को–को पर्छन् सम्पत्ति छानबिन आयोगको ‘रेडार’मा ?

सार्वजनिक पद धारण गरेका उच्च तहका राजनीतिक, प्रशासनिक, सुरक्षा र संवैधानिक व्यक्तिहरू अब सम्पत्ति छानबिन आयोगको निगरानी दायरामा पर्ने भएका छन् । आयोगले जारी गरेको व्यवस्था अनुसार पूर्वप्रधानमन्त्रीदेखि बहालवाला तथा अवकाशप्राप्त उच्च अधिकारीसम्मको सम्पत्ति छानबिन गर्न सकिने स्पष्ट गरिएको छ ।

बिज्ञापन

आयोगको दायरामा पूर्व ‘श्री ५ को सरकार’ र हालको नेपाल सरकारका प्रधानमन्त्री, उपप्रधानमन्त्री, मन्त्री, राज्यमन्त्री तथा सहायकमन्त्री परेका छन् । यससँगै तत्कालीन संसद् सदस्य, संविधानसभाका सदस्य तथा संवैधानिक निकायका पूर्वपदाधिकारीहरू पनि अनुसन्धानको घेरामा आउने भएका छन् ।

बिज्ञापन

पूर्वन्यायाधीश, नेपाली सेनाका सहसचिव वा सोसरह र त्यसभन्दा माथिका अवकाशप्राप्त अधिकृतहरूको सम्पत्ति समेत आयोगले अध्ययन गर्नेछ । प्रदेश तहमा प्रदेश प्रमुख, मुख्यमन्त्री, मन्त्री, प्रदेशसभा सदस्य, महान्यायाधिवक्ता तथा मुख्यन्यायाधिवक्तासमेत आयोगको निगरानी सूचीमा समेटिएका छन् ।

स्थानीय तहका प्रमुख–उपप्रमुख, अध्यक्ष–उपाध्यक्षदेखि जिल्ला समन्वय समितिका पदाधिकारीसम्म आयोगको दायरामा परेका छन् । विदेशस्थित नेपाली राजदूतावास तथा कूटनीतिक नियोगका प्रमुख र कर्मचारीको सम्पत्तिमाथि पनि आयोगले अनुसन्धान गर्न सक्नेछ ।

बिज्ञापन

निजामती, स्वास्थ्य, संसद् तथा राष्ट्रिय मानवअधिकार सेवाका सहसचिव वा सोसरह र त्यसभन्दा माथिका कर्मचारीको सम्पत्ति पनि आयोगले हेर्नेछ । कार्यालय प्रमुखको जिम्मेवारी सम्हालेका उपसचिव वा सोसरहका कर्मचारीलाई समेत दायराभित्र राखिएको छ ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका उच्च अधिकारीहरू पनि आयोगको निगरानीमा पर्ने भएका छन् । नेपाल राष्ट्र बैंकका गभर्नर, डेपुटी गभर्नर, कार्यकारी निर्देशक तथा उच्च तहका कर्मचारीहरूको सम्पत्ति पनि छानबिन हुने व्यवस्था गरिएको छ ।

त्यसैगरी सरकारी बैंक, वित्तीय संस्था, बोर्ड, प्राधिकरण, समिति, केन्द्र, सार्वजनिक संस्थान तथा सरकारी स्वामित्व भएका निकायका अध्यक्ष, सञ्चालक, प्रमुख कार्यकारी अधिकृत, महाप्रबन्धक तथा उच्च कर्मचारीहरू आयोगको ‘रेडार’मा परेका छन् ।

सरकारी अनुदान प्राप्त विश्वविद्यालय, प्रतिष्ठानलगायतका संस्थाका उच्च पदाधिकारी र कर्मचारीहरू पनि आयोगको निगरानी सूचीमा राखिएका छन् ।

विशेष रूपमा राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री वा संवैधानिक निकायका प्रमुखहरूसँग काम गरेका सल्लाहकार, स्वकीय सचिव, निजी सचिव वा यस्तै प्रकृतिका पदाधिकारीहरूको सम्पत्तिसमेत आयोगले अनुसन्धान गर्न सक्ने व्यवस्था गरिएको छ ।

यस व्यवस्थासँगै राज्यको उच्च तहमा बसेर शक्ति प्रयोग गरेका व्यक्तिहरूको सम्पत्ति स्रोत, आर्जन र आर्थिक गतिविधिमाथि व्यापक निगरानीको बाटो खुलेको देखिएको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

२९ जना शाखा अधिकृतहरुको सरुवा

९ उपसचिवको सरुवा,३ लाई स्थानीय तह

निजामती कर्मचारीका ट्रेड युनियनमाथिको प्रतिबन्ध अदालतद्धारा सदर

यस्ता छन् मन्त्रिपरिषद्का महत्वपूर्ण तीन निर्णयहरु

फरारको सूचीमा आठ इन्स्योरेन्सका सिइओ

अध्यादेशबाट असारभित्रै संघीय निजामती सेवा ऐन ल्याउने सरकारको रणनीति

अर्थमन्त्री वाग्लेमाथि संसदीय छानबिन समिति गठन गर्न प्रतिपक्षीको माग

ट्रेड युनियन खारेजविरुद्धको रिटमा सुनुवाइ सुरु

बिशेष