सुशीलाको क्याविनेटमा चन्द्र ढकालको ‘इन्ट्री’

सञ्चारमन्त्री बनेको भोलिपल्टै जगदीश खरेल कान्तिपुर पव्लिकेसनको निरीक्षणमा पुग्नु र सुशीला कार्कीले चौथो पटक क्याविनेट विस्तार गर्दै उनै कैलाश सिरोहियाको नातेदारलाई समेट्नुको पछाडि के नेक्सस होला ? अनि अन्य देशका राजदुतदरु फिर्ता हुँदा भारतमा रहेका राजदूत फिर्ता नगरिनुको कारण के होला ? अनेकन कोणबाट ती मन्त्रीको नियुक्तिका कारणहरु खोतलिँदै छन् ।

बिज्ञापन

फागुन २१ मा चुनाव गराउने ६ महिने म्याण्डेटसहित गठन भएको सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले कार्यकाल तीन महिना बाँकी रहँदा थप चार मन्त्रीहरु थपेकी छिन् । भूमिमा कुमार इङ्नाम, श्रम मन्त्रीमा राजेन्द्रसिंह भण्डारी, वनमा माधव चौलागाईँ र महिला मन्त्रीमा श्रद्धा श्रेष्ठ । जसमध्ये अहिले चर्चा गर्न लागिएका मन्त्री हुन,राजेन्द्रसिंह भण्डारी : श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय सम्हाल्न थालेका उनी नेपाल प्रहरीमा अतिरिक्त महानिरीक्षक थिए । भण्डारी नेपाल प्रहरीको ब्याच नम्बर ६९ का अधिकृत, । २०४३ फागुन ३ गते प्रहरी निरीक्षक (इन्स्पेक्टर) दर्जामा भर्ना हुँदा उनीसँगै भर्ना भएका उपेन्द्रकान्त अर्याल आईजी भएर अवकास भए । हाल जेन–जी आन्दोलन जाँचबुझ आयोगको सदस्यको जिम्मेवारीमा रहेका पूर्वएआईजी विज्ञानराज शर्मा पनि उनका ब्याची हुन् । अनि उनीहरुकै सिफारिसमा कतै राजेन्द्रसिंह मन्त्री भएका त होइनन्,त्यो कोणबाट पनि चर्चा हुँदैछ । उसो त हाल भारतका लागि नेपाली राजदूत डा. शंकर शर्मा मन्त्री सिंहका सम्धी हुन् । उनकी छोरी र डा. शर्माका छोराबीच वैवाहिक सम्बन्ध कायम भएको छ ।

बिज्ञापन

अतिरिक्त महानिरीक्षकबाट अवकाश पाएका सिंह एक दशक बढी समय चौधरी ग्रुपको लगानी रहेको नर्भिक अस्पतालका कार्यकारी निर्देशक चलाए ।प्रहरीबाट अवकाश पाएको लामो समयसम्म चौधरी ग्रुपको विश्वासपात्र रहेका उनी त्यहाँ छोडेपछि चन्द्र ढकालसँग नजिकिए । उनी हाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकाल नेतृत्वको आईएमइ समूहद्वारा सञ्चालित आइजीआई पुडेन्सियल इन्स्योरेन्सका संचालक रहे । यो यही इस्योरेन्स हो जसमा केही अगाडि राजश्व अनुसन्धान विभागले छापा हानेर केश ढिसमिस पारिएको थियो । झण्डै दुई बर्ष त्यहाँका सञ्चालक रहेका उनी हठात राजीनामा दिएर मन्त्रीको शपथ लिन आइपुगेका छन् । अहिले पूर्व प्रहरी अतिरिक्त महानिरीक्षकलाई उनै ढकाल,चौधरी वा सिरोहियाजस्ता व्यापारीहरुको दवाव र प्रभावमा मन्त्री बनाइएको चर्चा छ,राजनीतिक वृत्तमा ।

श्रम बजार सबैभन्दा बढी पैसा भएको क्षेत्र हो,त्यही कारण व्यापारीहरुले सेटिङ्ग मिलाएर मन्त्री बनाएको दावी गरिन्छ । यसमा कल्याण श्रेष्ठ,प्रधानमन्त्री सुशीला कार्कीको निजी स्वकीय आर्दश श्रेष्ठहरुको ठूलो भूमिका रहेको बताइन्छ । श्रम मन्त्री बनेका राजेन्द्र सिंह भण्डारी कान्तिपुर ग्रुपका मालिक कैलाश सिरोहियाका ज्वाई नातेदार समेत हुन । व्यापारीका खल्तीका मान्छेलाई नियुक्ति दिएर जेनजीको बलमा निर्मित सरकारले कस्तो सुशासन कायम गर्दछ,त्यो हेर्न केही समय कुर्नै पर्नेछ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

मनसुनको जोखिम बढ्दै, देशभर ५४ स्थानमा सशस्त्र प्रहरीको प्रतिकार्य बेस स्थापना

टेरामक्स भ्रष्टाचार मुद्दा : पूर्वमन्त्री मोहन बस्नेतसहित १९ प्रतिवादीको मुद्दामा आज फेरि सुनुवाइ

‘मनसुनजन्य विपद् प्रतिकार्यका लागि सुरक्षा निकाय र सरकारी संयन्त्र उच्च शतर्कतामा’

अर्थका दुई महत्वपूर्ण विभाग निमित्तको भरमा,६ सहसचिवको दरबन्दी रिक्त

डिभी र पिआरधारी चार अधिकृतलाई १५ दिने स्पष्टीकरण

३० शाखा अधिकृतको पदस्थापन : २५ पुगे भन्सार विभाग,५ लाई आन्तरिक राजश्व

अब कर्मचारी सरुवाको आवेदनदेखि निर्णयसम्म अनलाइनबाटै

४ कर्मचारी कारबाहीको दायरामा, मन्त्रालयद्वारा स्पष्टीकरण माग

बिशेष