२७ बर्ष पूरानो भन्सार मूल्यांकन प्रणाली बन्द, देशभर कारोबार मूल्यमा आधारित प्रणाली लागू

नेपालको भन्सार प्रशासनले ऐतिहासिक फड्को मारेको छ ।

बिज्ञापन

विभागले २७ बर्ष पूरानो भन्सार मूल्यांकन प्रणाली बन्द गरी नयाँ मूल्यांकन प्रणाली लागू गरेको हो । यो सँगै देशैभरका भन्सार कार्यालयमा  डाटाबेस मूल्यांकन प्रणाली लागु गरेको छ । अन्तर्राष्ट्रिय व्यापारलाई थप सहज, पारदर्शी बनाउन र लागत न्यूनीकरण गर्न भन्दै विभागले देशभरका भन्सार कार्यालयमा अब अनलाइन भन्सार मूल्यांकन डाटाबेस प्रणालीको प्रारम्भ गरेको हो ।

बिज्ञापन

भन्सारमा सामान भित्रिँदा त्यसको मूल्य कति हो र त्यसमा कति कर लाग्छ भन्ने निर्धारण गर्ने प्रक्रिया नै भन्सार मूल्यांकन हो । विगतमा भन्सार प्रशासनले सन्दर्भ मूल्यलाई आधार बनाएर भन्सार मूल्यांकन गर्दै आएका थिए । तर सन्दर्भ मूल्य तत्काल परिवर्तन हुन नसक्ने तर वस्तुको मूल्य छोटो समयमै घटबढ हुने भएकोले यसले व्यवहारिक समस्या निम्तिँदै आएको थियो ।

विभागले कारोबार मूल्यमा आधारित भन्सार मूल्यांकन प्रणाली पूर्ण रूपमा कार्यान्वयनमा ल्याएसँगै भन्सार जाँचपासमा विवाद र अपारदर्शिताको मानिएको रेफरेन्स बुक राख्ने परम्पराको अन्त्य भएको छ । तीन महिनाअघि विराटनगर भन्सार नाकामा परीक्षणको रुपमा सुरु गरिएको कारोबार मूल्यमा आधारित भन्सार मूल्यांकन प्रणाली अब देशभरका सबै भन्सार नाकाहरूमा लागू भएको हो।

बिज्ञापन

यो प्रणाली लागू भएसँगै दशकौंदेखि चल्दै आएको मूल्यांकनको सन्दर्भ पुस्तिका राख्ने परम्पराको अन्त्य भएको छ। भन्सार अधिकारीहरुले अब व्यापारिक कारोबारको वास्तविक मूल्यका आधारमा शुल्क लगाउने व्यवस्था मिलाइएको छ।

भन्सार मूल्यांकनलाई वैज्ञानिक बनाउने भन्दै शुरुमा गत ८ असोजमा विराटनगर भन्सारबाट सुरु भएको थियो । त्यहाँको सफल परीक्षणपछि कात्तिक १६ गते मुलुककै ठूलो वीरगञ्जस्थित आईसीपीमा यो प्रणाली लागू गरियो । भन्सार विभागले विराटनगर, वीरगञ्ज भन्सारमा यो प्रणालीको परीक्षण गरिएकोमा अब देशैभरका बाँकी १८ वटा भन्सार भन्सार कार्यालयमा यो प्रणालीको प्रारम्भ भएको विभागले जनाएको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

मनसुनको जोखिम बढ्दै, देशभर ५४ स्थानमा सशस्त्र प्रहरीको प्रतिकार्य बेस स्थापना

टेरामक्स भ्रष्टाचार मुद्दा : पूर्वमन्त्री मोहन बस्नेतसहित १९ प्रतिवादीको मुद्दामा आज फेरि सुनुवाइ

‘मनसुनजन्य विपद् प्रतिकार्यका लागि सुरक्षा निकाय र सरकारी संयन्त्र उच्च शतर्कतामा’

अर्थका दुई महत्वपूर्ण विभाग निमित्तको भरमा,६ सहसचिवको दरबन्दी रिक्त

डिभी र पिआरधारी चार अधिकृतलाई १५ दिने स्पष्टीकरण

३० शाखा अधिकृतको पदस्थापन : २५ पुगे भन्सार विभाग,५ लाई आन्तरिक राजश्व

अब कर्मचारी सरुवाको आवेदनदेखि निर्णयसम्म अनलाइनबाटै

४ कर्मचारी कारबाहीको दायरामा, मन्त्रालयद्वारा स्पष्टीकरण माग

बिशेष