भन्सारको संसार,विकृती भरमार

नेपाल सरकारले भन्सार प्रक्रियामा त्रुटि भएमा कुल भ्यालुको १० प्रतिशत जरिवाना तोक्ने व्यवस्था लागू गरेपछि भन्सार एजेन्ट र ती मातहतका कर्मचारी तथा व्यवसायी आन्दोलित हुँदा सेवा प्रवाह अवरुद्ध भएको छ ।
भन्सार कार्यालयका एजेन्टहरुले सम्पूर्ण कारोबार ठप्प पारेर विरोध प्रदर्शन गर्दा सेवा प्रवाह अवरुद्ध हुन पुगेको हो । एजेन्टहरुले कम्प्युटरमा डाटा इन्ट्री गर्नेदेखि कागजपत्र मिलाउने क्रममा देखिने स सना गल्तीलाई कानुनी रुपमा ठूलो अपराधजस्तै ठहर गर्दै भारी जरिवाना लगाउनु अन्यायपूर्ण हुने भन्दै आन्दोलित हुँदा भैरवहा,बीरगञ्ज लगायतका भन्सार एजेन्टहरु आन्दोलित भएका हुन ।
एजेन्टहरुको आन्दोलनपछि भन्सार एजेन्ट महासंघले पेनडाउन गरेर देशभरका भन्सारका काम ठप्प पारेको छन् । यो आन्दोलनमा एजेन्टहरु मातहत रहेर काम गर्ने कर्मचारीहरु समेत आन्दोलित भएका छन् । उनीहरुले मासिक रुपमा पाउने तलबबाट जरिवाना बापतको रकम ब्यहोर्न पर्ने भन्दै आन्दोलन गरेका हुन ।

बिज्ञापन

भैरहवा भन्सार कार्यालय अर्थात बेलहिया नाकाबाट दैनिक सयौको संख्यामा भारतीय गाडीहरु ओहोर दोहोर हुँदै आइरहेको छ । जसमध्ये मालवाहक गाडीको हकमा एजेन्ट, सम्बन्धित व्यवसायीक फर्म र राजस्वका कर्मचारीमार्फत काम हुँदै आएको छ । जेन्जी आन्दोलन पछि कर्मचारीहरु बाहिर देखिएर त्यति गतिविधि नगरेको भए पनि उनीहरुको नियमित धन्दा ठूला व्यवसायिक घराना र एजेन्ट मार्फत अहिले पनि चलखेल जारी रहेको बताइन्छ । तर सोहि कार्यालयका कम्प्यूटर शाखाका कर्मचारीको हैरानी भने छुट्टै छ । भैरहवासम्म आएर दैनिक जसो फर्कन मिल्ने जसलाई भन्सार कार्यालयले सुविधा भनेर बर्गीकरणमा राखेको छ भने बर्षमा ३० दिन नेपाल प्रवेश गर्न पाउनेलाई अस्थायी पैठारी भनेर बर्गीकरण गरिएको छ । कम्प्युटर शाखाका कर्मचारीलाई भारतीयहरुको दैनिक हुने अनावश्यक कचकचले वाक्क दिक्क पार्ने गरेको गुनासो गर्दै आएका छन् । अस्थायी पैठारी बर्गीकरणको नाममा बर्षभरमा ३० दिन आउन पाईने सुविधा पाएपछि राजश्वका कर्मचारी र बिचौलिया मार्फत त्यस प्रकारका सवारीलाई मनलाग्दी तवरले स्वीकृति दिएको पाईएको छ ।

बिज्ञापन

भन्सार जाँचपास गर्ने क्रममा आयात हुने बस्तुहरु लाई भन्सार कार्यालयले बस्तुको जोखिमताको आधारमा हरियो,पँहेलो र रातो तीन बर्गमा बर्गीकरण हुन्छ । हरियो संकेतले कम जोखिम,पँहेलो र रातोले धेरै जोखिम भएको समान पर्दछ । रातोमा मूल्यवान समानहरु कच्चा पदार्थ,मोटर पार्टस तथा बहुमूल्य समानहरु पर्दछन् । तर, मिलेमतोमा कतिपय पहेँलो चिन्ह संकेत गरेको अर्थात हरियो भन्दा बढी जोखिम भएको समान पनि एजेन्ट र भन्सारका कर्मचारीको मिलेमतोमा हरियोले बर्गीकरण गरेको आधारमा भन्सार पास गराउने गरेको पाइन्छ ।
भन्सारले समातेका बिना भन्सारका मोटर गाडीदेखि बिभिन्न बस्तुहरु भन्सार कार्यलयले नियन्त्रणमा लिएपछि समान प्रकृति अनुसार हकदाबीको सुचना निकाल्ने गर्दछ । भन्सार कार्यालयले तोकेको अवधिमा सम्बन्धित व्यक्ति वा फर्म दावी गर्न नआएमा कार्यालयले लिलामका लागी सूचना प्रकाशन गर्ने गर्दछ । लगातार तीन पटकसम्म प्रकाशन गर्दा ती सामानहरु लिलाम नभएमा वा लिलाम साकार नभएको खण्डमाउक्त बस्तुको कम मुल्याङ्कन गरी सुचना प्रकासन गर्दा हिजोदेखि मिलेमतोमा काम गरेका बिचौलियाहरु मार्फत उनीहरुकै फर्मले लिलाम हात पार्दै आएका छन् ।

लिलामको सूचना प्रकाशन गर्दा बरामद बस्तुको मुल्याङ्कन रकममा पहिला भन्दा दास्रो पटक क्रमश घटाएर मुल्याङ्कन रकम निर्धारण गरी भन्सार कार्यालयले सूचना प्रकासन गर्ने गर्दछ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

वैदेशिक रोजगार विभागभित्र १३ जना विचौलिया नियन्त्रणमा

डोल्मालाई ८८ करोड कर छुटदिएपछि मौरिसससँगको दोहोरो करमुक्ति सम्झौता खारेज

नक्कली प्रमाणपत्रले सरकारी जागिर खाएको सब–इन्जिनियर विशेष अदालतमा तानिए

भन्सारको संसार,विकृती भरमार

बहुविवाहको आरोपमा डिएसपी नेपाल पक्राउ

सामान्य प्रशासनको लाचारी : १४१ स्थानीय तहमा खटाउन सकेन दरबन्दी अनुसारको कर्मचारी

बाढी–पहिरो, अवरुद्ध सडक र अत्यधिक दबाबबीच उठेको विभाग: जसले पुस्छ डा. जैसीको रात–दिनको पसिना

एकनारायणले ‘होल्ड’मा राखेका विवादास्पद् निर्णय धमाधम प्रमाणीकरण

बिशेष