पूर्वमन्त्री महेश बस्नेतविरुद्ध फौजदारी कसुरमा जाहेरी दर्ता

एमाले नेता महेश बस्नेतविरुद्ध फौजदारी कसुरको जाहेरी दर्ता भएको छ । धादिङ जन्मथलो भएकी र नेकपा (एमाले)कै एक कार्यकर्ता बताउने एक महिलाले महेशमाथि भ्रूण हत्या, बलात्कार र डाँका चोरी मुद्दामा प्रतिवादी बनाएर जिल्ला प्रहरी परिसर काठमाडौँमा जाहेरी दर्ता गराएकी हुन् ।

बिज्ञापन

जाहेरीमा बस्नेतले आफूलाई दुई पटक बलात्कार गरेको आरोप लगाइएको छ । एक पटक काठमाडौँ महानगरपालिका–१० बबरमहलस्थित सनसाईन अपार्टमेन्ट र भारतको गुडगाउँस्थित तुलसी हेल्थकेयर अस्पतालमा बलात्कार गरेको उल्लेख छ ।

बिज्ञापन

यस्तै जाहेरीमा २ महिना १५ दिनको भ्रूण हत्या समेत बस्नेतले गराएको आरोप लगाइएको छ । औषधि खुवाएर र अप्रेसन गरेर दुई पटक भ्रूण हत्या गरेको ले बस्नेतलाई ०७४ को दफा–१८८ को विपरीत भ्रूण हत्या गरेको कारबाही गर्न माग गरिएको छ ।

आफूलाई एमालेकै कार्यकर्ता बताउने ती महिलाले हुलाकमार्फत जिल्ला सरकारी वकिलको कार्यालयमा जबरजस्ती करणी गरेको भन्दै जाहेरी दिएकी थिइन । सरकारी वकिलको कार्यालयले आवश्यक अनुसन्धान गर्न भन्दै जिल्ला प्रहरी परिसर, काठमाडौंलाई जाहेरी पठाएको प्रहरीले जनाएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

कांग्रेसका दुई मन्त्री कठिनाइमा

३० लाख टिकटक भिडियो गायब

‘संवैद्यानिक निकायहरु रिटायर्डमेन्ट क्लब बने, कर्मचारीहरुहरुको कुलिङ पिरियड अत्यावश्यक छ’

“शिक्षा, संस्कार र समाजको पुनर्जागरणमा ‘ज्ञानचक्षु सज्जन विज्ञान’ : ज्ञानहरि पौडेलको दृष्टि र दृष्टान्त”

रविलाई थुनामुक्त गर्न सर्वाेच्चको अस्वीकार

निजामती विद्येयक आगामी मंगलबार संसदमा दर्ता हुने, कुलिङ पिरियडबाट व्याक नहुने

लेखापढीमार्फत २० हजार घुस, रंगेहात अख्तियारको फन्दामा परे खरिदार

२६ उपसचिवहरूको सरुवा

बिशेष