नियम विपरित सुव्वालाई चार पांग्रे सवारी,जेनजीको प्रदर्शनमा बनाइयो खरानी

जेन जी आन्दोलनको दोस्रो दिन २४ भदौमा सिंहदरबारभित्रका मन्त्रालय तथा कार्यालयमा आगलागी हुँदा ५५० भन्दा बढी सवारी साधन खरानी भएका छन् । सरकारले सहसचिव र सचिवका लागि मापदण्ड अनुसार चार पांग्रे सवारी साधन उपलव्ध गराउँदै आएको छ ।

बिज्ञापन

यस्ता सवारी साधन दरबन्दी भन्दा बढी खरिद गरेर उपसचिव,शाखा अधिकृतमात्र होइन मामुली सुव्वा र खरिदार तहका कर्मचारी नेताहरुले समेत दुरुपयोग गर्दै आएका थिए ।
जस्तो कि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहत मात्र ८४ वटा चारपांग्रे र १३५ वटा दुईपांग्रे गरी २१९ वटा सवारीसाधन रहेका थिए । प्रधानमन्त्री कार्यालयले दिएको जानकारी अनुसार,प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा १ मन्त्री,५ सचिव,१० जना सहसचिव,पुलमा ५ गरी दरबन्दी अनुसार २१ वटा चार पांग्रे हुनुपर्ने हो । सो कार्यालयका ४७ वटा चारपांग्रे र ७५ वटा दुईपांग्रे गरी ११९ वटा सवारीसाधन जलेका छन्।

बिज्ञापन

मामिला तथा सामान्य प्रशासन मन्त्रालय मातहत मात्र ११९६ वटा सरकारी सवारी साधन रहेका थिए । ती सवारी साधनका लागि इन्धनमा १ करोड ६५ लाख,मर्मतका नाममा ९४ लाख बजेट चालु आर्थिक बर्षका लागि छुट्टाइएको थियो । यसरी छुट्टाइएको सवारी साधनमा निर्देशिका विपरित एमाले निकट नेपाल निजामती कर्मचारी संगठनका अध्यक्ष र महासचिवले दुरुपयोग गरिरहेको फेला परेको छ ।

सरकारले पछिल्लो समय जारी गरेको सवारी साधन प्रयोगसम्बन्धी मापदण्ड अर्थात निर्देशिकामा राजपत्रांकित विशिष्ट र प्रथम श्रेणीका पदाधिकारीहरूका लागि सवारीसाधन सुविधा, सवारी चालक, मर्मत र इन्धन व्यवस्थापनसम्बन्धी नियमहरू निर्धारण गरिएको छ। निर्देशिकाविपरित नेपाल निजामती कर्मचारी संगठनका अध्यक्ष भवानी दाहाल र नेपाल निजामती कर्मचारी संगठनका महासचिव रामचन्द्र अधिकारी (आरसी)ले सरकारी नम्बर प्लेटका सवारी साधन चढ्दै आएका थिए ।

बिज्ञापन

प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार,उनलाई केपी शर्मा ओलीका नीजि सचिव रहेका विनोद कुँवरले त्यहाँबाट चार पाग्रे सवारी साधन उपलव्ध गराएका थिए,भवानीका लागि । तर यो बिषयमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सहसचिव रविलाल शर्माले आफूलाई कुनै जानकारी नभएको प्रतिक्रिया दिएका छन् । ‘त्यसरी प्रधानमन्त्री कार्यालयबाट सवारी साधन उपलव्ध गराएको भए त मलाई जानकारी हुनुपर्ने हो,त्यस सम्बन्धमा मलाई कुनै जानकारी छैन’,शर्माले भने । उनले चढ्दै आएको सवारी साधन गत २४ भदौंमा ववरमहलस्थित नेपाल निजामती कर्मचारी संगठनको भवन अगाडि पार्किङ गरेर राखिएकोमा त्यही आगलागी भएको कर्मचारी संगठनका नेताहरुले बताउँछन् ।

उनीझैं,सो संगठनका महासचिव रहेका रामचन्द्र अधिकारी (आरसी)ले समेत मन्त्रालयका उपसचिवले चढ्दै आएको  केही महिना अगाडि मात्र खरिद गरिएको ६८०४ नम्बरको चार पांग्रे सवारी साधन आरसीले चढ्दै आएका थिए । उनी सिंहदरबारस्थित संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका कर्मचारी हुन,आन्तरिक शाखाका हर्ताकर्ता । मन्त्रालयमा १३ बर्षदेखि रजगज गर्दै आएका उनी आफूले चढ्ने गरेको सरकारी नम्बर प्लेटको गाडी भने संगठनको भवन अगाडि पार्किङ गराउने गर्दथें । जेनजीको विद्रोहका क्रममा पनि सो सवारी साधन संगठनकै भवन अगाडि पार्किङ गरेर राखिएको थियो ।

नेपाल निजामती कर्मचारी संगठनका केही पदाधिकारीहरु नै त्यसरी सरकारी गाडी संगठनको भवनमा पार्किङ गरेर नराखिएको भए भवन जोगाउन सकिने बताउन थालेका छन् । सरकारी नम्बर प्लेटको सवारी साधन पार्किङ्ग गरेर राखिएकै कारण झण्डै सात करोड खर्चेर बनाइएको ववरमहलस्थित नेपाल निजामती कर्मचारी संगठनमा आगलागी हुन पुगेको छ ।
जेनजीको विद्रोह पछि समेत ट्रेड युनियनकर्मी आरसीको दम्भमा कुनै कमी नआएको मन्त्रालयका कर्मचारीहरु बताउँछन् ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

अनलाइन सरुवा प्रणाली : रैथाने कर्मचारी चलाउने हिम्मत गरेन,अपाङ्ग कर्मचारीलाई पठायो स्थानीय तह

इन्जिनियर,लेखा अधिकृत र सब इन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्धा दायर

यी सचिव,जस्लाई प्रदेश झर्नु परेन

उद्योगमा तामाङ, प्रधानमन्त्री कार्यालय पुगे दुवाडी

सचिवको घुस काण्ड छानबिन गर्न उपसचिवको संयोजकत्वमा समिति

संघीय संसदका दुवै सदनको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

४६ खरिदार,२० कम्युटर अपरेटर र ४ नायब सुब्बाको सरुवा

प्रधानमन्त्री कार्यालयमा सरुवा भइन अतिरिक्त सचिव मिश्रा

बिशेष