सिंहदरबारभित्रै ६७० सवारी खरानी,कौडीको भाउमा बेच्ने तयारी

भदौ महिनामा भएको जेन–जी आन्दोलनका क्रममा देशभरका सरकारी संरचना र कार्यालयहरूमा आगजनी तथा तोडफोड हुँदा कूल ६७० वटा सरकारी सवारीसाधन पूर्ण रूपमा क्षति भएका छन्।

बिज्ञापन

सिंहदरबार स्रोतका अनुसार ६७० सवारी नष्ट, १६० वटा क्षतिग्रस्त हुन पुगेको छ । सिंहदरबार परिसरभित्र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसहित १७ मन्त्रालय र अन्य निकायका साढे पाँच सय सवारी खरानी हुन पुगेको छ । यस्का अलवा केही कर्मचारीका निजी गाडी पनि नष्ट भएका छन्।

बिज्ञापन

मुख्य सचिव एकनारायण अर्यालले २३ गते साँझ नै सबै मन्त्रालयका सचिवहरूलाई सरकारी गाडी सिंहदरबारमै राख्न र बाहिर नलैजान निर्देशन दिएका थिए। आन्दोलन र प्रदर्शनमा सरकारी गाडी नै निशाना बन्न सक्ने भएकाले त्यस्तो निर्देशन दिइएको थियो। सोही निर्देशनका कारण अधिकांश सरकारी नम्बर प्लेटका सवारी साधनहरु सिंहदरबारभित्रै राखिएको थियो ।
यसरी सिंहदरबारभित्र राखिएकामध्ये शिक्षा मन्त्रालयसँगै जोडिएको राष्ट्रिय सतर्कता केन्द्रका ८ वटा चार पांग्रे सवारी र ११ वटा दुइ चक्के खरानी भए । यसरी खरानी भएका सवारी साधनका नाममा समेत राष्ट्रिय सतर्कता केन्द्रका कर्मचारीहरुले इन्धन सुविधा बुझेका छन् ।

यता प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा १ मन्त्री,५ सचिव,१० जना सहसचिव,पुलमा ५ गरी दरबन्दी अनुसार २१ वटा चार पांग्रे हुनुपर्ने हो । उक्त कार्यालयका ४७ वटा चारपांग्रे गाडी पूर्णरूपमा जलेर खरानी भएका छन्। थप १४ वटा चारपांग्रे तोडफोड भए पनि मर्मतपछि प्रयोगमा ल्याउन सकिने प्रकारका छन् भने ७४ वटा दुईपांग्रे सवारीसाधन पूर्णरूपमा नष्ट भएका छन्।

बिज्ञापन

उता,जेनजी आन्दोलनकै क्रममा भौतिक मन्त्रालयको २९ थान चार पांग्रे र २६ थान दुई पांग्रे ध्वस्त भएका छन । शिक्षा मन्त्रालयका चार पाग्रे १७ र दुई पांग्रे ४५ वटा गरी ६२ सवारी साधन ध्वस्त भएका छन् । राष्ट्रिय सतर्कता केन्द्रका ८ जना चार पांग्रे र ११ दुई पाग्रे गरी १९ वटा सवारी साधन खरानी भएका छन् । अर्थ मन्त्रालयको ५४ वटा दुई पाग्रेसहित ६८,गृह मन्त्रालयको २५ वटा दुइ पांग्रेसहित ४७,भौतिक मन्त्रालयको २९ वटा दुइ पांग्रेसहित ५५ वटा सवारी साधन आगोलागेको विवरण प्राप्त भएको छ ।
कर्मचारी प्रेसलाई प्राप्त विवरण अनुसार,कानुन मन्त्रालयको एक वटा दुई पांग्रे र एक चार पांग्रे सवारीमा आगलागी भएको मन्त्रालयले जनाएको छ ।

यस्तै,वन मन्त्रालयका १० दुइ पांग्रेसहित ३०,संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको २६ वटा चार पांग्रेसहित ६३ वटा सवारी साधनमा आगो लागेका छन् । संष्कृति पर्यटनका २ वटा दुइ पांग्रे र २ वटा चार पांग्रे आगलागी भएको छ । यस्तै,कृषि तथा पशुपक्षी मन्त्रालयका ५ वटा चार पांग्रेसहित ४०,खानेपानीको दुइ पाँग्रे १६ र चार पांग्रे ५ वटा गरी २१ वटा सवारी साधनमा आगो लागेका छन् । युवा तथा खेलकुदका ६ वटा चार पांग्रेसहित १४,राष्ट्रिय योजना आयोगको दुई वटा चार पांग्रे गाडी खरानी भएका छन् । यस्तै,खानेपानी मन्त्रालयको ५ वटा चार पांग्रेसहित २१,युवा तथा खेलकुदका ६ वटा चार पांग्रे,८ वटा दुई पांग्रेसहित १४,राष्ट्रिय योजना आयोगका २ वटा गाडी,सञ्चार मन्त्रालयका २ वटा गाडीसहित १७ सवारी साधन आगोलागी भएकोमा मुद्रण विभागको २ वटा चार पांग्रेसहित १७ वटा सवारी ध्वस्त भएका छन् । यस्तै महिला मन्त्रालयको १५ वटा दुइ पांग्रे सवारी साधनमा आगलागी भएको विवरण उपलव्ध भएको छ ।

