स्पन्दन गजुरेलको गजल

साह्रै न्यास्रो लाग्न थाल्यो हामी दुईको विरानीमा,
एउटा फोटो पठाउ सानु, लुकाई राख्छु सिरानीमा।

बिज्ञापन

समयको भुमरीले तिमी पश्चिम, म त पूर्व,
बस्ने मन त छँदै थियो सधैं तिम्रो निगरानीमा।

बिज्ञापन

साथीभाइ सबको याद आइहाल्छ टाढा हुँदा,
त्यसमा एकको विशेष माया लाग्ने रैछ जवानीमा।

बाहिर हिँड्दा जताततै तिम्रो रूप पाउन थालेँ,
तिमी नै बसिसक्यौ दुई आँखाका यी नानीमा।

बिज्ञापन

रातैभरि सपनामा आई तिमीले सताउँदा,
सिरानीको फोटो हेरी समालिन्छु बिहानिमा।

 -उत्तरगया ४ रसुवा

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

प्रस्तावित निर्वाचन आयुक्तविरुद्ध उजुरी आह्वान

उता सरकारले लखेट्यो,यताबाट बाढीले

मालपोतका प्रमुखसहित २७ कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्धा दायर

६ उपसचिव,४ शाखा अधिकृतसहित ३९ कर्मचारीको सरुवा

भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीज्यूलाई खुला पत्र

कर्मचारीमा त्रास : १९ कार्यदिनमा २०८ ले दिए राजीनामा

इन्जिनियरिङसँगै संगीतमा पनि अर्जुन नेपालीको पाइला, ‘ज्यान सुकाउँछ चिन्ताले’ सार्वजनिक

सेवाग्राहीको मूल्याङ्कनबाट सेवा सुधारको नयाँ अभ्यास, रसुवा प्रशासनको ‘सन्तुष्टि पुस्तिका’ देशमै पहिलो प्रयास

बिशेष