अर्थका परिपत्रले रोकिएका विकास बजेट धमाधम फुकुवा : शहरीकै २० अर्ब ‘रिलिज’

अन्तत अर्थमन्त्री रामेश्वर खनाल आफ्नै निर्णयबाट व्याक भएका छन् । यस अघि ३ करोडभन्दा मुनीका आयोजनाका अर्बाै बजेट कटौती गरेका अर्थमन्त्री खनाल आफ्नो निर्णयमा टिक्न नसकेसँगै विकासे मन्त्रालयहरुको रोक्का बजेट धमाधम रिलिज हुन थालेका छन् । जसमध्ये सबैभन्दा धेरै बजेट कटौतीमा परेको अर्थ मन्त्रालयको २० अर्ब बजेट हालैमात्र रिलिज भएको अर्थ मन्त्रालय स्रोतले जनाएको छ ।  सो मन्त्रालयलाई चालू आर्थिक वर्षमा ९१ अर्ब ३४ करोड १७ लाख रुपियाँ विनियोजन गरिएको थियो । विभिन्न २ हजार १४० कार्यक्रमका लागि विनियोजन गरिएको ६१ अर्ब ७६ करोड ३१ रुपियाँ रोक्का भएको छ ।

बिज्ञापन

गत असोज ५ गते बसेको मन्त्रिपरिषद् बैठकले खर्च कटौती गर्न तीन करोड रूपैयाँभन्दा कमका टुक्रे आयोजना रोक्का गरिँदा सबैभन्दा धेरै शहरी विकास मन्त्रालयकै बजेट रोक्का भएको थियो ।

बिज्ञापन

क्याविनेटले खुद्रे र टुक्रे आयोजनाको बजेट कटौतीको निर्णय गरेकै भोलिपल्ट अर्थ मन्त्रालयले २२ सय आयोजनाका १ खर्ब २० अर्ब बजेट कटौती गरिदियो । यो निर्णय भएको दुई महिना नपुग्दै उल्टाउनेक्रम जारी छ । जस अनुसार हालसम्म ३५ अर्ब बजेट फुकुवा भइसकेको छ भने अरु पनि फुकुवाकै चरणमा रहेको बुझिएको छ ।

चार महिना अगाडि सहरी विकास मन्त्रालयको ६१ अर्ब ७६ करोड र भौतिक पूर्वाधारको झण्डै २० अर्ब, खानेपानी मन्त्रालयको १२ अर्ब, सिञ्चाई मन्त्रालयको ९ अर्ब बजेट रोक्का भएकोमा केही मन्त्रालयको बजेट फुकुवा हुन थालेको हो । बजेट रोक्का भएको बिषयमा विकासे मन्त्रालयका सचिवद्वय केशव शर्मा विडारी, गोपाल सिग्देल र मन्त्री रामेश्वर खनालबीच वाकयुद्ध नै चलेको थियो । सोमध्ये भौतिकमा १० अर्बको फुकुवा भइसकेको छ भने ३ अर्ब ७८ करोड रूपैयाँ फुकुवाको प्रक्रिया शुरु भएको मन्त्रालयले जनाएको छ ।

बिज्ञापन

यस्तै खानेपानीको १२ अर्ब बजेट रोक्का भएकोमा २ अर्ब, सिञ्चाईको ९ अर्ब ६८ करोड रूपैयाँको योजना रोक्का गरिएकोमा ३ अर्ब रूपैयाँको हाराहारीमा बजेट फुकुवा भएको सम्बन्धित मन्त्रालयहरूले जनाएका छन् । शहरी विकासको झण्डै ६२ अर्बको रोक्का भएकोमध्ये २० अर्ब बजेट फकुवा भएको अर्थ मन्त्रालयले जनाएको छ । अझैं सो मन्त्रालयको ४१ अर्ब ७७ करोड ५ लाख ८९ हजार बजेट रोक्का रहेको जनाइएको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

बढुवाको मुखैमा अर्काे सहसचिव निलम्बित

प्रधानमन्त्रीको पिएलाई बार्षिक डेढ अर्व बजेट रहेको कोषमा पाँच बर्षका लागि नियुक्ति

राजस्व अनुसन्धानका तत्कालीन महानिर्देशक अधिकारीविरुद्ध अनुसन्धान

‘ठूलो क्रान्तिकारी कदम नचाली कर्मचारीतन्त्र सुध्रदैन’

मलाई सफल पार्न आर्दश श्रेष्ठको ठूलो हात छ :प्रधानमन्त्री कार्की

सरकार बनेपछि कर्मचारी ट्रेड युनियन खारेज गरिने : हरि ढकाल

अख्तियारमा स्थानीय तहसम्बन्धी ६५ प्रतिशत उजुरी

समानुपातिक प्रणालीको हुर्मत : नेताको श्रीमतीदेखि सभापतिको ससुरासम्म

बिशेष