पर्यटक भिसामा खेल खेल्न प्रतिवन्ध

अध्यागमन विभागले पर्यटक भिसामा आएका विदेशी खेलाडीलाई खेल नखेलाउन अखिल नेपाल फुटबल संघ (एन्फा)लाई पत्राचार गरेको छ।

बिज्ञापन

बिहीबार विभागका निर्देशक टीकाराम ढकालले पठाएको पर्यटक भिसाको दुरुपयोग गरी विभिन्न क्लबहरूले विदेशी खेलाडीहरूलाई मैदानमा उतारेको पाइएको भन्दै यस्तो चेतावनी दिएको हो। विभागले कुनै पनि खेलमा विदेशी खेलाडी सहभागी गराउनुपरेमा नियमानुसार कार्य सहमति र श्रम स्वीकृति लिनुपर्ने उल्लेख गरिएको छ ।

बिज्ञापन

पत्रमा भनिएको छ,त्यस संघबाट सञ्चालन भएको राष्ट्रिय महिलारपुरुष लिग फुटबल खेलमा सहभागी भएका फुटबल क्लबहरूले पर्यटक भिसा लिएका विभिन्न मुलुकका विदेशी खेलाडीहरूलाई समेत समावेश गरेको भन्ने व्यहोराको उजुरी यस विभागमा प्राप्त हुन आएको छ । अध्यागमन नियमावली अनुसार, पर्यटक भिसामा आएका व्यक्तिले अन्य काम गर्न नपाउने व्यवस्था रहेको विभागले सचेत गराएको छ। पत्रमा भनिएको छ, ‘अध्यागमन नियमावली, २०५१ को नियम २० मा भिसा प्राप्त गर्ने विदेशीले जुन उद्देश्यको लागि भिसा प्राप्त गरेको हो सोबाहेक अन्य काम गर्न पाउने छैन भन्ने स्पष्ट व्यवस्था रहेको व्यहोरा विदितै छ।’

अध्यागमन नियमावली, २०५१ को नियम २० अनुसार भिसा प्राप्त विदेशीले जुन उद्देश्यका लागि अनुमति पाएको हो, सोबाहेक अन्य काम गर्न नपाउने स्पष्ट व्यवस्था छ। तर, एन्फाद्वारा सञ्चालित राष्ट्रिय महिला तथा पुरुष लिगमा पर्यटक भिसाधारी खेलाडीहरू सहभागी भएको उजुरी परेपछि विभागले गम्भीर चासो व्यक्त गरेको हो।

बिज्ञापन

यससँगै विभागले अनुगमन पनि सुरु गरेको जनाएको छ। अध्यागमन विभागले युवा तथा खेलकूद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद्लाई पनि बोद्धार्थ पत्र पठाएको छ।

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

धुन्चेमा ४३६ थान भेपसहित चालक पक्राउ, साढे ३५ लाखभन्दा बढी मूल्यका सामग्री बरामद

अध्यादेशमार्फत हट्यो कर्मचारी ट्रेड युनियनको व्यवस्था

अब सामान्य प्रशासन मन्त्रालय प्रधानमन्त्री कार्यालय मातहत,सरुवा वोर्डले गर्नेछ कर्मचारी सरुवा

हिमालको निःशब्द करुण क्रन्दन

प्रधानमन्त्री बालेन शाहद्वारा सवारी खर्चको विवरण माग

१५९४ पदाधिकारी पदमुक्त हुँदा कसरी जोगिए गभर्नर ?

अनामनगरको सात तले भवनमा चल्यो डोजर

पूर्व प्रधानमन्त्री कार्कीद्धारा शक्तिको दुरुपयोग : दशकदेखि तीन आना सरकारी जग्गा अतिक्रमण

बिशेष