कार्यालय सहयोगीको तलब ३५ हजार,मुख्य सचिवको १ लाख २१ लाख हजार कायम गर्न प्रस्ताव

तलब पुनरावलोकन समितिले कार्यालय सहयोगीको तलब कम्तिमा ३५ हजार कायम गर्न प्रस्ताव गरेको छ । हाल कार्यालय सहयोगीको तलब २४ हजार ७०२ रुपैंया रहेको छ । यसमा दुई ग्रेड जोड्दा कार्यालय सहयोगीको हातमा २६ हजार ३४८ पुग्छ । तलब पुनरावलोकन समितिले कार्यालय सहयोगीको शुरु तलब ३५ हजार बनाउन सिफारिस गरेको छ । यस्तै मुख्य सचिवको शुरु तलब ७७ हजार २११,ग्रेड जोड्दा ८२ हजार ३५९ पुग्छ । सो समितिले मुख्य सचिवको तलब करिब ४४ हजारले बढाउन सिफारिस गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन स्रोतका अनुसार तलब पुनरावलोकन समितिले कार्यालय सहयोगीको तलब ३५ हजार र मुख्य सचिवको तलब बढाएर १ लाख २१ हजार बनाउन सिफारिस गरिएको हो ।सोही अनुपातमा नासु,अधिकृत,उपसचिव,सहसचिव तहका कर्मचारीको तलब बृद्धिका लागि सिफारिस समितिले प्रस्ताव गरेको जनाइएको छ ।

बिज्ञापन

निजामती कर्मचारीहरुको तलब पुनरावलोकन समितिले तलब पुनरावलोकनसहितका प्रस्ताव सरकारलाई बुझाइसकेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतले पृष्टि गरेको छ । मुख्य सचिव सुमनराज अर्यालको नेतृत्वमा रहेको समितिमा अर्थ मन्त्रालयका सचिव घनश्याम उपाध्याय तथा भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयकी सचिव चन्द्रकला पौडेल सदस्य रहेको समितिले तलब पुनरावलोकनको प्रस्ताव सरकारलाई बुझाइसकेको हो ।  समितिको बैठकले तलब बृद्धिको प्रस्ताव तयार पारेर सरकारलाई बुझाएको हो ।

बिज्ञापन

कर्मचारीको तलब हरेक दुई–दुई वर्षमा पुनरावलोकन गर्ने कानुनी प्रावधान छ । निजामती सेवा ऐन २०४९ को दफा २७ अनुसार मुख्यसचिवको अध्यक्षतामा अर्थ मन्त्रालय र सामान्य प्रशासन मन्त्रालयका सचिव सदस्य रहने तलब–भत्ता पुनरावलोकन समिति रहन्छ । यसले प्रत्येक दुई–दुई वर्षमा तलब पुनरावलोकन गरी सरकारलाई सिफारिस गर्छ । समितिले समितिले तलब पुनरावलोकनसहितको प्रस्ताव सरकारलाई बुझाइसकेको छ । समितिले आफ्नो काम सम्पन्न गरेर प्रतिवेदन बुझाइसकेको हो । अर्थशास्त्रीहरुले भने कर्मचारीको तलब कम्तिमा २५ प्रतिशतले बढाउन सरकारलाई सुझाव दिएको छ ।
अब कर्मचारीको तलब बढाउने वा नबढाउने अन्तिम निर्णय सरकारले बजेटमार्फत गर्नेछ ।

नयाँ संविधान जारी भए आर्थिक बर्ष ७३ /७४ मा कर्मचारीहरुको तलब २५ प्रतिशत बृद्धि गरिएको थियो भने त्यस पछिको तीन आर्थिक बर्ष पछि माथिल्ला तहका कर्मचारीको तलब १८ प्रतिशत र तल्ला तहका कर्मचारीको तलब २० प्रतिशतले बृद्धि गरिएको थियो । यस्तै आर्थिक बर्ष ०७९/ ८० कर्मचारीको तलब १५ प्रतिशत वृद्धि भएकोमा गत बर्ष कर्मचारीको मंहगी भत्ता तीन हजारले बढाएर पाँच हजार पुर्याइएको थियो । कर्मचारीको तलब नबढेको चार बर्ष भइसकेका कारण यस आर्थिक बर्षमा तलब बृद्धि हुनेमा राष्ट्रसेवकहरु आशावादी देखिएका छन् ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

खरिदारदेखि उपसचिव तहका ७५ कर्मचारीको सरुवा

कार्यालय सहयोगीको तलब ३५ हजार,मुख्य सचिवको १ लाख २१ लाख हजार कायम गर्न प्रस्ताव

निजामती ट्रेड युनियनमाथि प्रतिवन्ध, कर्मचारीको एनजीओलाई मान्यता

मेलम्ची खानेपानीका दुईवटा गाडी स्थानीयको नियन्त्रणमा

ऐन,नियम भन्दा माथि निर्देशिका कहिलेदेखि श्रीमान ?

लगातार चार दिन सार्वजनिक बिदा

अपडेट डिजिटल प्रोफाइल निर्माणमा किताबखानाको रफ्तार तीव्र

सामान्य प्रशासनले करोडौंको वैदेशिक साहयताको हिसाब देखाएन

बिशेष