बहालवाला एक सचिव सेन्ट्रल जेलमा,अर्का निलम्बनमा परेको बर्ष

प्रशासनिक हिसाबले बर्ष २०८० मा बढी नै उथलपुथल भयो । २०८० मा एक जना बहालवाला सचिव नै जेलमा पुगे । नेपालको प्रशासनिक इतिहासमा बहालवाला सचिव नै जेलमा पुगेको यो सम्भवत पहिलो पटक हुनुपर्दछ । भ्रष्टाचारको मुद्धा चलेर विगतमा अन्य सचिवहरु पुगे पनि फौजारी अभियोगमा टेकनारायण पाण्डे अहिले नेपाली नागरिकलाई किर्ते गरेर नक्कली शरणार्थी बनाएको अभियोगमा जेलमा छन् । निजामती सेवा अन्तरगत शिक्षा समूहमा जीवन विताएका टेकनारायण पाण्डे एक बर्षभन्दा बढि गृह सचिव भए ।

बिज्ञापन

वैशाख २० गते उपराष्ट्रपति कार्यालयमा बहालमै रहेको समयमा सचिव टेकनारायण पाण्डे पक्राउ परेर अहिले जेलमा जीवन बिताइरहेका छन् । जीवनभर शिक्षा सेवामा काम गरेका टेकनारायण पाण्डेलाई सेटिङमा गृहमन्त्रालय लगियो । उनै पाण्डेलाई अगाडि सारेर नेपालीहरुलाई नक्कली भुटानी शरणार्थी बनाएर पठाउने धन्दामा संग्लग्न रहेको भेटियो र नेपालको प्रशासनिक इतिहासमै भ्रष्टाचार बाहेकको फौजदारी अभियोगमा नेपाल सरकारको बहालवाला सचिव पक्राउ परे र अहिले जेल जीवन बिताइरहेका छन् ।

बिज्ञापन

शिक्षा सेवाबाट सरकारी सेवा सुरु गरेका पाण्डे शिक्षा मन्त्रालयमा सहसचिव हुँदासम्म पनि विवादमा परेका थिएनन् । सचिव भएपछि उनी विभिन्न मन्त्रालय हुँदै भूमि व्यवस्था तथा सहकारी र गरिवी निवारण मन्त्रालयमा सरुवा भए । त्यहाँ जग्गाको हदबन्दीसम्बन्धी केही विवादास्पद निर्णयहरुमा संलग्न भएको घटना सार्वजनिक भयो । विचौलियाहरुकै इन्ट्रेष्टमा गृहमन्त्रालय पुगे । राजनीतिक पहुँचका आधारमा गृहप्रशासनको नेतृत्वमा पुगेका उनीमाथि त्यहाँभित्र रहने गोप्य र संवेदनशील कागजातको पहुँच दुरुपयोग गरे । पाण्डेको श्रीमती पनि निजामती सेवामा छिन् ।

यस्तै ८० प्रशासनिक हिसाबले अर्को हिसाबले चर्चा रह्यो । गत असोजमा नेशनल पेमेन्ट गेटवे खरिद प्रकरणमा सचिव मधुकुमार मरासिनीसहित ९ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर भयो । आवश्यक पूर्वाधार नै तयार नगरी २५ करोडमा नेशनल पेमेन्ट गेटवे खरिद भएको भेटिएपछि मरासिनीसहित सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक सञ्जय शर्मा, राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक प्रणिता उपाध्याय, राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन उपनिर्देशकरकार्यकारी निर्देशक तथा हाल नेपाल टेलिकमका प्रवन्ध निर्देशक सुनिल पौडेल, राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन निर्देशक तथा हाल उपनिर्देशक सफल श्रेष्ठ, अर्थ मन्त्रालय बजेट तथा कार्यक्रम महाशाखाका तत्कालीन महाशाखा प्रमुख तथा हाल उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मरासिनी, राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन सहायक निर्देशक रमेशप्रसाद पोखरेल, राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन लेखा अधिकृत निमबहादुर वली, राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन लेखा अधिकृत रामबहादुर बुढा, राष्ट्रिय सूचना प्रविधि केन्द्रका कम्प्युटर इन्जिनियर रामशरण गायकविरूद्ध अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेसँगै बहालवाला सचिव मरासिनी निलम्बनमा परे ।
यस्तै यही अवधिमा आइटीका माफिया मानिएका विकल पौडेल र सुनिल पौडेलहरुलाई पक्राउ गरिएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

ट्रेन्डिङ पोष्टहरू उपलब्ध छैनन्।

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

३० शाखा अधिकृतको पदस्थापन : २५ पुगे भन्सार विभाग,५ लाई आन्तरिक राजश्व

अब कर्मचारी सरुवाको आवेदनदेखि निर्णयसम्म अनलाइनबाटै

४ कर्मचारी कारबाहीको दायरामा, मन्त्रालयद्वारा स्पष्टीकरण माग

महानिर्देशकसहित पाँचै जनालाई धरौटीमा रिहा गर्न आदेश

नयाँ सरकार बनेको तीन महिनामै ५ सय ८४ कर्मचारीले दिए राजीनामा

कोशी प्रदेशमा स्तरोन्नत प्रादेशिक कर्मचारी सूचना प्रणाली सञ्चालन, सम्पत्ति विवरणदेखि एसएमएस सूचनासम्मका नयाँ सुविधा थप

सुशीलाले रोकेको पिए सुविधा व्युँताइयो,एक जनाले थाप्नेछन् ३ लाख १२ हजार

३ करोड ५१ लाखभन्दा बढीको अवैध सामग्री बरामद

बिशेष