नियम विपरित सुव्वालाई चार पांग्रे सवारी,जेनजीको प्रदर्शनमा बनाइयो खरानी

जेन जी आन्दोलनको दोस्रो दिन २४ भदौमा सिंहदरबारभित्रका मन्त्रालय तथा कार्यालयमा आगलागी हुँदा ५५० भन्दा बढी सवारी साधन खरानी भएका छन् । सरकारले सहसचिव र सचिवका लागि मापदण्ड अनुसार चार पांग्रे सवारी साधन उपलव्ध गराउँदै आएको छ ।

बिज्ञापन

यस्ता सवारी साधन दरबन्दी भन्दा बढी खरिद गरेर उपसचिव,शाखा अधिकृतमात्र होइन मामुली सुव्वा र खरिदार तहका कर्मचारी नेताहरुले समेत दुरुपयोग गर्दै आएका थिए ।
जस्तो कि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहत मात्र ८४ वटा चारपांग्रे र १३५ वटा दुईपांग्रे गरी २१९ वटा सवारीसाधन रहेका थिए । प्रधानमन्त्री कार्यालयले दिएको जानकारी अनुसार,प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा १ मन्त्री,५ सचिव,१० जना सहसचिव,पुलमा ५ गरी दरबन्दी अनुसार २१ वटा चार पांग्रे हुनुपर्ने हो । सो कार्यालयका ४७ वटा चारपांग्रे र ७५ वटा दुईपांग्रे गरी ११९ वटा सवारीसाधन जलेका छन्।

बिज्ञापन

मामिला तथा सामान्य प्रशासन मन्त्रालय मातहत मात्र ११९६ वटा सरकारी सवारी साधन रहेका थिए । ती सवारी साधनका लागि इन्धनमा १ करोड ६५ लाख,मर्मतका नाममा ९४ लाख बजेट चालु आर्थिक बर्षका लागि छुट्टाइएको थियो । यसरी छुट्टाइएको सवारी साधनमा निर्देशिका विपरित एमाले निकट नेपाल निजामती कर्मचारी संगठनका अध्यक्ष र महासचिवले दुरुपयोग गरिरहेको फेला परेको छ ।

सरकारले पछिल्लो समय जारी गरेको सवारी साधन प्रयोगसम्बन्धी मापदण्ड अर्थात निर्देशिकामा राजपत्रांकित विशिष्ट र प्रथम श्रेणीका पदाधिकारीहरूका लागि सवारीसाधन सुविधा, सवारी चालक, मर्मत र इन्धन व्यवस्थापनसम्बन्धी नियमहरू निर्धारण गरिएको छ। निर्देशिकाविपरित नेपाल निजामती कर्मचारी संगठनका अध्यक्ष भवानी दाहाल र नेपाल निजामती कर्मचारी संगठनका महासचिव रामचन्द्र अधिकारी (आरसी)ले सरकारी नम्बर प्लेटका सवारी साधन चढ्दै आएका थिए ।

बिज्ञापन

प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार,उनलाई केपी शर्मा ओलीका नीजि सचिव रहेका विनोद कुँवरले त्यहाँबाट चार पाग्रे सवारी साधन उपलव्ध गराएका थिए,भवानीका लागि । तर यो बिषयमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सहसचिव रविलाल शर्माले आफूलाई कुनै जानकारी नभएको प्रतिक्रिया दिएका छन् । ‘त्यसरी प्रधानमन्त्री कार्यालयबाट सवारी साधन उपलव्ध गराएको भए त मलाई जानकारी हुनुपर्ने हो,त्यस सम्बन्धमा मलाई कुनै जानकारी छैन’,शर्माले भने । उनले चढ्दै आएको सवारी साधन गत २४ भदौंमा ववरमहलस्थित नेपाल निजामती कर्मचारी संगठनको भवन अगाडि पार्किङ गरेर राखिएकोमा त्यही आगलागी भएको कर्मचारी संगठनका नेताहरुले बताउँछन् ।

उनीझैं,सो संगठनका महासचिव रहेका रामचन्द्र अधिकारी (आरसी)ले समेत मन्त्रालयका उपसचिवले चढ्दै आएको  केही महिना अगाडि मात्र खरिद गरिएको ६८०४ नम्बरको चार पांग्रे सवारी साधन आरसीले चढ्दै आएका थिए । उनी सिंहदरबारस्थित संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका कर्मचारी हुन,आन्तरिक शाखाका हर्ताकर्ता । मन्त्रालयमा १३ बर्षदेखि रजगज गर्दै आएका उनी आफूले चढ्ने गरेको सरकारी नम्बर प्लेटको गाडी भने संगठनको भवन अगाडि पार्किङ गराउने गर्दथें । जेनजीको विद्रोहका क्रममा पनि सो सवारी साधन संगठनकै भवन अगाडि पार्किङ गरेर राखिएको थियो ।

नेपाल निजामती कर्मचारी संगठनका केही पदाधिकारीहरु नै त्यसरी सरकारी गाडी संगठनको भवनमा पार्किङ गरेर नराखिएको भए भवन जोगाउन सकिने बताउन थालेका छन् । सरकारी नम्बर प्लेटको सवारी साधन पार्किङ्ग गरेर राखिएकै कारण झण्डै सात करोड खर्चेर बनाइएको ववरमहलस्थित नेपाल निजामती कर्मचारी संगठनमा आगलागी हुन पुगेको छ ।
जेनजीको विद्रोह पछि समेत ट्रेड युनियनकर्मी आरसीको दम्भमा कुनै कमी नआएको मन्त्रालयका कर्मचारीहरु बताउँछन् ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

सामान्य प्रशासनले सरुवा गरेका हाकिमहरु अझैं गएनन् स्थानीय तहमा

रसुवाका चार सहित २१ निर्माण कम्पनी कालोसूचीमा

अन्तर्मनको जागृति र स्थायी सफलता

अर्थमन्त्री खनाल र एसियाली विकास बैंकका अध्यक्षबीच भेटवार्ता

नियम विपरित सुव्वालाई चार पांग्रे सवारी,जेनजीको प्रदर्शनमा बनाइयो खरानी

महिना दिनदेखि विद्युत र इन्टरनेट विना चलिरहेको सिंहदरबारभित्रैको एउटा कार्यालय

जनताको पैसा एनजिओको हातमा : अख्तियार पुग्यो उजुरी, कार्तिक ९ मा जेन्जीको आन्दोलन घोषणा

सुन तस्करीमा पूर्व सभामुख दोषी ठहर,लगियो जगन्नाथ देवल कारागार

बिशेष