सरकारले चार वटा भन्सार कार्यालयका भन्सार प्रमुखहरूको जिम्मेवारीमा हेरफेर गरेको छ।
बिज्ञापन
जस अनुसार,त्रिभुवन विमास्थल भन्सार कार्यालय, वीरगञ्ज, भैरहवा र मेची भन्सार कार्यालयका प्रमुखहरू सरुवा भएका हुन ।
त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा विष्णुप्रसाद ज्ञवालीलाई ल्याइएको छ भने त्यहाँ कार्यरत रहेका टंक लम्सालको भने मन्त्रालयमा पुगेका छन् । यस्तै वीरगञ्ज भन्सारको प्रमुखमा कृष्ण मैनाली गएका छन् । उनी अर्थबाट त्यहाँ पुगेका हुन । मेची भन्सारमा रहेका हरिहर पौडेल भैरहवा भन्सार कार्यालयमा सरूवा भएका छन्। मेची भन्सार कार्यालमा भैरहवा भन्सारमा रहेका शिवलाल न्यौपानेलाई लगिएको जनाइएको छ ।

























