खण्डन तथा स्पष्टिकरण

नेपाल सरकारको उच्च प्राथमिकता प्राप्त आयोजनाका रूपमा पूर्व–पश्चिम राजमार्ग तथा काठमाडौँ–मुग्लिङ–पोखरा सडक स्तरोन्नति कार्य हाल विभिन्न चरणमा कार्यान्वयन भइरहेको छ। दक्षिण एसियाली क्षेत्रीय आर्थिक कोरिडोरको अवधारणाअनुसार एशियाली विकास बैंक (एडीबी), विश्व बैंकलगायतका विकास साझेदार निकायहरूको सहुलियतपूर्ण ऋण सहयोगमा यी सडक आयोजनाहरू सञ्चालन भइरहेका छन्।

बिज्ञापन

एडीबीको सहयोगमा पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नारायणघाट–बुटवल खण्डको ठेक्का व्यवस्थापन सन् २०१८ डिसेम्बरमा सम्पन्न भई निर्माण कार्य अघि बढाइएको थियो। त्यसैगरी कमला–कञ्चनपुर खण्ड सन् २०२० जुनमा तथा मुग्लिङ (अबुखैरेनी)–पोखरा सडकको पूर्वी खण्ड सन् २०२१ अप्रिल र पश्चिमी खण्ड सन् २०२१ अगस्टमा ठेक्का व्यवस्थापन भई निर्माण कार्य सञ्चालनमा आएको हो।

बिज्ञापन

यी तीनवटै सडक आयोजनाहरूमा अन्तर्राष्ट्रिय निर्माण व्यवसायीहरू संलग्न छन् भने कामको अनुगमन तथा ठेक्का व्यवस्थापनका लागि अन्तर्राष्ट्रिय परामर्शदाता समेत परिचालित छन्। आयोजना कार्यान्वयनलाई प्रभावकारी बनाउन सडक विभाग तथा एडीबी मातहतका निर्देशनालय अन्तर्गत प्रत्येक आयोजनामा दुई–दुई वटा योजना कार्यालय स्थापना गरी राजपत्राङ्कित द्वितीय श्रेणीका योजना प्रमुखको नेतृत्वमा सञ्चालनमा रहेका छन्।

हालै विभिन्न सञ्चार माध्यममा प्रकाशित समाचार तथा केही नागरिक, जनप्रतिनिधि, स्थानीय तह र अन्य सरोकारवालाबाट उठाइएका विषयहरूप्रति वास्तविक अवस्था स्पष्ट पार्ने, भइरहेका प्रयासहरूको जानकारी गराउने तथा नागरिकको विश्वास, साथ र सहयोग कायम राख्ने उद्देश्यले यो प्रेस नोट जारी गरिएको हो। यस क्रममा कर्मचारी प्रेस डट कममा मिति २०८२ चैत २२ गते प्रकाशित समाचार लगायतका सामग्रीप्रति गम्भीर दुःख व्यक्त गर्दै ती समाचारहरू तथ्यहीन र भ्रामक भएकाले खण्डन प्रकाशन गरिदिनु हुन सम्बन्धित सम्पादकसमक्ष अनुरोध गर्दछु।

बिज्ञापन

नारायणघाट–बुटवल सडक आयोजना कुल ११३ किलोमिटर लम्बाइको छ, जसमा ७० किलोमिटर चार लेन, २९ किलोमिटर चार लेनसहित दुबै तर्फ ६/६ मिटर सेवा लेन, दाउन्ने क्षेत्रमा १४ किलोमिटर तीन लेन, ६४ वटा पुल, ४३२ वटा कल्भर्ट तथा १२९.१६ किलोमिटर नाला लगायतका संरचना निर्माण गर्नुपर्ने व्यवस्था रहेको छ।

उक्त महत्वपूर्ण राष्ट्रिय प्राथमिकता प्राप्त सडक निर्माण कार्य अघिल्लो चरणमा अत्यन्त अस्तव्यस्त अवस्थामा रहेको, यात्रुले कष्टकर यात्रा गर्नुपर्ने अवस्था रहेको तथा निर्माण अवधि सकिँदासमेत करिब २० प्रतिशत हाराहारी मात्र प्रगति भएको तथ्य विद्यमान थियो। चार वर्ष छ महिनासम्म करिब ३० प्रतिशत मात्र प्रगति भएको उक्त आयोजनामा पछिल्ला दुई वर्ष छ महिनाको अवधिमा उल्लेखनीय प्रगति भई हाल आयोजना सम्पन्न हुने चरणमा पुगेको छ।

हालसम्म करिब १०२ किलोमिटर सडक कालोपत्रे, ८ किलोमिटर ढलान, सबै पुल तथा कल्भर्ट लगायतका मुख्य संरचना निर्माण सम्पन्न भई ८० प्रतिशतभन्दा बढी प्रगति हासिल भइसकेको छ। करिब ९५ प्रतिशत कार्य सम्पन्न भइसकेपछि आयोजना पूर्ण रूपमा सम्पन्न हुने चरणमा पुगेको छ।

निर्माण व्यवसायीलाई तोकिएको समयमा कार्य सम्पन्न गराउन बारम्बार पत्राचार, बैठक, दुई पटकसम्म ठेक्का तोड्ने चेतावनी, निर्माण कम्पनीको केन्द्रीय कार्यालयलाई कारण स्पष्ट गर्न पत्राचार तथा समयमै काम सम्पन्न गर्ने कार्ययोजना पेश गर्न निर्देशन दिइएको थियो। सोहीअनुसार निर्माण व्यवसायीले आगामी पाँच महिनाभित्र काम सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

