष्ठको जिम्मामा छाडिएको थियो । पत्नी श्रेष्ठ पनि नेपाल सरकारमा सहसचिव हुन । पुष्करले प्रधानमन्त्री शाहको समय माग्दा सचिवालयबाट नपाएपछि निजी नम्बरमा म्यासेज लेखेका थिए । पुष्कर असार २४ गते सचिव पदको पाँच वर्षे अवधि पूरा गरी अवकाश हुँदैछन् ।

उनले मुख्यसचिव बन्ने सम्भावना नरहेपछि राजदूतमा इच्छासहितको म्यासेज प्रधानमन्त्रीलाई पठाएका थिए । सोही म्यासेजका कारण केही बेर प्रहरी केरकारमा परेका उनलाई हिजैको मितिमा प्रधानमन्त्री कार्यालयमा जगेडामा तानिएको सो स्रोतले जनाएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

मन्त्रीको लावालस्कर, कर्मचारीलाई सास्ती : ८५ जनाको नास्ता, ७० जनाको डिनर, २०० जनाको खानाको बिल कसले तिर्छ?

चार अधिकृत र एक सहसचिवलाई सरकारी सेवाबाटै बर्खास्तीको तयारी

मन्त्रीको २२ सल्लाहकार भर्तीको प्रस्ताव,मुख्यसचिवद्धारा होल्ड

चार लाख धरौटी बुझाएर छुटे निलम्बित सचिव

समाचार प्रकाशनपछि भन्सारमा एक्सन : मुस्ताङबाट छुटेका दुई गाडी नियन्त्रणमा, १४ लाख रुपैयाँ जरिवाना

लोकसेवा गुरु झनै शक्तिशाली

कार्यालय प्रमुख र सवारी चालकविरुद्ध भ्रष्टाचार मुद्धा दायर

पिरामिड शैलीको दरबन्दी संरचना नहुँदा मारमा कर्मचारी,मुख्यसचिवलाई बुझाए ज्ञापन

बिशेष