महानिर्देशक बाराकोटीले दिए सरकारी सेवाबाटै राजीनामा

स्वास्थ्य सेवा विभागका महानिर्देशक टंकप्रसाद बाराकोटीले सरकारी सेवाबाटै राजीनामा दिएका छन् । मन्त्रालयका अतिरिक्त सचिव समेत रहेका बाराकोटीलाई पूर्व स्वास्थ्यमन्त्री प्रदीप पौडेलले गत फागुनमा महानिर्देशक नियुक्त गरेका थिए ।

बिज्ञापन

बाराकोटीले जिम्मेवारी सम्हालेको सात महिना पछि नै पदबाट राजीनामा दिएका थिए । उनको जागिर अवधि अझैं दुई बर्ष बाँकी रहेको जनाइएको छ । सेवा अवधि दुई बर्ष बाँकी रहँदै उनले सेवाबाटै राजीनामा दिएका हुन । स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार आज दिँउसो बाराकोटीले स्वास्थ्यमन्त्री सुधा शर्मालाई भेटेर उनले राजीनामा पत्र दिएका हुन्।
डा बाराकोटी विभागको महानिर्देशक भएर गएसँगै उनी अघि महानिर्देशक रहेका तथा हालका स्वास्थ्य सचिव विकास देवकोटाले मिलेमतोमा अगाडि बढाएका विभिन्न ६ वटा टेण्डरहरु रद्ध गराएका थिए । सो सँगै सचिव र उनको द्धन्द शुरु भएको थियो ।बाराकोटीले राजीनामाको कारण पारिवारिक भएको बताएका छन् । साढ् दुई दशक भन्दा बढी समय सरकारी सेवामा बिताएका डा बाराकोटी बालरोग विशेषज्ञका रूपमा परिचित छन्। तेह्रथुममा जन्मिएका र ल्याब टेक्निसियनबाट सुरु भएको आफ्नो करिअर मेहनत र इमान्दारिताको प्रतिफलका रूपमा महानिर्देशकसम्म पुर्याएका उनले सेवा अवधि दुई बर्ष बाँकी रहँदै सरकारी जागिरबाटै विश्राम लिन लागेका हुन । बाराकोटी स्वास्थ्य सेवाका १२औँ अर्थात अतिरिक्त सचिव हुन । उनले दिएको राजीनामा मन्त्रीपरिषद्ले स्वीकृत गर्नुपर्ने हुन्छ।

बिज्ञापन

यस अघि अतिरिक्त सचिवकै जिम्मेवारीमा रहेकी डा संगीता कौशल मिश्राले समेत पदबाट राजीनामा दिएकी थिइन । मन्त्री बन्न राजीनामा दिएकी उनी अहिले १४ करोडको भ्रष्टाचार मुद्धा खेपिरहेकी छिन् ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

युवा सङ्घका सचिवालय सदस्य सज्जन लामा पक्राउ

“सरुवा आतंक” र कर्मचारी अधिकारमाथिको प्रश्न

सामान्य प्रशासनमा ‘रैथाने राज’ कायम : मन्त्री र सचिवले शक्तिशाली कर्मचारी छुन सकेनन्

अब कर्मचारीलाई अतिरिक्त समय काममा खटाउँदा अतिरिक्त पारिश्रमिक दिनुपर्ने

प्रमुख प्रशासकीय रंगेहात पक्राउ

कर्मचारी ट्रेड युनियनका अधिकांश नेताहरुको गृहमा सरुवा,अम्बादत्तलाई नापी

खरिदारदेखि उपसचिव तहका ७५ कर्मचारीको सरुवा

कार्यालय सहयोगीको तलब ३५ हजार,मुख्य सचिवको १ लाख २१ लाख हजार कायम गर्न प्रस्ताव

बिशेष