साथै यात्रु आवागमन सहज बनाउन नियमित मर्मतसम्भार, धुलो नियन्त्रणका लागि पानी छर्किने लगायतका कामलाई प्राथमिकता दिइएको छ र वर्षायामअघि नै आवश्यक सुधारका काम सम्पन्न गराउने प्रयास भइरहेको छ।

त्यसैगरी मुग्लिङ (अबुखैरेनी)–पोखरा सडक आयोजना अन्तर्गत ८०.३३ किलोमिटरमध्ये पश्चिम खण्डमा ७० प्रतिशत समय व्यतीत भइसकेपछि पनि केवल ५.७५ प्रतिशत प्रगति भएको अवस्था थियो भने पूर्वी खण्डमा कालोपत्रे कार्य समेत सुरु भएको थिएन। पश्चिम खण्डको ठेक्का तोड्ने चेतावनीपछि निर्माण कम्पनीको केन्द्रीय कार्यालयका प्रतिनिधि उपस्थित भई प्रत्येक तीन महिनामा पाँच किलोमिटर एकतर्फी (दुई लेन) कालोपत्रे गर्ने तथा सन् २०२५ डिसेम्बरसम्म सम्पूर्ण काम सम्पन्न गर्ने तालिकासहित प्रतिबद्धता पेश गरिएको थियो।

उक्त प्रतिबद्धताअनुसार प्रगति नहुँदासम्म भुक्तानी रोकिने व्यवस्था समेत गरिएको थियो। परिणामस्वरूप पछिल्ला १९ महिनामा ५.७५ प्रतिशत रहेको प्रगति हाल करिब ७५ प्रतिशत पुगेको छ र आगामी तीन महिनाभित्र आयोजना सम्पन्न हुने अवस्थामा पुगेको छ। यस विषयमा गण्डकी प्रदेश सरकार तथा स्थानीय जनतासमेत साक्षी छन्।

यसरी विगतमा अलपत्र अवस्थाका आयोजना निर्माण व्यवस्थापनका सिद्धान्त, सुदृढ समन्वय तथा टिम स्पिरिटका आधारमा व्यवस्थित गर्दै सम्पन्नतर्फ अग्रसर गराइएको यथार्थलाई तोडमोड गरी झुट्टा विवरण, कपोलकल्पित भिडियो तथा आधारहीन आरोपसहित प्रचार गरिएको विषयको म पूर्ण रूपमा खण्डन गर्दछु।

आधारहीन आरोप लगाई चरित्र हत्या गर्ने व्यक्तिहरूलाई आफ्ना आरोप प्रमाणसहित सार्वजनिक रूपमा पुष्टि गर्न चुनौती दिन चाहन्छु। ममाथि लगाइएका आरोपहरू निराधार, असत्य र तथ्यहीन छन्। भविष्यमा मसँग सम्बन्धित समाचार वा आरोप प्रकाशन गर्नुअघि सत्यता बुझ्ने प्रयास गर्न तथा प्रकाशित भ्रामक समाचारहरूको खण्डन प्रकाशन गरिदिन सम्बन्धित सम्पादकज्यूहरूमा विनम्र अनुरोध गर्दछु।

जनताको करबाट पारिश्रमिक लिने राष्ट्रसेवक कर्मचारीका रूपमा नागरिक हित र सार्वजनिक उत्तरदायित्वलाई केन्द्रमा राखी उच्च नैतिक आचरणका साथ कार्य गर्दै आएको छु। नीति निर्माण तथा कार्यान्वयनको प्रक्रियामा उपलब्ध विकल्पहरूमध्ये राष्ट्र, संस्था र नेपाली जनताको हितमा हुने उचित विकल्प छनोट गर्दै इमान, निष्ठा र प्रतिबद्धताका साथ काम गरिरहेको छु।

रुग्ण र अस्तव्यस्त अवस्थाका आयोजना व्यवस्थापन गर्दै अहिले पूर्ण कालोपत्रे सम्पन्न हुने चरणमा पुगेका छन्। बाँकी करिब तीन किलोमिटर ढलान कार्य आगामी तीन महिनाभित्र सम्पन्न भई सम्पूर्ण आयोजना सम्पन्न हुनेछ। सार्वजनिक सेवा जीवनमा यस्ता कामप्रति म गर्व गर्दछु र भविष्यमा पनि राष्ट्रहितका लागि निरन्तर लागिरहने प्रतिबद्धता व्यक्त गर्दछु।

भ्रामक तथा तथ्यहीन समाचार प्रकाशनप्रति खेद व्यक्त गर्दै सञ्चार क्षेत्रप्रति सम्मान प्रकट गर्दछु। तथ्यमा आधारित सूचना सम्प्रेषणमार्फत नागरिकलाई सुसूचित गराउन सञ्चारजगतसँग निरन्तर सहकार्य र सहयोग रहने अपेक्षा व्यक्त गर्दछु।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

मन्त्रीको विदेश भ्रमण अस्वीकृत,सहसचिव जाने

विभागमा उपसचिव खटाउने बिषयमा सचिव र सहसचिवको टकराब

बेलायतको “पिआर”,प्रधानमन्त्रीको कानुनी सल्लाहकार ?

बढुवाका यी तीन विज्ञापनमा शून्य आवेदन

सात कर्मचारी शाखा अधिकृतमा बढुवा सिफारिस

दलगत कर्मचारी ट्रेड युनियन होइन, एक मात्र आधिकारिक ट्रेड युनियन आवश्यक

हामी दलीय होइनौँ, कानुनअनुसार दर्ता भएका ट्रेड युनियन हौँ

ट्रेड युनियन खारेज गर्ने बहसप्रति हाम्रो गम्भीर आपत्ति

बिशेष