यी हुन शाखा अधिकृतमा नियुक्तिका लागि सिफारिस भएका १७८ जना उमेद्धार

लोकसेवा आयोगले शाखा अधिकृतका सबै तहका परीक्षा पार गरेका ६७ जना उमेद्धारहरुलाई स्थायी नियुक्तिका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई सिफारिस गरेको छ ।

बिज्ञापन

आयोगले परराष्ट्र सेवातर्फका लागि लिएको लिखित परीक्षा, सूचना प्रविधि सीप परीक्षण, सामूहिक परीक्षण र अन्तर्वार्तामा प्राप्त अंकका आधारमा उम्मेदवारहरूको योग्यता क्रम निर्धारण गरी नामावली प्रकाशन गरेको हो । जस अनुसार खुलातर्फ ३४,महिला १०,आदिवासी जनजाती ८,मधेशी ७,दलित ३,अपांग १ र पिछडिएको क्षेत्रबाट १ गरी ६७ जना उम्मेदवारहरूलाई स्थायी नियुक्तिका लागि परराष्ट्र मन्त्रालयमार्फत संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सिफारिस गरेको आयोगले जनाएको छ ।
यस्तै आयोगले नेपाल प्रशासन सेवा, लेखापरीक्षण सेवा, संघीय संसद सेवा, सामान्य प्रशासन समूह, लेखा समूह र राजस्व समूहका १११ जना लाई स्थायी नियुक्तिका लागि सिफारिस गरेको छ ।

बिज्ञापन

आयोगले लिखित परीक्षा, सूचना प्रविधि सीप परीक्षण, सामूहिक परीक्षण र अन्तर्वार्तामा प्राप्तांकका आधारमा उम्मेदवारहरूको अन्तिम योग्यता क्रम निर्धारण गरेर संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र संघीय संसद सेवाअन्तर्गत छनोट भएका उम्मेदवारहरूलाई स्थायी नियुक्तिका लागि सम्बन्धित निकायमा सिफारिस गरेको आयोगले जनाएको छ ।
जस अनुसार,महिला ३१,आदिवासी जनजाती २३,मधेसी २१,दलित १०,अपांग ४,पिछडिएको क्षेत्र ३ जना स्थायी नियुक्तिका लागि सिफारिस भएका छन् । आयोगका अनुसार परराष्ट्र सेवाका ६७ र नेपाल प्रशासन सेवा, लेखापरीक्षण सेवा, संघीय संसद सेवा, सामान्य प्रशासन समूह, लेखा समूह र राजस्व समूहका १ सय ११ गरी १७८ जना स्थायी नियुक्तिका लागि सिफारिस भएका हुन ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

मन्त्रीका लागि मागिएको एनटीएनसीको गाडी कहाँ पुग्यो ? मन्त्रालयको अभिलेखमै छैन, प्रयोगकर्ताबारे पनि अन्योल

सामान्यका दुई कर्मचारी बर्खास्त,अध्ययन बिदामा विदेश हराउनेको खोजी तिव्र

कर्मचारीहरू कोही बिदा बस्दै, केही राजीनामा दिँदै

निजामती विद्येयकमा ३०- ५५ प्रावधानबारे सांसदको प्रश्न,मन्त्रीको अस्पष्ट जबाफ

शाखा अधिकृत,सब इन्जिनियर,लेखापालसहित आठ विरुद्ध भ्रष्टाचार मुद्धा दायर

नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी सरकारी नियुक्ति,अख्तियारले चलायो मुद्धा

मन्त्रीका लागि भन्दै गाडी मागेर कस्ले बनायो दम्पच ?

रेग्मी अवकाशमा,निमित्त अध्यक्षको जिम्मेवारी बेलबासेको काँधमा

बिशेष