भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री प्रा.डा. कुमार इङ्गनामले भ्रष्टाचारमा शून्य सहनशीलताको नीति अबलम्बन गरेर चाबहिल, भक्तपुर र ललितपुरका मालपोत हाकिम हटाएका छन् । टिमैबाट मासिक रुपमा २५ देखि ३० लाख असुली गर्दै आएका चाबिहल र लगनखेलका मालपोत प्रमुखहरु हटाएर त्यहाँ भीमबहादुर बुढालाई र भक्तपुरको प्रमुखमा अर्जुन राईलाई पठाइएको छ । यस्का अलवा सिराहा, सप्तरी, धनुषाको ढल्केबर,सर्लाहीको मलंगवा मालपोतका अलवा लुम्बिनी प्रदेशको रूपन्देही भैरहवा र बुटवल, दाङको लमही र कर्णाली प्रदेशको भूमिसुधार तथा मालपोत कार्यालय, सुर्खेत समेत निमित्तको राजमा चलिरहेको छ ।
बिज्ञापन
उता, दमक मातपोतमा अहिले पनि राज चलिरहेको छ । दमक मालपोतमा समेत चाबहिल र लगनखेल भक्तपुर मालपोतमा झैं कर्मचारीहरुको टिमबाटै मासिक रुपमा २० देखि ३० लाखसम्म असुली गरिरहेको उजुरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद् मातहतको सतर्कता केन्द्रमा उजुरी परेको छ ।
उसो त सधैँजसो विवादमा आइरहने दमक मालपोत कार्यालय त्यही कार्यालय हो,जसले रोक्का राखिएको जग्गा बिक्री गर्ने देखि दमक बालुवाटार गगन पुरी जग्गा काण्ड घटेको ताजै रहेको छ । यस कार्यालयमा रजिष्ट्रेसनको मूल्याङ्कन भिडाउने खरिदार सन्तोष लुँइटेल र नायब सुब्बा बिनोद अधिकारीले मूल्याङ्कन रकम तल माथि पारि मासिक लाखौको राजस्व हिनामिना हुँदै आएको उजुरी सतर्कता केन्द्र र अख्तियारसम्म पुगेको छ । त्यहाँ केही भुसेवा तथा लेखापढी व्यवसायीहरूसँग साँठगाठ गरी एडमिनको हैसियतले कम्प्युटरमा भएको घरजग्गाको पुरानो थैली अङ्कलाई विद्युतीय संशोधन मार्फत हटाई अकुत सम्पत्ति जोड्न सफल भएका छन् । सो संशोधनले राज्यलाई लाभकर तथा राजस्वमा लाखौको घाटा भएको छ।
यस्तै,प्रशासन तथा मुद्दा फाँटका कर्मचारी झलनाथ कोइरालाले पनि सेवाग्राहीलाई दुःख दिने गरेको उजुरीमा उल्लेख छ । उनीहरूबाट उठेको रकम दैनिक रूपमा कार्यालय प्रमुखमा समेत जाने गरेको प्रधानमन्त्री कार्यालय मातहतको सतर्कता केन्द्रमा पठाइएको उजुरीमा उल्लेख गरिएको छ । उनीहरूको यस कामलाई रजिस्ट्रेसन फाँटका नासु परशुराम फुँयालले सघाइरहेका छन्। स्रोतका अनुसार सो कार्यालयमा केही यस्ता रैथाने कर्मचारीहरु छन् जसले वार्षिक रूपमा आफ्नो सरुवा नगराउनको लागि भूमि व्यवस्था विभागका कर्मचारी तथा सामान्य प्रशासन मन्त्रालयको कर्मचारीलाई पैसा बुझाउने गरेका छन्। सो कार्यालयमा क्याम्पाका कर्मचारीहरुकै राज चलिरहेको बताइन्छ । यी कर्मचारीहरुले मूल्याङ्कन हेरफेर गरेर भिडाई करोडौं आर्जन गरेको कर्मचारीहरु नै बताउँछन् ।
बिज्ञापन
कतिसम्म भने करारका कर्मचारीलाई एडमिनको जिम्मा दिइ घरजग्गाको पुरानो थैली अङ्कलाई विद्युतीय संशोधन मार्फत हटाई लाखौको अकुत आर्जन गरेको कर्मचारीहरुले बताएका छन् ।
सो कार्यालयका रैथाने कर्मचारीहरुको कहिँ कतै सरुवा पनि हुँदैन र उनीहरु यहाँका लेखापढी तथा सेवाग्राहीलाई दुःख दिने मामलामा माहिर भइसकेका हुन्छन्। देशैभरका मालपोत कार्यालयमा यस्तो सेटिङ हुने गरेको छ कि कार्यालयमा जुनसुकै कार्यालय प्रमुख आएतापनि पैसा उठाएर कार्यालय प्रमुखलाई बुझाउने रजिस्ट्रेसनको मूल्याङ्कन तथा मुद्दाफाँटका कर्मचारीहरू परिवर्तन हुँदैनन् किनभने मुद्दाफाट तथा रजिस्ट्रेसनको मूल्याङ्कनबाट पैसा उठाउने कर्मचारीहरूको टिम नै सक्रिय रहेका कारण यस्ता कर्मचारीको सेटै परिवर्तन गर्न जेनजी मन्त्री र विभागको ध्यान जानुपर्ने सुशासन पक्षधरहरुले माग गरेका छन् ।


























