सरकारले कार्यालय समय तय गरेको छ, बिहान १० देखि बेलुका ४ बजेसम्म तर अधिकांश सरकारी कर्मचारीहरु न समयमा कार्यालयमा पुग्छन न त तोकिएको ड्रेस नै लगाउने गरेका छन् । एउटा सरकारी संयन्त्रले गरेको एउटा अनुगमनको क्रममा यस्तो भेटिएको हो । अधिकांश कर्मचारीहरु सरकारले तोकेको पोशाक नलगाई टिर्सट पाइन्टमा ढाटिएर वा अन्य पोशाकमा कार्यालय प्रवेश गरेको भेटिएको हो । पोशाकको लागि सरकारबाट १० हजार भत्ता बुझ्ने तर हिरोइजम देखाउँदै चुल्ठेमुन्द्रे शैलीमा सरकारी जागिर खाने कर्मचारी फन्दामा परेका हुन ।
बिज्ञापन
कार्यालय नगएर बिदा बसेकामध्ये अधिकांश कर्मचारी बिदा समेत स्वीकृत नगराई बिदामा बसेको केन्द्रको अनुगमनको क्रममा भेटिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट २र२ जनाको ८ वटा टोली बनाएर यही पुस १ र २ गते मधेश प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्रिपरिदको कार्यालयले जनकपुरधामस्थित प्रदेश सरकारका ९ मन्त्रालयसहित १८ वटा कार्यालयमा गरेको छडके अनुगमनको क्रममा कर्मचारीहरु फन्दामा परेका हुन । जसमा पहिलो दिन ४८ र दोश्रो दिन २४ जना गरी ७२ जना कर्मचारी कारबाहीमा परेका निमित्त प्रमुख सचिव रामकुमार महतोले जनाएका छन् । उनका अनुसार, कारबाहीमा पर्नेहरूमा ५५ जना पुरुष र १७ जना महिला कर्मचारी रहेका छन् ।
कारबाहीमा पर्नेमा उपसचिव सरहका २, शाखा अधिकृत सरहका ४१, नायब सुब्बा सरहका १६, खरिदार सरहका ४, सवारी चालक ३ र कार्यालय सहयोगी ६ जना छन् ।
जसमा सबैभन्दा धेरै खेलकुद तथा समाज कल्याण मन्त्रालयका नौ जना, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका चार जना, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका तीन जना, शिक्षा तथा संस्कृति मन्त्रालयका पाँच जना, गृह सञ्चार तथा कानुन मन्त्रालयका एक जना, उद्योग वाणिज्य तथा पर्यटन मन्त्रालयका आठ जना, वन तथा वतावरण मन्त्रालयका ६ जना, भौतिक पूर्वाधार विकास मन्त्रालयका पाँच जना, उर्जा सिँचाई तथा खानेपानी मन्त्रालयका तीन जना गरी ४४ जना कर्मचारी तथा प्रदेश मातहतका अन्य कार्यालयका २८ जना कर्मचारी कारबाहीमा परेको मुख्यमन्त्री तथा मन्त्रिपरिदको कार्यालय जनकपुरधामले जनाएको छ ।
बिज्ञापन
पूर्व स्वीकृति बेगर अनुपस्थित रहेका ३४ जना तथा पोषाक नलगाएका ३८ जना कर्मचारीलाई प्रचलित कानुन बमोजिम कारबाही गरी सो जानकारी मुख्यमन्त्री तथा मन्त्रिपरिदको कार्यालय मधेश प्रदेशलाई गराउन सम्बन्धित निकायमा कर्मचारीको विवरणसहित पत्राचार गरिएको प्रदेशका निमित्त प्रमुख सचिव महतोले जनाएका छन् ।

























