अर्थका २० अधिकृतको सरुवा : राजश्व अनुसन्धान विभागमा १५ को ‘इन्ट्री’

अर्थ मन्त्रालयले २० जान अधिकृतहरुको सरुवा गरेको छ ।
मन्त्रालयले कर अधिकृत,भन्सार अधिकृत र शाखा अधिकृतहरुको सरुवा गरेको हो । कर्मचारी प्रेसलाई प्राप्त सरुवा सूची अनुसार १५ जना शाखा अधिकृतहरुलाई करदाता सेवा कार्यालय,भन्सार लगायतका कार्यालयबाट सरुवा गरेर राजश्व अनुसन्धान विभागमा ल्याइएको छ भने २ लाई अर्थ मन्त्रालय,२ भन्सार विभाग र एक जना आन्तरिक राजश्व कार्यालयमा सरुवा भएर पुगेका छन् ।

बिज्ञापन

करदाता सेवा कार्यालय सल्यानबाट भीमकान्त न्यौपानेलाई अर्थ मन्त्रालय वा अन्र्तगत ल्याइएको छ भने आन्तरिक राजश्व कार्यालय बर्दिबासबाट देवराज भुसाललाई अर्थ मन्त्रालयमा ल्याइएको छ । यस्तै,सम्पत्ति शुद्धीकराण् विभाग,पुल्चोकबाट सुरज ढुङ्गाना आन्तरिक राजश्व विभाग पुगेका छन् भने टिकाराम रेग्मी करदाता सेवा कार्याल्य स्याङ्जाबाट भन्सार विभागमा पुगेका छन् ।
सरुवाको सूची अनुसार,तिर्थराज पासवानलाई राजश्व अनुसन्धान विभागबाट भन्सार विभाग,पिताम्बर वश्याललाई करदाता सेवा कार्यालय गुलरियाबाट राजश्व अनुसन्धान विभागमा ल्याइएको छ । यस्तै अर्थ मन्त्रालयबाट चन्द्र दाहाल र लावन घिमिरेलाई आन्तरिक राजश्व विभाग,आन्तरिक राजश्व कार्यालय हेटौंडाबाट पुरुषोत्तम गजुरेललाई राजश्व अनुसन्धान विभागमा लगिएको छ । यस्तै आन्तरिक राजश्व पुतलीसडकबाट पशुपति घिमिरेलाई राजश्व अनुसन्धान विभागमा लगिएको छ । करदाता सेवा कार्यालय,इलाबबाट दिपक कुमार न्यौपाने,आराका भक्तपुरबाट सरोज कुमार सिंह,भैरहवा भन्सारबाट नरेश साह,कैलाली भन्सारबाट खिम प्रसाद अर्याल,त्रिपुरेश्वरस्थित भन्सार जाँचपासबाट नगेन्द्र प्रसाद जैशी,बीरगञ्ज भन्सारबाट मातृका भट्टराई,करदाता सेवा कार्यालय मलंगवाबाट रास्ती कुमारी यादव,त्रिवि भन्सारबाट हरि मिजार रम्तेल,आराका लाहानबाट सुरेश महतो र आराका कृष्णनगरबाट कुमार पुडासैनी राजश्व अनुसन्धान विभागमा ल्याइएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

प्रधानमन्त्री कार्यालयमा सचिवको पल्टन,चार निकाय सचिवविहीन

आयल निगममा तेल चोर्नेदेखि ओभरटाइमको नाममा मासिक ५० लाख खानेसम्म

मनसुनको जोखिम बढ्दै, देशभर ५४ स्थानमा सशस्त्र प्रहरीको प्रतिकार्य बेस स्थापना

टेरामक्स भ्रष्टाचार मुद्दा : पूर्वमन्त्री मोहन बस्नेतसहित १९ प्रतिवादीको मुद्दामा आज फेरि सुनुवाइ

‘मनसुनजन्य विपद् प्रतिकार्यका लागि सुरक्षा निकाय र सरकारी संयन्त्र उच्च शतर्कतामा’

अर्थका दुई महत्वपूर्ण विभाग निमित्तको भरमा,६ सहसचिवको दरबन्दी रिक्त

डिभी र पिआरधारी चार अधिकृतलाई १५ दिने स्पष्टीकरण

३० शाखा अधिकृतको पदस्थापन : २५ पुगे भन्सार विभाग,५ लाई आन्तरिक राजश्व

बिशेष