केही दिनदेखि निरन्तर ओरालो लागेको सुनको मूल्यमा आइतबार अप्रत्याशित रूपमा ठूलो उछाल आएको छ। नेपाल सुनचाँदी व्यवसाय महासंघका अनुसार छापावाल सुनको मूल्य एकैदिन प्रतितोला २० हजार ५ रुपैयाँले बढ्दै तीन लाख ११ हजार एक सय रुपैयाँ पुगेको छ।
बिज्ञापन
गत शुक्रबार प्रतितोला दुई लाख ९० हजार रुपैयाँमा कारोबार भएको सुन आइतबार पुनः तीन लाखको मनोवैज्ञानिक सीमाभन्दा माथि पुगेको हो। पछिल्ला दिनमा घट्दो क्रममा रहेको बजारमा आएको यो वृद्धिलाई व्यवसायीहरूले उल्लेखनीय मानिरहेका छन्।
सुनसँगै चाँदीको मूल्य पनि बढेको छ। शुक्रबार प्रतितोला पाँच हजार ४० रुपैयाँमा कारोबार भएको चाँदी आइतबार बढेर पाँच हजार ३४५ रुपैयाँ पुगेको महासंघले जनाएको छ।
अन्तर्राष्ट्रिय बजारमा बहुमूल्य धातुको मूल्य बढ्न थालेपछि त्यसको प्रत्यक्ष प्रभाव नेपाली बजारमा पनि परेको देखिएको छ। अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूका अनुसार हाल सुन प्रतिऔँस चार हजार ७३० अमेरिकी डलर र चाँदी प्रतिऔँस ८७ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
बिज्ञापन
वैश्विक बजारमा देखिएको मूल्य वृद्धिसँगै नेपाली बजारमा पनि सुन तथा चाँदीको भाउ उच्च दरले बढेको व्यवसायीहरूको भनाइ छ।






























