मुलुकमा गणतन्त्र आएको २० वर्ष पुग्नै लाग्यो तर नुन, रासायनिक मल र खाद्य पदार्थलगायत व्यापारिक कारोबार गरिरहेको साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडमा भने ‘राजतन्त्र शैली’ चलिरहेकै छ । जसरी रिर्पोटस क्लब भनेको ऋृषि धमला,उपभोक्ता हित संरक्षण मञ्च भनेकै ज्योती बाँनिया र प्रेमलाल महर्जनहरु नै आजिवन अध्यक्षको कुर्सीमा छन्,ठीक उही ढङ्गबाट २० बर्षदेखि एकै व्यक्तिको एकाधिकार चलिरहेको छ,साल्ट ट्रेडिङमा ।
बिज्ञापन
स्थापनाको उद्देश्यविपरीत संस्थाभित्र मौलाएको एकाधिकार,मनपरी तन्त्र, अपारदर्शी खरिद प्रक्रिया र १५ वर्षदेखि एकै व्यक्ति उर्मिला श्रेष्ठको नेतृत्वमा रहेको व्यवस्थापनले कर्पोरेसनलाई विवादको केन्द्रमा तानेको हो । लामो समयसम्म एउटै व्यक्ति नेतृत्वमा रहँदा संस्थाभित्र पारदर्शिता र सुशासन कमजोर हुँदै गएको आरोप साल्ट ट्रेडिङमाथि लागेको छ । यसबाहेक, नयाँ संविधानले सरकारी र अर्ध–सरकारी निकायहरूमा खुला प्रतिस्पर्धाबाट मात्र कर्मचारी भर्ना गर्नुपर्ने स्पष्ट व्यवस्था गरे पनि साल्ट ट्रेडिङमा सञ्चालक र व्यवस्थापनले आफन्त र आसेपासेलाई करारमा भर्ती गर्ने क्रमलाई निरन्तरता दिएको पाइएको छ ।
विगत १९ वर्षमा पटक–पटक सरकार परिवर्तन भए । राजतन्त्र ढलेर गणतन्त्र आयो । दलको शासन बदलिएर दुई पटकसम्म अन्तरिम सरकार बन्यो । तर त्यहाँ अहिले पनि उर्मिला श्रेष्ठकै कब्जामा छ,साल्ट ट्रेडिङ कर्पोरेसन । प्रत्येक दुई/दुई वर्षमा साल्ट ट्रेडिङ कर्पोरेसनमा सञ्चालकहरू फेरिएपनि श्रेष्ठलाई प्रमुख पदबाट हटाएर संस्थामा नयाँ नेतृत्व ल्याउने आँट कसैले देखाएको छैन । बरु उनलाई संस्थामा राखेरै नेपाल चेम्बर अफ कमर्सले उपाध्यक्ष र नेपाल महिला चेम्बर अफ कमर्सको अध्यक्षसमेत बनाउने काम भयो । विभिन्न व्यावसायिक घरानाबाट सञ्चालकहरू आए पनि श्रेष्ठको विकल्पमा अन्य सीईओ ल्याउने विषयमा कुनै बहस भएको सुनिदैन ।
०६३ सालपछि निरन्तररुपमा यस संस्थाको प्रमुख कार्यकारी अधिकृतमा उर्मिला श्रेष्ठ रहँदै आएकी छिन् । सो संस्थामा नेपाल सरकारको ११.५९ प्रतिशत र खाद्य व्यवस्था तथा व्यापार कम्पनीको ९।६७ प्रतिशत र सर्वसाधारणको ७८।७४ प्रतिशत सेयर रहेकाले पनि कर्पोरेसनको प्रमुख कार्यकारी अधिकृत परिवर्तन गर्न सकेको छैन । साल्ट ट्रेडिङमै तीन दशक बढी काम गरेका नेपाल चेम्बर अफ कमर्सका पूर्वअध्यक्ष स्वर्गीय ईश्वरलाल श्रेष्ठकी छोरी हुन्। व्यावसायिक तथा राजनीतिक पारिवारिक पृष्ठभूमि र साल्ट ट्रेडिङमा लामो समय काम गरेकै आधारमा उनले निरन्तरता पाउँदै आएकी छिन् । एकै व्यक्तिको एकाधिकार हुँदा साल्ट ट्रेडिङमा अनियमितता मौलाएको छ तर कहिँ कतैबाट छानबिन हुन सकेको छैन । कर्पोरेसनको सबैभन्दा विवादास्पद र शंकास्पद कारोबार रासायनिक मल खरिदमा देखिन्छ ।
बिज्ञापन
