महिना दिनदेखि विद्युत र इन्टरनेट विना चलिरहेको सिंहदरबारभित्रैको एउटा कार्यालय

जेनजी विद्रोह पछि खरानी टक्टकाएर धेरै कार्यालयहरु उठ्दैछन् । अधिकांश कार्यालयहरुले आफ्नो सेवा प्रवाह सुचारु गरिसकेका छन् तर प्रधानमन्त्रीको नाकै मुनी रहेको एउटा कार्यालय एक महिना भन्दा बढी समयदेखि विद्युत र इन्टरनेट सेवा विना चलिरहेको छ भन्दा पत्यार नलाग्ला ।

बिज्ञापन

तर सिंहदरबारभित्र,त्यो पनि प्रधानमन्त्री सुशीला कार्की मातहत रहेको एउटा सरकारी कार्यालयको हरिविजोग हो यो ।  सिंहदरबारभित्रै रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् मातहतको एउटा निकाय महिना दिन देखि वत्ति र इन्टरनेट सुविधा विना चलिरहेको छ । नेतृत्वले उचित पहल कदमी नदिँदा प्रधानमन्त्री मातहतको राष्ट्रिय सतर्कता केन्द्र महिना दिनभन्दा लामो समयदेखि वत्ति र इन्टरनेट सेवा पूर्ण रुपमा अवरुद्ध हुन पुगेको छ ।
जेनजीको आन्दोलनको क्रममा गत २४ भदौंमा शिक्षा,गृह,प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय लगायतका सरकारी कार्यालयमा आगजनी र तोडफोड हुँदा राष्ट्रिय सतर्कता केन्द्रमा समेत तोडफोड र आगजनी भएको थियो ।

बिज्ञापन

शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालयको भुइँ तल्लामा रहेको केन्द्रका करिब दुई दर्जन सवारीसाधनमा आगजनी गर्नुका साथै कुर्सी, टेबुल र दराजसहितका फर्निचर भने आन्दोलनकारीले तोडफोड हुँदा
अधिकांश कोठामा कुनै न कुनै क्षति भने पुगेको छ । अण्डरग्राउण्ड पार्किङमा भएका सवारीसाधन जलेपछि त्यसको असर सम्पूर्ण कार्यालयमा परेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहत रहेको र अन्य निकायमा भएको अनियमिततार वेथिती हेर्ने जिम्मेवारी प्राप्त यो केन्द्रका ८ वटा चार पांग्रे सवारी र ११ वटा दुइ चक्के ९वाइक,स्कुटी०हरु खरानी भए ।
कार्यालयमा इन्टरनेट र विद्युत सेवा जोड्न नसकेको कर्मचारीहरुले इन्धन सुविधा बुझ्न लागेका छन् ।

बिज्ञापन

केन्द्रका कर्मचारीहरुका अनुसार,आज भोलिमै इन्धन सुविधा वापतको भुक्तानी उनीहरुको इन्धन वापतको रकम भुक्तानी हुने गरी तारतम्य अगाडि बढिसकेको छ । तर विध्वंशको महिना दिन पूरा भइसक्दा समेत उक्त कार्यालयमा अझैंसम्म विद्युत सेवा जोड्न नसक्दा इन्टरनेटको सेवाबाट उक्त कार्यलय पूरै विच्छेदको स्थितिमा छ ।

केन्द्रले सार्वजनिक निकायबाट हुने अनियमितता, ढिलासुस्ती, भ्रष्टाचार सम्बन्धमा उजुरी सङ्कलन गर्ने तथा सेवा प्रवाहलाई प्रभावकारी तुल्याउन नियमन, अनुगमन गरी सुझाव निर्देशन दिने कार्य गर्दैआएको छ ।
सार्वजनिक पद धारणा गरेका व्यक्तिहरूको सम्पत्ति र आयको अनुगमन गर्ने तथा विकास निर्माणका योजनाहरूमा गुणस्तरीयता कायम गरी तोकिएको समय, लागत र गुणस्तरीय काम सम्पन्न गर्ने, प्राविधिक परीक्षण गर्ने कार्य जिम्मेवारी पनि केन्द्रलाई प्राप्त छ ।विभिन्न सरकारी कार्यालयमा हाजिरी, पोसाक, सिट छड्केजस्ता सुधारात्मक कार्य पनि केन्द्रले गर्दै आएकोमा सबै काम प्रभावित हुन पुगेको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

सामान्य प्रशासनले सरुवा गरेका हाकिमहरु अझैं गएनन् स्थानीय तहमा

रसुवाका चार सहित २१ निर्माण कम्पनी कालोसूचीमा

अन्तर्मनको जागृति र स्थायी सफलता

अर्थमन्त्री खनाल र एसियाली विकास बैंकका अध्यक्षबीच भेटवार्ता

नियम विपरित सुव्वालाई चार पांग्रे सवारी,जेनजीको प्रदर्शनमा बनाइयो खरानी

महिना दिनदेखि विद्युत र इन्टरनेट विना चलिरहेको सिंहदरबारभित्रैको एउटा कार्यालय

जनताको पैसा एनजिओको हातमा : अख्तियार पुग्यो उजुरी, कार्तिक ९ मा जेन्जीको आन्दोलन घोषणा

सुन तस्करीमा पूर्व सभामुख दोषी ठहर,लगियो जगन्नाथ देवल कारागार

बिशेष