एमाले महाधिवेशनका लागि मालपोत प्रमुखले ५१ हजार चन्दा दिएका हुन ?

नेकपा एमालेको ११ औं महाधिवेशन यही मंसिर २७ गतेदेखि २९ गतेसम्म काठमाडौंमा हुँदैछ। सोही महाधिवेशनको संघारमा पार्टीका कार्यकर्ताले चन्दा संकलन अभियान तीव्र पारेका छन् ।

बिज्ञापन

एमालेका कार्याकर्ताहरु महाधिवेशनका नाममा सरकारी कार्यालयहरुमा पुगेर चन्दा माग्ने क्रम बढेको छ । महाधिवेशनको संघारमा नेकपा एमाले सिरहाले एक जना कार्यालय प्रमुखसँग ५१ हजार चन्दा लिएको बिषय अहिले भाइरल छ ।

बिज्ञापन

उक्त जिल्ला कमिटिले जिल्ला मालपोत कार्यालय सिरहाका प्रमुख धु्रव प्रसाद कोइरालासँग ५१ हजार चन्दा लिएको रसिद सामाजिक सञ्जालमा छरपष्ट भएको छ । सोही बिषयमा सत्य तथ्य के हो ? भनि कोइरालालाई कर्मचारी प्रेसले सोध्यो, नेकपा एमालेको महाधिवेशनका लागि ५१ हजार चन्दा दिनुभएको हो ? उनले शुरुमा यो बिषयमा अनभिज्ञता प्रकट गरे । आफू काठमाडौंमा भएका कारण यो बिषयमा केही थाहा नभएको प्रतिक्रिया दिए ।

कोइराला मंसिर पहिलो साता नै त्यहाँबाट सरुवा भएर सहकारी नियमन प्राधिकरणमा आइसकेका छन् । उनकै नाममा एमाले सिरहाले ५१ हजारको रसिद कार्यालयमा छाडेर हिडेको र सोही रसिद अहिले सामाजिक सञ्जालमा छरपष्ट भएको बुझिएको छ ।
यो बिषयमा भूमिसुधार तथा मालपोत कार्यालय सिरहाका अरबिन्द्र कुमार चौधरीसँग जिज्ञासा राख्दा कुनै पनि राजनीतिक दललाई चन्दा दिनका लागि बजेट शीर्षक नहुने उल्लेख गर्दै कार्यालयले पार्टीलाई चन्दा दिएको बिषय अस्वीकार गरे । अगाडि थपे, हिजो एमालेका कार्यकर्ता आएर सो रसिद छोडेर गएका थिए । त्यही रसिद भाइरल गराएछन् । हामीले त्यसरी चन्दा लिनका लागि कुनै शीर्षक पनि हुँदैन,कुन शीर्षकमा कहाँबाट चन्दा दिन सक्छौं र ?

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

फाइल मन्त्रालयमा, औषधि अभाव अस्पतालमा : बिचौलियाले रोक्यो विदेशी औषधि उद्योगको निरीक्षण

डढेलधुराको अजयमेरुमा लालपुर्जा वितरण, ७ अव्यवस्थित परिवार बने जग्गाधनी

मालपोत कार्यालय लगनखेलका तीन नासु ३ लाख घुससहित पक्राउ

लगनखेल मालपोतका तीन नासु र दुई लेखापढी व्यवसायी ३ लाख घुससहित पक्राउ

ज्योती बैंकको ज्यादती : अदालतले रोक्का राखेको जग्गा सेटिङमा लिलाम,विवादमा बहादुर

मुस्ताङ भन्सार फेरि विवादमा : दुई गाडीमा ठूलो परिमाणमा भेप रहेको स्रोतको दाबी

लोकसेवा आयोगले गर्यो परीक्षाको कार्यक्रम संशोधन

२१ अधिकृतको सरुवा,१० को गृहमा इन्ट्री

बिशेष