मापदण्ड अनुसार,सहसचिव र सचिव तहका कर्मचारीहरुलाई मात्र चार पाँग्रे सवारी साधन सुविधा पाउने भए पनि प्रधानमन्त्री कार्यालयमा दरबन्दीभन्दा २६ वटा बढी,अर्थमा १ मन्त्री,२ सचिव,९ सहसचिव र पुलमा ५ गरी दरबन्दी अनुसार १७ वटा चार पांग्रे भए पुग्नेमा १९ वटा बढी सवारी रहेको र ती खरानी बनाइएको भेटिएको छ ।

यस्तै,गृह मन्त्रालयमा १ सचिव,६ सहसचिव,पुलमा ५ गरी १३ मात्र दरबन्दी रहेकोमा दरबन्दीभन्दा १२ वटा बढी चार पांग्रे सवारी साधन रहेको मन्त्रालयका एक सहसचिवले बताए । ती सबै सवारी आगोले खरानी भएका छन् । संघीय मामिला तथा सामान्य प्रशासनमा दरबन्दीभन्दा २० वटा बढी चार पांग्रे सवारी साधन रहेको पाइएको छ । जहाँ सचिव,६ सहसचिव र पुलमा ५ दरबन्दी रहेकोमा ३३ वटा चार पांग्रे सवारी साधन थुपारिएको पाइएको छ । यस्तै, शिक्षा मन्त्रालयमा सचिव र सहसचिव गरी १५ जनाको दरबन्दी रहेकोमा २६ वटा चार पांग्रे जलेको विवरण प्राप्त भएको छ ।

युवा तथा खेलकुदमा ११, वन मन्त्रालयमा ७,सर्वोच्च अदालतमा १७,शहरी मन्त्रालयमा ३९ र सडक विभागमा दरबन्दीभन्दा ५५ वटा बढी सवारी साधन रहेकोमा ती सबै आगजनी भएको जनाइएको छ । तीमध्ये सबैभन्दा बढी ५५२ वटा सवारीसाधन सहरी विकास मन्त्रालयले सिंहदरबार परिसर र अन्य निकायबाट उठाएर नयाँ बानेश्वरस्थित संसद् भवन हाताभित्र थन्क्याएको छ। यसरी जलाइएकामध्ये अधिकांश पत्रु मूल्यमा लिलामी गर्नुबाहेक अन्य विकल्प छैन। अहिले कवाडी फलामको बजार मूल्य प्रतिकिलो ४५ रुपैयाँ रहेको छ।
सरकारले सरकारी सवारी साधन र भवनहरुको वीमा नगर्दा तीनको वीमा दावी गर्न नसकिने भएको छ । उता,निजी क्षेत्रले जेनजी आन्दोलनका कारण भौतिक तथा अन्य क्षतिको बीमा दाबी रकम २३ अर्ब २२ करोड ८७ लाख रुपैयाँ पुगेको छ ।
नेपाल बीमा प्राधिकरणका अनुसार विभिन्न १४ वटा निर्जीवन बीमा कम्पनी र चार वटा लघु निर्जीवन बीमा कम्पनीमा दाबी परेको छ । जसमा ३ हजार ९९ वटा बीमा दाबीको करिब २३ अर्ब २२ करोड ८७ लाख दाबी रकम रहेको छ ।

निर्जीवन बीमा कम्पनीहरूमा परेका कूल दाबी रकममध्ये बुधबारसम्ममा अग्रिम भुक्तानी समेत गरी करिब १ अर्ब २९ करोड १९ लाख भुक्तानी भएको प्राधिकरणले जनाएको छ ।

निर्जीवन बीमा कम्पनीहरूले क्षतिको सर्भे प्रतिवेदन तयारीका लागि बुधबारसम्ममा २ हजार ७०६ को सङ्ख्यामा सर्भेयर खटाएका थिए । हालसम्ममा सर्भेयरहरूले ३७४ को सङ्ख्यामा सर्भे प्रतिवेदन पेश गरेको प्राधिकरणले जनाएको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

सिंहदरबारभित्रै ६७० सवारी खरानी,कौडीको भाउमा बेच्ने तयारी

जेनजीको राजमा पनि रोकिएन कर्मचारी सरुवामा विकृती : कसैलाई माथैमाथ,केहीको पुर्पुरोमा हात

चार महिनामा ३२ उपलब्धि : सल्यानका प्रजिअ नेत्रप्रसाद सुवेदीले देखाए प्रशासनिक नेतृत्वको नमुना

‘तपाईलाई मन्त्री बन्न नदिन ठूलै शक्ति लागेको छ’

फेरिए दुई विभागका महानिर्देशक

ललितपुर,भक्तपुरका सिडियोसहित ३६ सहसचिवको सरुवा

देशभरका ३६ प्रमुख जिल्ला अधिकारीको सरुवा, गृह मन्त्रालयले तोक्यो नयाँ जिम्मेवारी

ती संगीता,यी गणपति र खगेन्द्र

बिशेष