यी हुन शाखा अधिकृतमा नियुक्तिका लागि सिफारिस भएका १७८ जना उमेद्धार

लोकसेवा आयोगले शाखा अधिकृतका सबै तहका परीक्षा पार गरेका ६७ जना उमेद्धारहरुलाई स्थायी नियुक्तिका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई सिफारिस गरेको छ ।

बिज्ञापन

आयोगले परराष्ट्र सेवातर्फका लागि लिएको लिखित परीक्षा, सूचना प्रविधि सीप परीक्षण, सामूहिक परीक्षण र अन्तर्वार्तामा प्राप्त अंकका आधारमा उम्मेदवारहरूको योग्यता क्रम निर्धारण गरी नामावली प्रकाशन गरेको हो । जस अनुसार खुलातर्फ ३४,महिला १०,आदिवासी जनजाती ८,मधेशी ७,दलित ३,अपांग १ र पिछडिएको क्षेत्रबाट १ गरी ६७ जना उम्मेदवारहरूलाई स्थायी नियुक्तिका लागि परराष्ट्र मन्त्रालयमार्फत संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सिफारिस गरेको आयोगले जनाएको छ ।
यस्तै आयोगले नेपाल प्रशासन सेवा, लेखापरीक्षण सेवा, संघीय संसद सेवा, सामान्य प्रशासन समूह, लेखा समूह र राजस्व समूहका १११ जना लाई स्थायी नियुक्तिका लागि सिफारिस गरेको छ ।

बिज्ञापन

आयोगले लिखित परीक्षा, सूचना प्रविधि सीप परीक्षण, सामूहिक परीक्षण र अन्तर्वार्तामा प्राप्तांकका आधारमा उम्मेदवारहरूको अन्तिम योग्यता क्रम निर्धारण गरेर संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र संघीय संसद सेवाअन्तर्गत छनोट भएका उम्मेदवारहरूलाई स्थायी नियुक्तिका लागि सम्बन्धित निकायमा सिफारिस गरेको आयोगले जनाएको छ ।
जस अनुसार,महिला ३१,आदिवासी जनजाती २३,मधेसी २१,दलित १०,अपांग ४,पिछडिएको क्षेत्र ३ जना स्थायी नियुक्तिका लागि सिफारिस भएका छन् । आयोगका अनुसार परराष्ट्र सेवाका ६७ र नेपाल प्रशासन सेवा, लेखापरीक्षण सेवा, संघीय संसद सेवा, सामान्य प्रशासन समूह, लेखा समूह र राजस्व समूहका १ सय ११ गरी १७८ जना स्थायी नियुक्तिका लागि सिफारिस भएका हुन ।

१६७०१-१६७०७.०८१.८२_एकीकृत_अधिकृत_सिफारिस

बिज्ञापन

१६७०१-१६७०७.०८१.८२_एकीकृत_अधिकृत_सिफारिस

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

प्रमुख प्रशासकीय अधिकृत,सव इन्जिनियरसहित पाँच विरुद्ध भ्रष्टाचार मुद्धा दायर

निर्वाचन आचारसंहिताकै बीच नियामक निकायमा धमाधम नियुक्ति

‘सचिवस्तरीय’ निर्णयबाट भएको आधा दर्जन कर्मचारी सरुवा ‘मन्त्रीस्तरीय निर्णयले बदर

विमान दुर्घटनामा महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवारको निधन

गृहमा अनेकन मनपरी : सहसचिवहरु जगेडामा,तालिम नलिएका कर्मचारीलाई धमाधम सिडियो

कर्मचारी सरुवामै चुनावी सरकारको ध्यान,निर्वाचन आचारसंहिता लाग्दा समेत सचिव सरुवा

पुनरावेदकको मागदावी पुग्ने अदालतको ठहर पछि यस्तो छ उपसचिव बढुवाको संशोधित सूची

निर्वाचन खर्चको अनुगमन :विधी र व्यवहार

बिशेष