किन शाकाहार हुने, के छ फाइदा ?

पौराणिक कालदेखि नै खानालाई तीन प्रकारमा विभाजन गरिन्छ। सात्विक खानाले शरीरलाई शुध्द राख्छ भने मनलाई शान्ति दिन्छ। फलफूल तथा सागसब्जी त्यस्तो खानामा पर्ने गर्छन्। त्यस्तै राजर्षी खाना भन्नाले शरीर र मस्तिष्कलाई क्रियाशील बनाउने खाना भन्ने बुझिन्छ। यस्ता खानाको अत्याधिक सेवनले शरीरलाई उत्तेजना प्रदान गर्छ। जस्तै मसालादार खाना,चिया कफीको बढी मात्रामा प्रयोगले शरीरलाई नकारात्मक असर प्रदान गर्न सक्छ। त्यसैले राजर्षी खाना खानाको अत्याधिक प्रयोग गर्दो त्यसले शरीरलाई नकारात्मक असर गर्ने गर्छ।

बिज्ञापन

त्यस्तै ताम्सिक खाना जसले मस्तिष्क तथा मनलाई नकारात्मक असर गर्ने खानालाई ताम्सिक खाना भनिन्छ। यसअन्तर्गत बासी धेरै तताएर खाएको खाना , धेरै चिल्लो, धेरै गुलियो,मांशहारी खानेकुरा लगायतका खानेकुराहरु ताम्सिक खानेकुरामा पर्छ। यी तथ्यहरु वैज्ञानिक रुपमा प्रमाणित छन्।

बिज्ञापन

शांकाहारी खानेकुराले शरीरलाई बलियो बनाउनुका साथै मानसिक स्वास्थ्यलाई समेत हित गर्ने विभिन्न अध्ययनहरुको निश्कर्ष रहेको छ। विकासोन्मुख मुलुकहरुमा हाल मुख्यतया मुटुको तथा मानसिक स्वास्थ्यको समस्या रहेको अवस्था छ।

खानेकुराले मानसिक तथा मुटु स्वास्थ्य दुवैलाई प्रभाव पारेको देखिन्छ। त्यस्तै शांकाहारी खानाले मोटोपना घटाउनुका साथै मानिसमा रहेको कार्य क्षमता समेत बढाउने गर्छ। डायबाटिज, उच्च रक्तचाप, मोटोपना,मस्तिष्कघात,क्यान्सरजस्ता रोगको रोकथाममा शाकाहारी खाना उपयोगी हुने विभिन्न अध्ययनहरुले देखाएको छ।

बिज्ञापन

शाकाहारी खानेकुराले शरीरलाई कसरी सहयोग गरिरहेको हुन्छ?

ताजा सागसब्जी, फलफूल तथा हरियो सागसब्जीमा एन्टिअक्सिडेटको मात्रा बढी रहेको हुन्छ। जुन मांशाहारी खानेकुराबाट पाउन सकिदैंन। यो मुटु रोग क्यान्सर जस्ता रोग उत्पादन गर्ने रासायनिक तत्वहरुलाई एन्टिअक्सिडेटले नष्ट गर्ने काम गर्छ। शाकाहारी खानेकुरामा फाइटोकेमिकल्सको मात्रा धेरै रहेको हुन्छ। यसले पनि विभिन्न प्रकारका प्राणघातक रोगहरुको जोखिमलाई घटाउने गर्छ। शाकाहारी खानेकुरामा बढी मात्रामा पाइने फाइबरले कोलेस्ट्रोरेलको शोषणको मात्रामा घटाउने गर्छ। जसले आन्द्रा सम्बन्धि धेरै रोगहरुलाई फाइदा हुने गर्छ।

मुटु तथा क्यान्सर रोगको जोखिम कम:
त्यसैगरी भिटामिन सी, भिटामिन ई लगातयका तत्वहरुले क्यान्सर मुटु रोग तथा अन्य प्रकारका दीर्घ रोगहरुबाट बचाउन सहयोगी भूमिका खेल्ने गर्छ। मांशाहारी खानेकुराको तुलनामा शाकाहारी खानेकुरामा स्याच्यूरेटड फ्याक्ट कम हुने भएकोले यसले रगतमा खराब प्रकारको कोलेस्ट्रोरेलको मात्रा कमी हुने गर्छ। फलफूल तथा सागसब्जीको बढी प्रयोगले शरीरमा खराब कोलेस्ट्रोरेलको मात्रा बढ्न पाउँदैंन। माशांहारी खानामा शाकाहारी खानामा भन्दा सोडियमको मात्रा बढी हुने गर्छ।

शाकाहारी खाना खाने व्यक्तिमा आँखासम्बन्धी समस्या कम हुने गर्छ।

तौल घटाउन उपयोगी:

माशांहारी खानेकुरामा क्यालोरी बढी हुने भएकोले शाकांहारी खानाले तौल घटाउन सहयोगी भूमिका खेल्न सक्छ।

श्वाप्रश्वासको समस्यामा कमी:

शाकाहारी खानेकुराको सेवन गर्ने मानिसहरुमा श्वास प्रश्वासको समस्या कम मात्रामा आउने गर्छ।

शाकाहारी खानाको सेवन गर्ने मानिसहरुमा माशांहारी खाना खानेहरुमा भन्दा सास गन्ह्याउने समस्या कम हुने अध्ययनले देखाएको छ।

फुड एलर्जीमा कमी:

माशांहारी खाने खाने मानिसहरुलाई भन्दा शाकाहारी खानेहरुलाई फुड एलर्जी कम हुने अध्ययनले देखाएको छ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

२३ सहसचिवको सरुवा, हेर्नुहोस् को कहाँ ?

सीडीओ संरचना पुनर्संरचनामा पूर्वसचिवको समर्थन, थप ११ जिल्लामा पनि उपसचिव नेतृत्वको सुझाव

ओएन्डएममा परराष्ट्र मन्त्रालयको अडान : दरबन्दी र महाशाखा घटाउन अस्वीकार

आयल निगमको कार्यकारी निर्देशक छनोट : कार्ययोजना प्रस्तुतीकरण र अन्तर्वार्ताका लागि ६ उम्मेदवारलाई बोलाइयो

राष्ट्रिय सुरक्षा परिषद्को बैठक बस्दै

चिडियाखानामा स्वाइन फ्लूबाट तीन जङ्गली बदेलको मृत्यु, चार दिनसम्म घटना गोप्य

लोमस आचार्यलाई स्टोर शाखा नै चाहिने, अधिकृत पाण्डेलाई भने स्टोरका लागि आचार्य नै चाहिने ?

प्रकाशचन्द्र खतिवडाको कविता  :  कठपुतली सरकार

बिशेष