कर्मचारीलाई अर्थमन्त्रीको सन्देश: लक्ष्यभन्दा बढी राजस्व उठाऊ, तर व्यवसायीलाई दुःख नदेऊ

अर्थमन्त्री स्वर्णिम वाग्लेले वीरगञ्ज भन्सारका कर्मचारीहरूलाई लक्ष्यभन्दा बढी राजस्व संकलन गर्न निर्देशन दिएका छन्। उनले राजस्व असुलीलाई प्रभावकारी बनाउँदै राज्यको आम्दानी बढाउन आग्रह गरे पनि उद्योगी–व्यवसायीलाई अनावश्यक दबाब वा दुःख नदिन विशेष ध्यान दिन कर्मचारीलाई सचेत गराएका छन्।

बिज्ञापन

मन्त्री वाग्लेले व्यवसायीमाथि छापा मार्ने वा धरपकड गर्ने शैलीभन्दा संवाद र सहकार्यको माध्यमबाट राजस्व संकलन बढाउनुपर्ने धारणा व्यक्त गरे। उनका अनुसार व्यवसायीलाई बुझाएर, सहकार्य गरेर तथा विश्वासको वातावरण बनाउँदै राजस्व संकलन गर्नु अहिलेको प्राथमिकता हुनुपर्छ।

बिज्ञापन

उनले भन्सार प्रशासनभित्र देखिने घुस लेनदेन र अनियमितताप्रति कडा चेतावनी दिँदै भ्रष्टाचारप्रति सरकारले शून्य सहनशीलता अपनाउने स्पष्ट पारे। कर्मचारीहरूले सदाचार र पारदर्शितालाई पहिलो प्राथमिकता दिनुपर्ने उनले बताए।

काममा उत्कृष्ट प्रदर्शन गर्ने कर्मचारीलाई राज्यले पुरस्कृत गर्ने तर अनियमितता वा बदमासीमा संलग्न हुनेहरूमाथि कडा कारबाही गरिने पनि मन्त्री वाग्लेले स्पष्ट पारे।

बिज्ञापन

मन्त्री वाग्लेले अहिलेको प्रशासनिक कार्यशैली परिवर्तन गर्नुपर्ने आवश्यकता औंल्याउँदै भने, “अब हिजोको जस्तो समय छैन, सेवाप्रवाहमा जनताले फरक अनुभव गर्न पाउनुपर्छ।”

उनका अनुसार केवल कडाइ गरेर एक वर्ष राजस्व बढाउन सकिए पनि त्यसले दीर्घकालीन रूपमा उद्योग–व्यवसायलाई निरुत्साहित बनाउन सक्छ, त्यसैले सन्तुलित र सकारात्मक कार्यशैली अपनाउन आवश्यक रहेको उनले बताए।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

अर्थका दुई महत्वपूर्ण विभाग निमित्तको भरमा,६ सहसचिवको दरबन्दी रिक्त

डिभी र पिआरधारी चार अधिकृतलाई १५ दिने स्पष्टीकरण

३० शाखा अधिकृतको पदस्थापन : २५ पुगे भन्सार विभाग,५ लाई आन्तरिक राजश्व

अब कर्मचारी सरुवाको आवेदनदेखि निर्णयसम्म अनलाइनबाटै

४ कर्मचारी कारबाहीको दायरामा, मन्त्रालयद्वारा स्पष्टीकरण माग

महानिर्देशकसहित पाँचै जनालाई धरौटीमा रिहा गर्न आदेश

नयाँ सरकार बनेको तीन महिनामै ५ सय ८४ कर्मचारीले दिए राजीनामा

कोशी प्रदेशमा स्तरोन्नत प्रादेशिक कर्मचारी सूचना प्रणाली सञ्चालन, सम्पत्ति विवरणदेखि एसएमएस सूचनासम्मका नयाँ सुविधा थप

बिशेष