१ लाख राशीको पुरस्कार जित्न सफल उमेश पुनको कविता

माड्साप

बिज्ञापन

पृथ्वीको ग्लोब देखाएर कलिला मस्तिष्कहरुलाई
कहिल्यै नभनिदिनुहोस् देश पृथ्वीको विभाजित अंश हो
भन्नुभयो भने
उनीहरुले सिक्न सक्छन्

बिज्ञापन

क्रमशः विभाजित गर्न स्वयं आफू,परिवार,समाज र देशलाई
कतै पदयात्रामा निस्कनुभयो भने तपाईं

जब देख्नुहुन्छ
बाटोबाटै विभाजित भएर बनेका दोबाटाहरु
क्षणभरमै बिथोलिन सक्छ तपाईंको अविच्छिन्न यात्रा
र संकटमा पर्छ सूदुर गन्तव्य
हो त्यसरी नै माड्साप
जुनसुकै बेला अवरुद्ध हुन सक्छ देशको गतिशील पाइला

बिज्ञापन

कुनै बगैंचामा पुगे भने उनीहरु
नसोध्नुहोस्
एउटै बगैंचामा फुलेर कसरी विभक्त भए यी फूलहरु रु
या हेरे भने आकाश
नसोध्नुहोस्
एउटै आकाशमा रहेर कसरी विभाजित भए यी ताराहरु रु

थाुछ माड्साप रु

आगो झोस्न उनीहरुको कलिलो मस्तिष्कमा
तपाईंको केवल एउटै प्रश्न पनि पर्याप्त हुन सक्छ
बरु बुझाउनुहोस्
फरकफरक देखिन सक्छ देशभित्रबाट पनि देश
जसरी फरक देखिन्छ
खण्डहर समयको अन्तरामा बाँचिरहेको आफ्नै अनुहार
पढाउँदा उनीहरुलाई
सधैं विचारभन्दा माथि देश हुन्छ पढाउनुहोस्
थाहै छ
यहाँ विचारहरुबाटै पनि विभाजित भएका छन् विचारहरु
जब विचारमुनि पर्छ देश
आगो ओकलेर सडकमा उभिन आइपुग्छ देश विरुद्ध जुलुस
यस्तो देखिन्छ कि त्यहाँ देश विरुद्ध देश छ

नेपालको इतिहास सुनाउँदा उनीहरुलाई
भनिदिनुहोस्
इतिहास भनेको प्रायः लिखित दस्तावेजहरुको पुनर्लेखन हो
र विजेतालाई इतिहासमा धेरै लेखिन्छ
नत्र लेखिनुपर्ने थियो
पराक्रमी पृथ्वीनारायण शाहको सट्टा
आफ्नै राज्य त्यागेर आत्मसमर्पण गर्ने रणजीत मल्लको इतिहास

बरु बताउनुहोस्
उनीहरूलाई जस्तो कि घर पनि आफैं बन्दैन
बनाइन्छ
तपाईंलाई थाहै छ माड्साप
आँगनमा बिस्कुन झैं छरिएका स साना राज्यहरूलाई जोडेर
बनाइएको हो देशको सग्लो मानचित्र
यहीँ माटोमा बगेको हो
पुर्खाहरुको निधारबाट अलिखित पसिनाहरुको जम्मै बुँद

जसरी एउटी आमाले जोगाउँछिन्
आफू नासिएर भए पनि आफूभित्र हुर्कदै गरेको शिशुलाई
हो त्यसरी देश जोगाउनुपर्ने
अबको अभिभारा तिनै कलिला मस्तिष्कहरुको काँधमा छ
जसलाई
तपाईंले बारम्बार विभाजित हुन उक्साइरहनुभएको छ

माड्साप
मैले तपाईंलाई पूजापाठ गर्ने आफ्नै भगवान माने पनि
या आस्था राख्ने आफ्नै धर्म ठाने पनि
म कसरी विश्वास गरुँ
तपाईंले भने जस्तै देश भनेको पृथ्वीको विभाजित अंश हो

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

ऐनभन्दा ठूलो आयोगको निर्देशिका होइन: इन्दिरा यादव मुद्दाले हल्लायो लोकसेवा

सूचीबाट हटाइएका उपसचिवलाई साता दिन पछि नै अन्तर्वार्तामा सामेल गर्दै लोकसेवा

अर्थविद्हरुको सुझाव : कर्मचारीको तलब २५ प्रतिशत बढाऔं

लोकसेवामा राजनीतिक भागवण्डामा सदस्य नियुक्ति

सशस्त्रको डीआईजीमा खड्काको बढुवा

श्रेणीविहिनदेखि शाखा अधिकृत तहमा ३८ जनशक्ति करारबाटै भर्ती गरिँदै

कर्मचारीको तलब बढाउने गृहकार्यमा सरकार

बालेन सरकारको सफलतामा भुल्नै नमिल्ने दुई नाम : डा भुषाल र कार्की

बिशेष