एनआईसी एशिया बैंकले ऋणीहरुलाई ब्याज छुट दिने

एन आई सी एशिया बैंकले कर्जा ग्राहकहरुलाई प्रदान गरिने छुट सम्वन्धी योजना सार्वजनिक गरेको छ । बैकले देशमा हाल कायम रहेको आर्थिक शिथिलताका कारण बैंकको कर्जा ग्राहकमा परेको असरलाई न्यूनीकरण गर्न सघाउ पुर्याउने हेतुले छुट सम्वन्धी योजना सार्वजनिक गरेको हो ।

बिज्ञापन

वि.सं. २०८० पौष मसान्तमा प्रचलित नियमनकारी व्यवस्था अनुसार निष्क्रिय कर्जाको रुपमा वर्गीकरण भएका कर्जाहको हकमा सम्वन्धित ऋणीले आफ्नो २०८० चैत्र मसान्तसम्मको ब्याज तथा किस्ता रकम पूर्ण रुपमा चुक्ता भुक्तान गर्नुको साथै सम्पूर्ण कर्जा रकम नै २०८० चैत्र मसान्त भित्र पूर्ण रुपमा चुक्ता भुक्तान गरेमा २०८० चैत्र मसान्तसम्म लाग्ने जरिवाना तथा हर्जाना रकममा शत प्रतिशत छुट र ब्याज रकममा समेत संलग्न तालिकामा उल्लेख भएको योजना बमोजिम छुट हुने बैंकले जनाएको छ ।

बिज्ञापन

मासिक तथा त्रयमासिक किस्ताबन्दीमा भुक्तानी हुने वा चालूपुँजी कर्जा तथा अन्य रिभल्विङ प्रकृतिका कर्जाहरू लगायत बैंकबाट प्रवाह भएका कुनै पनि प्रकारका कर्जाहरूमा आर्थिक शिथिलताका कारणले मर्कामा परेका ग्राहकले यस योजनामा सहभागी भई लाभ लिन सक्ने बैंकले जनाएको छ।

यस असाधारण समयमा राष्ट्रिय अर्थतन्त्रको बृहत्तर हितको निमित्त सबै सरोकारवालाले आ–आफ्नो हिसाबले योगदान पु¥याउनुपर्ने आजको टड्कारो आवश्यकतालाई हरसम्भव सम्बोधन गर्दै बैंकले ऋणीहरूका लागि कर्जामा आकर्षक ब्याज छुटको व्यवस्था गरेको हो । बैंकले ल्याएको यस छुट योजनाबाट आर्थिक शिथिलताले समस्यामा परेका ग्राहकको वित्तीय भार कम गर्न केही हदसम्म भए पनि मद्दत पुग्नुका साथै देशको समग्र अर्थतन्त्रको पुर्नउत्थान एवं दीगो सबलीकरणमा समेत टेवा पुग्ने बैंकको विश्वास छ ।

बिज्ञापन

हाल बैंकले देशभर ३६० शाखा, ६७० एटिएम, ११७ वटा विस्तारित काउन्टर एवं ५१ वटा शाखा रहित शाखा सञ्जालमार्फत बैंकिङ सेवा दिदै आएको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

७२ कम्युटर अपरेटरहरुको सरुवा : १८ लाई गृह,२२ भूमि व्यवस्था तथा अभिलेख विभाग

अन्तर्वार्ताको सूचीबाट हटाइए उपसचिवका तीन उमेद्धार

कुमारी बैंकका अध्यक्ष र माननीय विदूषीविरुद्ध अंश मुद्धा दायर

२५ उपसचिवको सरुवा : १३ लाई प्रमुख प्रशासकीय अधिकृत,पाँच भित्रिए सिंहदरबार

२५ उपसचिवको सरुवा, अधिकांशलाई स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी

सचिव बढुवाका लागि सहसचिव कुँवरको एकल नाम सिफारिस

जासुसको सर्टिफिकेट नै नक्कली,अख्तियारले हाल्यो मुद्धा

प्रशासनिक संयन्त्रप्रति मन्त्रीको आक्रोश : ‘कर्मचारीले मलाई टेरेनन्, केही गर्न सकिन’

बिशेष