सरकारी कागजात,जिन्सी सामाग्री साता दिनभित्रै दाखिला गर्न ६ पूर्व कर्मचारीलाई अल्टिमेटम

६ जना पूर्व कर्मचारीलाई साता दिनभित्र सरकारी कागजात र जिन्सी सामाग्री बुझबुझारथका लागि अल्टिमेटम दिइएको हो । जनकपुरमा रहेको बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्ले वरिष्ठ प्रशासकीय अधिकृत, कम्प्युटर अधिकृत, अधिकृत, लेखापाल, स्टोर किपर,र नायब सुब्बा तहका ६ कर्मचारीलाई सरकारी कागजात र जिन्सी सामाग्री साता दिनभित्र बुझबुझारथ गर्न अल्टिमेटम दिइएको हो ।

बिज्ञापन

परिषद्ले वरिष्ठ प्रशासकीय अधिकृत चिरञ्जीवी ढुङ्गाना, कम्प्युटर अधिकृत कृष्ण मुरारी सिंह, अधिकृत जितेन्द्र कुमार यादव, लेखापाल साबित्री कुमारी गिरि, स्टोर किपर मदन कुमार चौधरी र नायब सुब्बा सञ्जय कुमार मण्डललाई बुझाउनु पर्ने सर सामान र सरकारी कागाजात साता दिनभित्र बुझाउन भनिएको छ । उनीहरूमध्ये अधिकांश विशेष अदालत काठमाडौँमा विचाराधीन रहेको मुद्दामा प्रतिवादी समेत रहेका छन् । विशेष अदालतले २०८२ चैत २ गते नै ती सक्कल कागजातहरू झिकाउन आदेश दिएको भए पनि कर्मचारीहरूले त्यसलाई लुकाएको परिषद्को दाबी छ ।

बिज्ञापन

विभिन्न कारबाहीमा परी निलम्बन तथा बर्खास्त भएका ती पूर्व कर्मचारीहरूलाई सात दिनभित्र सरकारी कागजात र जिन्सी सामग्रीहरू बर–बुझारथ गर्न अल्टिमेटम दिएको छ ।

सूचनामा आगामी सात दिनभित्र ती कर्मचारीहरूले आफूसँग रहेका सक्कल कागजात र जिन्सी सामानहरू बुझाएर भरपाई नलिएमा उनीहरू उपर प्रचलित कानुन बमोजिम कडा कानुनी कारबाही अगाडि बढाइने उल्लेख छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

संसद्को बजेट अधिवेशन अन्त्यको तयारी,के हुन्छ संघीय निजामती सेवा विधेयक ?

सिँचाईको सीडीईहरुको सरुवाको गृहकार्य

थप दुई सहसचिवले दिए राजीनामा

सहायक चौथौंदेखि नवौं तहसम्मका ८० कर्मचारीको अन्तर स्थानीय तह सरुवा

मन्त्री नै कानुन आयोगको अध्यक्ष हुने गरी ऐन संशोधन,आज पेश हुँदैछ विधेयक

सशस्त्रमा खुल्यो ६६६ जनाका लागि भर्ना

सिंहदरबारभित्रैका उच्च सरकारी अधिकृत हनिट्यापमा,महिला कारागारमा

प्रदेशका कर्मचारीको तलबमान अब संघ सरह,करारका प्रोत्साहन भत्ताका लागि कार्यदल

बिशेष