मालपोतका हाकिमसहित ८ विरुद्ध भ्रष्टाचार मुद्धा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एकै पटक मालपोत कार्यालयका चार मालपोत अधिकृतसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्धा दायर गरेको छ । अख्तियारले पर्साका तत्कालीन मालपोत अधिकृतहरू हरिनारायण मिश्र , भूपबहादुर बोगटी, पदमप्रसाद अर्याल र सुरेन्द्रप्रसाद राव कुर्मीससहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

बिज्ञापन

राजस्व चुहावट गरेको आरोपमा तत्कालिन मालपोत अधिकृतहरु हरिनारायण मिश्र, भूपबहादुर बोगटी, पदमप्रसाद अर्याल र सुरेन्द्रप्रसाद राय कुर्मी छन् । यस्तै तत्कालीन नायब सुब्बा स्वर्गीय किरानाप्रसाद उपाध्यायको हकमा उनका अंशियार छोराहरू राजकिशोरप्रसाद उपाध्याय, गौतमप्रसाद उपाध्याय, पशुपतिप्रसाद उपाध्याय र मुरारीप्रसाद उपाध्यायलाई पनि प्रतिवादी बनाएको छ,आयोगले ।

बिज्ञापन

उनीहरुमाथि एकै नम्बरका दोहोरो, तेहेरो रजिस्ट्रेसन नम्बर राखी एक भन्दा बढी लिखत पारित गरेको देखिएको अभियोगपत्रमा उल्लेख छ । साथै रजिस्ट्रेसन लिखत दर्ता किताबमा प्रविष्टि भएका एकै दर्ता नम्बर कायम भएका दोहोरोरतेहेरो लिखतहरूबाट प्राप्त राजश्व रकम लेखा फाँटमा समेत नबुझाएको पाइएको अभियोगपत्रमा उल्लेख छ ।

उनीहरुको मिलेमतोमा आर्थिक वर्ष २०७०–०७१ मा कार्यालयको रजिष्ट्रेशन ‘फाँट’ बाट एकै नम्बरका दोहोरो–तेहेरो रजिष्ट्रेशन नम्बर राखी एकभन्दा बढी लिखत पारित गरेको र कम थैली अंक भएका लिखतको मात्र रकम बुझाई दुई करोड ९३ लाख ६८ हजार ५६५ रुपैयाँ कुल्याएको अख्तियारको ठहर छ ।अख्तियारले भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम उक्त रकम जफत गरी प्रतिवादीहरुलाई कैद र जरिवाना सजाय हुन मागदाबी गरेको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

काठमाडौँका यी स्थानबाट हुँदैछ आज ग्यास वितरण

उच्च अदालत बारमा वामपन्थी समूहको प्यानलै बिजयी

चौथोदेखि आठौं तहका १ सय ७ कर्मचारीको सरुवा

मुस्ताङमा भन्सार जाँचपासबिनै भित्रिएका ८ कन्टेनर राजस्व अनुसन्धानमा पुर्‍याइयो, एक करोड बढी राजस्व हिनामिनाको अनुमान

पाँच सचिव फाजिलमा,एउटै मन्त्रालयमा तीन सचिव

सेटिङमा धमाधम सरुवा,विवादमा मन्त्री मेहता

यस्तो छ अधिकृत(सातौं)को बढुवाको संशोधित सूची

छैटौं तहलाई सहायकस्तरमा कायम गर्ने प्रस्ताव

बिशेष