पूर्वमन्त्री महेश बस्नेतविरुद्ध फौजदारी कसुरमा जाहेरी दर्ता

एमाले नेता महेश बस्नेतविरुद्ध फौजदारी कसुरको जाहेरी दर्ता भएको छ । धादिङ जन्मथलो भएकी र नेकपा (एमाले)कै एक कार्यकर्ता बताउने एक महिलाले महेशमाथि भ्रूण हत्या, बलात्कार र डाँका चोरी मुद्दामा प्रतिवादी बनाएर जिल्ला प्रहरी परिसर काठमाडौँमा जाहेरी दर्ता गराएकी हुन् ।

बिज्ञापन

जाहेरीमा बस्नेतले आफूलाई दुई पटक बलात्कार गरेको आरोप लगाइएको छ । एक पटक काठमाडौँ महानगरपालिका–१० बबरमहलस्थित सनसाईन अपार्टमेन्ट र भारतको गुडगाउँस्थित तुलसी हेल्थकेयर अस्पतालमा बलात्कार गरेको उल्लेख छ ।

बिज्ञापन

यस्तै जाहेरीमा २ महिना १५ दिनको भ्रूण हत्या समेत बस्नेतले गराएको आरोप लगाइएको छ । औषधि खुवाएर र अप्रेसन गरेर दुई पटक भ्रूण हत्या गरेको ले बस्नेतलाई ०७४ को दफा–१८८ को विपरीत भ्रूण हत्या गरेको कारबाही गर्न माग गरिएको छ ।

आफूलाई एमालेकै कार्यकर्ता बताउने ती महिलाले हुलाकमार्फत जिल्ला सरकारी वकिलको कार्यालयमा जबरजस्ती करणी गरेको भन्दै जाहेरी दिएकी थिइन । सरकारी वकिलको कार्यालयले आवश्यक अनुसन्धान गर्न भन्दै जिल्ला प्रहरी परिसर, काठमाडौंलाई जाहेरी पठाएको प्रहरीले जनाएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

आयल निगमको सञ्चालक समितिमा अझैं ट्रेड युनियनकर्मीको प्रतिनिधित्व

३६ औँ वरीयताका सचिव गोविन्दबहादुर कार्की बने मुख्यसचिव, सिंहदरबारमा खैलाबैला

यस्ता छन् मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरु

औषधि आपूर्ति नै नभई सिस्टममा इन्ट्री, म्याद गुज्रेका औषधि लुकाएर करिब ३ करोड भ्रष्टाचार : निजामती अस्पतालका ८ कर्मचारीविरुद्ध मुद्दा

प्राधिकरणको विकास आयुक्तमा शाक्य

मुख्य सचिवमा गोविन्द कार्की नियुक्त

टिकापुर अस्पतालका दुई कर्मचारीबीच कुटाकुट

म्यादभित्र सम्पत्ति विवरण बुझाउन राष्ट्रिय किताबखानाको आग्रह, नबुझाए १० हजार रुपैयाँ जरिवाना

बिशेष