जेनजीको राजमा पनि रोकिएन कर्मचारी सरुवामा विकृती : कसैलाई माथैमाथ,केहीको पुर्पुरोमा हात

जेनजीको विद्रोह र रगतको बलमा पूरानो राजनीतिक सत्ता त ढल्यो तर प्रशासनिक क्षेत्रको विकृती र विसंगती २० को १९ भएको छैन । प्रशासनिक क्षेत्रमा सबैभन्दा बढी विकृती र विसंगतीको रुपमा हेरिएको कर्मचारी सरुवामा उस्तै विकृत अभ्यासले निरन्तरता पाएको छ । जस्तो यस अघि रमेश लेखक गृहमन्त्री र गोकर्णमणि दुवाडी सचिव हुँदा थियो ।
त्यस समय भेटी चढाउने प्रशासकहरुलाई छानी छानी महत्वपूर्ण निकायमा पठाइएको थियो । अहिले कानुन बुझेका र कानुनी पृष्टभूमिबाटै मन्त्री बनेका छन,ओमप्रकाश अर्याल र अख्तियार लगाययतका महत्वपूर्ण निकाय नेतृत्व गरेर गृह प्रवेश गरेका रामेश्वर दंगाल सचिव छन् । उनै कानुन बुझेका मन्त्री र सचिवहरुले कर्मचारी सरुवा गर्दा यस अघि बनेको मापदण्डलाई कुल्चने काम भएको छ । जसरी यस अघि काठमाडौंको प्रमुख जिल्ला अधिकारीको रुपमा इश्वरराज पौडेललाई खटाइदा मापदण्डको सिधै धज्जी उडाइएको थियो अहिले उही शैलीमा ३६ सहसचिवहरुको सरुवा गर्दा कसैलाई माथैमाथ र केही सहसचिवलाई पुर्पुरोमा हात पारिएको हो ।

बिज्ञापन

जेनजीको बलमा गृहमन्त्रीको नेतृत्व सम्हालिरहेको ओमप्रकाश अर्यालले समेत फेरि उस्तै कमि कमजोरी गर्न थालेको चर्चा शुरु भएको छ गृह प्रशासनमा । गृहमन्त्री ओमप्रकाश अर्याल समेत पूर्व गृहमन्त्री रमेश लेखककै पथमा लागेको भन्दै कर्मचारी बृत्तमा आलोचना शुरु हुन थालेको छ । जसरी हिजो रमेश लेखक गृहमन्त्री हुँदा गृह प्रशासनका अनुभवविहिन कर्मचारीहरुलाई काठमाडौं,भक्तपुरसहित क बर्गका जिल्लामा खटाइएको थियो । उसैगरी काठमाडौँको प्रमुख जिल्ला अधिकारी परिवर्तन गर्दा गृह आफैंले बनाएको मापदण्ड कुल्चिएको भेटिएकै थियो । फेरि सोही क्रमलाई निरन्तरता दिएका छन्,मन्त्री ओमप्रकाश अर्यालले ।

बिज्ञापन

गृह मन्त्रालयले दुई बर्ष अगाडि बनाएको प्रमुख जिल्ला अधिकारीको पदस्थापन वा सरुवा गर्ने वा काम काज खटाउने सम्बन्धी (दोस्रो संशोधन कार्यविधि, २०८०) लाइ कुल्चिएर काठमाडौंका प्रमुख जिल्ला अधिकारीमा छवि रिजालको स्थानमा ईश्वर राज पौडेललाई खटाइएकै शैलीमा ३६ सहसचिवहरुको सरुवा गर्दा केही सहसचिवलाई क जिल्लाबाट क जिल्लाकै प्रमुख जिल्ला अधिकारी बनाइएको पाइएको हो ।

प्रमुख जिल्ला अधिकारीको पदस्थापन वा सरूवा गर्ने वा कामकाज गर्न खटाउनेसम्बन्धी कार्यविधिमा विपरित क वर्गको जिल्लामा सिडिओ बनाएर खटाएका हुुन । पोखरेल यस अघि काठमाडौं महानगरपालिकाको प्रमुख कार्यकारी अधिकृत,अध्यागमन विभागको महानिर्देशक हुँदै कोलकत्ताको महावाणिज्यदूत भएका थिए । अध्यागमनमा हुँदा ३३ किलो सुनको छानबिन समितिको नेतृत्व गरेका थिए । उनै पौडेललाई मापदण्ड विपरित काठमाडौँमा खटाइएकै शैलीमा थप सहसचिवहरुको सरुवा गरिएको हो ।

बिज्ञापन

उपत्यकाका जिल्लामा पदस्थापन वा सरुवा गर्दा वा काज खटाउँदा ‘ख’ र ‘ग’ वर्गका जिल्लाहरूमा प्रमुख जिल्ला अधिकारी भई अनुभव हासिल गरिसकेको अधिकृतलाई’ तोकिने व्यवस्था विपरित गृह प्रशासनको अनुभवविहिनलाई काठमाडौंको प्रमुख जिल्ला अधिकारी बनाइएको पाइएको छ । पौडेल २०७५ साउन १४ गतेदेखि २०७६ चैत १२ गतेसम्म अध्यागमन विभागको महानिर्देशक भने भएका थिए । केही समय मन्त्रालयमा बसे पनि अहिलेसम्म कुनै जिल्लाको प्रमुख जिल्ला अधिकारी भएका कर्मचारी होइनन् ।

