देउवा,ओली सरकारका प्रिय प्रशासक वालेन सरकारको प्रथामिकतामा

कसैलाई माथैमाथ कसैको पुर्पुरोमा हात भन्ने तथ्य नयाँ सरकारको पालामा समेत अंगीकार गरेको छ । केपी शर्मा ओली,शेरबहादुर देउवा,प्रचण्डको सरकार हुँदा प्रशस्त लाभ लिएका,आकर्षक कार्यालयमा मात्र पदस्थापन हुन सफल रहेका र प्रदेशको सरुवा महिना दिनमै उल्टाएर संघमा फर्कन सफल एक प्रशासक वालेन सरकारको समेत प्रथामिकतामा परेका छन् । सरकारले हालैमात्र महालेखानियन्त्रक शोभाकान्त पौडेललाई नेपाल बैंकको सञ्चालक समितिको अध्यक्ष पदमा नियुक्त गरेको छ । बैंकको सञ्चालक समितिको जेठ १ गते बसेको बैठकले पौडेललाई अध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको थियो । सोही निर्णय बमोजिम औपचारिक रूपमा शपथ लिएका हुन् ।

बिज्ञापन

वर्तमान सरकार आएसँगै निजामती प्रशासन,विभिन्न नियुक्तिहरुमा स्याङ्जालीहरुको बोलबोला देखिन्छ । स्याङ्जा स्थायी ठेगना भएका तिनै पौडेल पूर्व गृहमन्त्री सुदन गुरुङको सम्पत्ति छानबिन आयोगका सदस्य समेत छन् । सांसद गुरुङमाथि छानबिन गर्न गठित समिति सदस्य पौडेललाई नेपाल बैंकको अध्यक्ष बनाइएको छ । सरकारले १५ दिनभित्र प्रतिवेदन पेश गर्ने जिम्मेवारीसहित वैशाख ३१ गते उच्च अदालतका पूर्वन्यायाधीश अच्युत भण्डारीको नेतृत्वमा तीन सदस्यीय समिति गठन गरेको छ ।

बिज्ञापन

भन्सार र राजस्व लगायतका शक्तिशाली कार्यालयको जिम्मेवारी पाउने थोरै प्रशासकहरु छन् । जस्तो अहिले मुद्धा खेपिरहेका चुणामणि शर्मा,हालै अवकाश भएका टंकमणि शर्माहरुको नाम आउँछ । शोभाकान्तले समेत विगतमा भन्सार विभाग,आन्तरिक राजश्व लगायतका शक्तिशाली निकायहरुको नेतृत्व गरिसकेका हुन । ०७८ भदौ ३ गतेदेखि फागुन २ गतेसम्म शोभाकान्त पौडेल आन्तरिक राजस्व विभागको महानिर्देशक बने। २०८० जेठ १७ देखि चैत १८ गतेसम्म पौडेल भन्सार विभागको महानिर्देशक भएर अड्डा जमाए। एउटै कर्मचारीलाई भन्सार विभागको महानिर्देशक,आन्तरिक राजश्वको महानिर्देशक,तिनैलाई सचिव बढुवा भए पछि साता दिन पनि प्रदेशमा बस्नु नपर्ने,संघमा फर्किए लगतै आकर्षक कार्यालयमा पदस्थापन पाउन कसरी सफल हुन्छ ? अर्थका केही सहसचिवलाई दीपक भट्टसँग कनेक्सन देखाएर प्रदेशतिर धपाइदा आकर्षक कार्यालयहरुको पदस्थापनलाई समेत यस्तै शक्तिकेन्द्रसँग जोडेर हेर्न थालिएको छ ।

लेखाका उपसचिव र लामो समय अर्थ मन्त्रालय बसेका, आन्तरिक राजस्व र भन्सार विभागको समेत महानिर्देशक भएर काम गरिसकेका पौडेलले वरिष्ठ प्रमुख सचिवहरूलाई हेरेको हेऱ्यै पारेर संघमा फर्किएनन मात्र महालेखा नियन्त्रक बन्न सफल भए । निजामती प्रशासनमा यस्ता शक्तिशाली प्रशासकहरूलाई दूरुदराजमा खटन पटन होइन कि अझैं अर्थ मन्त्रालयतिर ल्याउने प्रयास गरिरहेको चर्चा अहिले मन्त्रालयमा व्यापक छ ।
उसो त चुडामणि शर्मा आन्तरिक राजस्व विभागका महानिर्देशक र पौडेल ठूला करदाता कार्यालयका प्रमुख हुँदा नै एनसेलको अबौं लाभकर छली प्रकरण भएको कर प्रशासकहरु बताउँछन् । तिनै प्रशासक केपी शर्मा ओली,प्रचण्डदेखि देउवा शक्ति र सत्तामा हुँदा शक्तिशाली कार्यालयमा कार्यरत रहेको उनको विगत हेर्दा देखिन्छ । उनै सचिवलाई वालेन सरकारले समेत प्रथामिकतामा राखेको पछिल्ला नियुक्तिबाट देखिएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

देउवा,ओली सरकारका प्रिय प्रशासक वालेन सरकारको प्रथामिकतामा

सिन्धुपाल्चोक प्रशासनमा लुट : निशुल्क उपलव्ध हुने सेवामा यसरी उठाइन्छ शुल्क

युवा सङ्घका सचिवालय सदस्य सज्जन लामा पक्राउ

“सरुवा आतंक” र कर्मचारी अधिकारमाथिको प्रश्न

सामान्य प्रशासनमा ‘रैथाने राज’ कायम : मन्त्री र सचिवले शक्तिशाली कर्मचारी छुन सकेनन्

अब कर्मचारीलाई अतिरिक्त समय काममा खटाउँदा अतिरिक्त पारिश्रमिक दिनुपर्ने

प्रमुख प्रशासकीय रंगेहात पक्राउ

कर्मचारी ट्रेड युनियनका अधिकांश नेताहरुको गृहमा सरुवा,अम्बादत्तलाई नापी

बिशेष