अर्थका २० अधिकृतको सरुवा : राजश्व अनुसन्धान विभागमा १५ को ‘इन्ट्री’

अर्थ मन्त्रालयले २० जान अधिकृतहरुको सरुवा गरेको छ ।
मन्त्रालयले कर अधिकृत,भन्सार अधिकृत र शाखा अधिकृतहरुको सरुवा गरेको हो । कर्मचारी प्रेसलाई प्राप्त सरुवा सूची अनुसार १५ जना शाखा अधिकृतहरुलाई करदाता सेवा कार्यालय,भन्सार लगायतका कार्यालयबाट सरुवा गरेर राजश्व अनुसन्धान विभागमा ल्याइएको छ भने २ लाई अर्थ मन्त्रालय,२ भन्सार विभाग र एक जना आन्तरिक राजश्व कार्यालयमा सरुवा भएर पुगेका छन् ।

बिज्ञापन

करदाता सेवा कार्यालय सल्यानबाट भीमकान्त न्यौपानेलाई अर्थ मन्त्रालय वा अन्र्तगत ल्याइएको छ भने आन्तरिक राजश्व कार्यालय बर्दिबासबाट देवराज भुसाललाई अर्थ मन्त्रालयमा ल्याइएको छ । यस्तै,सम्पत्ति शुद्धीकराण् विभाग,पुल्चोकबाट सुरज ढुङ्गाना आन्तरिक राजश्व विभाग पुगेका छन् भने टिकाराम रेग्मी करदाता सेवा कार्याल्य स्याङ्जाबाट भन्सार विभागमा पुगेका छन् ।
सरुवाको सूची अनुसार,तिर्थराज पासवानलाई राजश्व अनुसन्धान विभागबाट भन्सार विभाग,पिताम्बर वश्याललाई करदाता सेवा कार्यालय गुलरियाबाट राजश्व अनुसन्धान विभागमा ल्याइएको छ । यस्तै अर्थ मन्त्रालयबाट चन्द्र दाहाल र लावन घिमिरेलाई आन्तरिक राजश्व विभाग,आन्तरिक राजश्व कार्यालय हेटौंडाबाट पुरुषोत्तम गजुरेललाई राजश्व अनुसन्धान विभागमा लगिएको छ । यस्तै आन्तरिक राजश्व पुतलीसडकबाट पशुपति घिमिरेलाई राजश्व अनुसन्धान विभागमा लगिएको छ । करदाता सेवा कार्यालय,इलाबबाट दिपक कुमार न्यौपाने,आराका भक्तपुरबाट सरोज कुमार सिंह,भैरहवा भन्सारबाट नरेश साह,कैलाली भन्सारबाट खिम प्रसाद अर्याल,त्रिपुरेश्वरस्थित भन्सार जाँचपासबाट नगेन्द्र प्रसाद जैशी,बीरगञ्ज भन्सारबाट मातृका भट्टराई,करदाता सेवा कार्यालय मलंगवाबाट रास्ती कुमारी यादव,त्रिवि भन्सारबाट हरि मिजार रम्तेल,आराका लाहानबाट सुरेश महतो र आराका कृष्णनगरबाट कुमार पुडासैनी राजश्व अनुसन्धान विभागमा ल्याइएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

मन्त्रिपरिषद्का सात निर्णय : बढुवा,नियुक्तिदेखि दरबन्दी तेरिज स्वीकृतसम्म

सडकमा १८३ सबइञ्जिनियरहरुको सरुवा

अर्थका २० अधिकृतको सरुवा : राजश्व अनुसन्धान विभागमा १५ को ‘इन्ट्री’

अध्यादेशद्धारा उल्टियो ओली सरकारको निर्णय

अध्यागमन विभागद्वारा विदेशीमाथि कडाइ — ‘निगरानी नराखिए राष्ट्र कमजोर हुने’ निर्देशन

भरतपुरका प्रमुख प्रशासकीय भन्छन् “धुर्मुस सुन्तली फाउण्डेसनको ऋृण तिर्न कानुनी आधार भेटिएन”

मन्त्रिपरिषद्को बैठक बस्दै,निर्वाचनमा सेना परिचालनको निर्णय गर्ने

यी हुन सरकारले तोकेका २६ सार्वजनिक खाद्य विश्लेषक

बिशेष