हिजो पौडेलको हकमा झैं सहसचिवहरु दिलकुमार तामाङ, इन्द्रदेव यादव,नारायण रिसाल,धर्मेन्द्रकुमार मिश्र,वासुदेव घिमिरे,बसन्त अधिकारीहरुको सरुवा गर्दा गृह आफैंले बनाएको मापदण्ड कुल्चिएको पाइएको हो । मापदण्ड विपरित केही सहसचिवहरुलाई आफ्नै गृह जिल्लाको प्रमुख जिल्ला अधिकारीको रुपमा खटाएका छन्,गृहमन्त्री अर्यालले । यस्का अलवा केही सहसचिवहरु त तीन चार महिना अवधि नपुग्दै सरुवामा परेका छन् ।

पूर्व गृहमन्त्री रमेश लेखकले खटाएका केही सहसचिवहरु जिल्ला हेरफेर हुँदा मनलाग्दी गरिएको पाइएको छ । गृहका केही सहसचिवहरुलाई लगातार सातौं जिल्लाको प्रमुख जिल्ला अधिकारी बनाएर खटाइएकोप्रति गृहकै कर्मचारीहरुले असन्तृष्टि पोख्न थालेका छन् । त्यसमाथि मापदण्ड कुल्चिएर लगातार क जिल्लाबाट क जिल्लाकै नेतृत्व गर्ने अवसर पाउने सहसचिव हुन इन्द्रदेव यादव । मोरङ जिल्लाको सीडीओ रहेका यादवलाई सरुवा गरेर फेरि महोत्तरीको सीडीओ बनाएर पठाइएको छ ।

यादवले यस अघि चितवन, सुनसरी, रौतहट, सर्लाही, इलामको नेतृत्व गरिसकेका छन् । यस्तै धर्मेन्द्र कुमार मिश्रलाई सुनसरीबाट बारा खटाइएको छ । यसलाई पनि क बाट क वर्गकै जिल्ला भनेको छ गृहले । मिश्रले यसअघि नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), कपिलवस्तु, रौतहट, कैलाली प्रशासन चलाइसकेका छन् ।

यस्तै ‘क’ वर्गबाट ‘क’ बर्गकै जिल्ला हाक्न पाएका छन् दिलकुमार तामाङले । उनी कपिलवस्तुबाट बाँके पुगेका छन । उपसचिवबाट सहसचिव भएको बर्ष दिन नहुँदै मापदण्डविपरीत ‘क’ वर्गको कपिलवस्तुबाट अर्को ‘क’ वर्गको जिल्ला बाँके सरुवा गरिएको हो । यस्तै सहसचिव वासुदेव घिमिरे पनि गृहका भाग्यमानी सहसचिव दह्रिएका छन् । यस अघि कास्की, रुपन्देही लगायतका क बर्गको जिल्लाको नेतृत्व गरेका उनी अहिले सुनसरी पुगेका छन् । उनी ०६० साले लेखा अधिकृत हुन ।

यस्तै सहसचिव हुनेबित्तिकै ‘क’ वर्गको जिल्ला बाँकेको सिडिओ बनेका धर्मराज जोशीलाई उदयपुरमा पठाइएको छ । पहिलो पटक नै महत्त्वपूर्ण जिल्ला पर्साको सीडीओ बन्न सफल तोयनारायण सुवेदीलाई अर्घाखाँची पठाइएको छ । महोत्तरीका सीडीओ नारायणप्रसाद रिसाललाई महोत्तरीबाट दोलखा सरुवा गरिएको छ । अवकाशको मुखमा रहेका प्रेम भट्टराईलाई ललितपुर सरुवा गरिएको छ । जबकी निजामती ऐनले अवकाशको मुखमा कर्मचारी नचलाउन भन्छ ।

जबकी जेनजी आन्दोलनमा जिल्ला प्रहरी कार्यालय, जिल्ला कारागार कार्यालय र अन्य सरकारी कार्यालय तोडफोड हुँदा पनि कास्कीका सीडीओ रुद्रादेवी शर्मालाई चलाइएको छैन । उनी बर्दियाबाट सरुवा भएर कास्की पुगेकी थिइन् ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

सिंहदरबारभित्रै ६७० सवारी खरानी,कौडीको भाउमा बेच्ने तयारी

जेनजीको राजमा पनि रोकिएन कर्मचारी सरुवामा विकृती : कसैलाई माथैमाथ,केहीको पुर्पुरोमा हात

चार महिनामा ३२ उपलब्धि : सल्यानका प्रजिअ नेत्रप्रसाद सुवेदीले देखाए प्रशासनिक नेतृत्वको नमुना

‘तपाईलाई मन्त्री बन्न नदिन ठूलै शक्ति लागेको छ’

फेरिए दुई विभागका महानिर्देशक

ललितपुर,भक्तपुरका सिडियोसहित ३६ सहसचिवको सरुवा

देशभरका ३६ प्रमुख जिल्ला अधिकारीको सरुवा, गृह मन्त्रालयले तोक्यो नयाँ जिम्मेवारी

ती संगीता,यी गणपति र खगेन्द्र

बिशेष