साल्ट ट्रेडिङले ३ सेप्टेम्बर २०२२ मा २७,५०० मेट्रिक टन रासायनिक मल खरिदका लागि यही विवादास्पद कम्पनीलाई २ करोड ५ लाख ४२ हजार ५०० डलरको ठेक्का दिएको थियो ।सोही समयमा इन्डियन पोटास लिमिटेडविरुद्ध भारतमा सीबीआईले अनुसन्धानलाई अन्तिम चरणमा पु¥याइसकेको थियो । यो क्रम यतिमै रोकिएन, कर्पोरेसनले सन् २०२४ जनवरी ४ मा पुनः २५,००० मेट्रिक टन युरिया मल खरिद गर्न १ करोड ११ लाख ३७ हजार ५०० डलर ९तत्कालीन डलर भाउअनुसार करिब १ अर्ब ४८ करोड रुपैयाँ० को ठेक्का सोही कम्पनीलाई नै दिएको छ,साल्ट टे«डिङ्गले ।
यसरी भारतमा अर्बौं रुपैयाँ घोटालाको आरोपमा त्यहाँको केन्द्रीय अनुसन्धान ब्यूरोको छानबिनमा परेको ‘इन्डियन पोटास लिमिटेड’ नामक कम्पनीलाई पटक–पटक बिनाप्रतिस्पर्धा ठेक्का दिइएको भेटिन्छ । यसरी उता गम्भीर आरोपमा भारतमा अनुसन्धान चलिरहेको र अभियोगपत्र समेत दर्ता भइसकेको विवादास्पद कम्पनीलाई नेपालको साल्ट ट्रेडिङले भने निरन्तर रासायनिक मल खरिदको ठेक्का पाइरहनुमा ठूलो चलखेल देख्छन्,त्यहीँका कर्मचारीहरु । उसो त विगतमा साल्ट ट्रेडिङमाथि चिनीको कालोबजारी गरेको र कृत्रिम अभाव सिर्जना गरी महँगोमा बेचेर १ अर्ब रुपैयाँभन्दा बढी मुनाफा कमाएको आरोप लाग्दै आएको छ ।
यसरी ठूल्ठूला अर्बौ/खर्वको मलको ठेक्का पाएको,नुन बिक्रीका लागि त एकाअधिकार नै पाएको साल्ट ट्रेडिङको वित्तीय स्थितिमा भने कुनै पनि सुधार आउन सकेको देखिँदैन । वित्तिय विवरणहरु केलाउने हो भने ८ अर्ब ७७ करोड रुपैयाँ बराबरको आम्दानी गरेर कर्पोरेसनले ६ अर्ब १४ करोड रुपैयाँ वस्तु बिक्री खर्च देखाएको छ । यस्तै कर्पोरेसले थप १ अर्ब ५४ करोड व्यापारिक खर्च देखाएर कुल आय १ अर्ब ७ करोडमात्रै रहेको आफ्नो वार्षिक प्रतिवेदनमा उल्लेख गरेको छ ।
कर्पोरेसनले आफ्नो कुल आम्दानीबाट सम्पूर्ण खर्च घटाउँदा ६ दशमलव १० प्रतिशत खुद नाफा गरेको छ । जसमध्येबाट आफ्नो कर्तुत लुकाउन उर्मिलाको टिमले विज्ञापनमै १ करोड ४० लाख रुपैयाँभन्दा बढी खर्च गरिएको देखिन्छ । उक्त खर्च खुद नाफाको करिब २० दशमलव ५२ प्रतिशत हो । उर्मिलाको टिममा कुमार रञ्जितकार,वज्रेश झा,हरिचन्द्र श्रेष्ठहरु रहेका छन् । अख्तियार,सर्तकताजस्ता अनियमितता हेर्ने निकायले निश्पक्ष रुपमा छानबिन गर्ने हो भने यो टिममाथि नै भ्रष्टाचार मुद्धा लाग्ने त्यही कार्यरत कर्मचारीहरु बताउँछन् ।
यसैबीच साल्ट ट्रेडिङ्ग कर्पोरेसनकी प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठ र सहायक प्रमुख कार्यकारी अधिकृत व्रजेश कुमार झाविरुद्ध गम्भीर अनियमितताको उजुरी उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा दर्ता भएको भेटिएको छ ।
उनीहरुको टिमले युरिया मलको खरिद–विक्री प्रक्रियामा सेटिङ गरी आर्थिक लाभ लिने गरिएको उल्लेख छ ।

























