श्रीमतीको हत्या गरी भागेका सितोराम प्रहरी हिरासतमा

अञ्जनकुमार 

बिज्ञापन

शंकाले लंका जलाइछ भनेझै शंकाकै भरमा पटक पटक झगडा गरिराख्ने सितोराम दासले अन्तत आफ्नी श्रीमती उजेली गुरुङ दासको हत्या गरेका छन ।

बिज्ञापन

सप्तरी जिल्लाको बिरपुर गाउँपालिका- ६ घर भई विगत २५/ २६ वर्षदेखि लमजुङको मध्यनेपाल नपा- ४ दुईपिप्लेमा बस्दै आएका दासले यही चैत्र २३ गते रातको दशबजेतिर श्रीमती ४० वर्षीय उजेली गुरुङलाई बाँसको कप्टेरोले हानेर सख्त घाइते पारेका थिए ।

स्थानीय अभि थापा मगरको घर भाडामा बस्दै आएका दास केही समयदेखि बाहिर बस्दै आएका थिए । सो रात श्रीमती उजेली एक्लै भएको चाल पाएर मदिराको जोसमा बाँसको खपेटाले टाउको लगायत शरीरका विभिन्न भागमा कुटेर रक्ताम्य पारेको खबर स्थानियले चाल पाएपछि उपचारका लागि घाइते उजेलीलाई स्थानीय रिस्ती मादी अस्पताल लगिएको र प्राथमिक उपचारपछि थप उपचारका लागि पोखरा स्थित गण्डकी मेडिकल अस्पतालमा उपचारका पुर्याइएको थियोे । उपचारका क्रममा घाइते उजेलीको शुक्रबार बिहान १० बजेतिर मृत्यु भएको ईलाका प्रहरी कार्यालय भोर्लेटारले जनाएको छ ।

बिज्ञापन

दुईपिप्लेमा पाउरोटी बनाउने काम गर्दै आएका दासले व्यास नगर पालिका- ८ बर्लाछी कि उजेलीसग २२ वर्षअघि बिहे गरेका थिए । उनको एक छोरी र एक छोरा छन् । छोरी कुसुमको बिहे पनि भैसकेको र १९ वर्षका छोराले दुईपिप्लेमै ब्लक उद्योगमा काम गर्छन् ।

श्रीमतीलाई बेहोस पारी भागेर लुकेका दासलाई ईलाका प्रहरी कार्यालय भोर्लेटारका प्रमुख प्रहरी निरीक्षक राजाराम खड्काको टोलीले घटनास्थल भन्दा सय मिटर पर लुकेर बसेको अवस्थामा प्रकाउ गरि थप अनुसन्धानका लागि जिल्ला पठाएको थियो । श्रीमती उजेलीको मृत्युपछि दासलाई कर्तव्य ज्यानको कसुर अन्तरगत मुद्दा चलाइने भए पनि दासले कुटपिट बारे केही  नखोलेको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

मैलुङ भिरबाट अर्जुन न्यौपानेको आग्रह– हामी सुरक्षित छौँ, अरू ३०० जनाको उद्धार गरिदिनुहोस

आपत्कालीन व्यवस्थापनका लागि नुवाकोट र रसुवालाई एक- एक करोड पठाइँदै

रसुवा भन्सारका दुई दर्जन कर्मचारी सम्पर्कविहीन

सिंहदरबारमा मन्त्रिपरिषद्को आकस्मिक बैठक

टिमुरे बजार तहस नहस,उद्धारको पर्खाइमा २ सय स्थानीय

विपद् प्रभावित क्षेत्रमा उद्धारका लागि प्रहरीको ठूलो संख्यामा टोली परिचालन

पुण्य कर्ममा ब्रह्माकुमारी : आठ हजार छ सय ९४ पिन्ट रगत संकलन

रसुवामा भीषण बाढी : कहाँ- कहाँ भयो क्षती ?

बिशेष