विवादास्पद् व्यवसायी दिपक भट्टको १० खर्ब सम्पत्ति जफत गर्न माग गर्दै अख्तियारमा उजुरी

शासकदेखि प्रशासकहरुलाई हातमा लिएर आफू अनुकुल चलाउँदै आएका विवादित व्यवसायी दिपक भट्टविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ ।
धितोपत्र वोर्डको अध्यक्ष,वीमा प्राधिकरण,नेपाल राष्ट्र बैंक,नेप्से,हिमालयन रि इन्स्योरेन्स जस्ता निकामक निकायहरुमा आफू अनुकुलको पात्र फिट गर्न करोडौं चलखेलमा मुछिएका विवादास्पद व्यवसायी दीपक भट्टले विचौलियाका रुपमा काम गरी अकुत सम्पत्ति आर्जन गरेको आरोप लगाउँदै जेनजीको एउटा समूहले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता गरेको हो ।  भट्टविरुद्ध करीब १० खर्ब रुपैयाँ बराबरको अवैध सम्पत्ति जफत गर्न माग गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता भएको छ । उजुरीमा भट्टले नेपालको आर्थिक, प्रशासनिक र कानूनी प्रणाली दुरुपयोग गरी राष्ट्रको स्रोतसाधन व्यक्तिगत स्वार्थमा केन्द्रित गरेको आरोप लगाइएको छ ।

बिज्ञापन

अख्तियार प्रमुखलाई सम्बोधन गरिएको उजुरी सी–०१८२०२ नम्बरमा दर्ता भएको छ । उजुरीमा भट्टको गैरकानुनी १० खर्ब सम्पत्ति जफत गरी मुलक पुनर्निर्माणमा लगाउन माग गरिएको छ ।

बिज्ञापन

उजुरीमा दिपक भट्टले विगत लामो समयदेखि अवैध स्रोत र नाजायज आर्थिक कारोबारमार्फत ठूलो सम्पत्ति जोडेको आरोप छ । उजुरीले भट्टमाथि राज्यको ढुकुटी, प्राकृतिक स्रोत, सरकारी ठेक्का र आयात–निर्यात कारोबारमार्फत नाफा आर्जन गर्ने नाममा भ्रष्टाचार र कमिसनको जालो सञ्चालन गरेको आरोप लगाएको छ ।

जेनजी अलायन्सले दर्ता गरेको उक्त उजुरीमा  भट्टको सम्पत्तिको स्रोत अज्ञात भएको, सरकारी पदाधिकारी र नातेदारहरूको नाममा फर्जी कम्पनीहरू खोली सम्पत्ति लुकाउने र ट्रान्सफर गर्ने जस्ता गतिविधि भएको दाबी गरिएको छ । उजुरीमा भनिएको छ, ‘भट्टले वैदेशिक परियोजना, तेल आयात, औद्योगिक लगानी र सरकारी खरिद प्रक्रियामा राजनीतिक संरक्षणमार्फत अनियमित ढंगले सम्पत्ति जोडेका छन्, जसको स्रोत सार्वजनिक पार्न सक्ने अवस्था छैन ।’

बिज्ञापन

उजुरीमा भनिएको छ,दीपक भट्ट र उनको समूहले नेपालमा भ्रष्टाचार, सेटिङ र नीतिगत लुटपाटको चक्रव्यूह चलाएका छन्, जसका तथ्यहरु पढ्दा पनि कहालीलाग्दो रहेको,नेपालको सुरक्षा निकायको बन्दोबस्तीका सामग्री तथा हातहतियार आपूर्तिमा सेटिङ, जलस्रोत क्षेत्रमा सेटिङ, बीमा क्षेत्र तथा वित्तीय क्षेत्रमा सेटिङ, नेपालको प्रहरी र सार्वजनिक प्रशासन क्षेत्रमा सेटिङ सबैमा दीपक भट्ट अघि छन् ।

उजुरीकर्ताले भट्टको सम्पूर्ण जग्गा–जमिन, घर, बैंक खाता, चल–अचल सम्पत्ति र विदेशी लगानीहरू तत्काल स्थगित गरी जफत गर्ने प्रक्रिया सुरु गर्न अख्तियारसँग माग गरेको छ ।

अलायन्सका संयोजक प्रतिक्षा प्रतिरोध र सचिव सुमन अधिकारीद्वारा हस्ताक्षरित उजुरीमा भट्टले विगत २ दशकयता वैदेशिक सहायता, ऊर्जा, ठेक्का, पेट्रोलियम आपूर्ति र अन्तर्राष्ट्रिय परियोजनासँग सम्बन्धित कारोबारका नाममा अवैध सम्पत्ति संकलन गर्दै आएको आरोप लगाइएको छ । उनका कम्पनी र संस्थाहरूले सरकारी निकायसँग ठेक्का र आपूर्ति सम्झौता गरेर प्राप्त रकम कर नतिरी विभिन्न देशका बैंकमा लुकाएको हुँदा करिब १० अर्बको सम्पत्ति जफत गरी राष्ट्रिय पुर्ननिर्माणमा लगाउन माग गरिएको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

सात सचिव रिक्त,चार महिनादेखि बढुवा ठप्प हुँदा मारमा बरिष्ठ सहसचिवहरु

प्रधानमन्त्री कार्यालयमा सचिवको पल्टन,चार निकाय सचिवविहीन

आयल निगममा तेल चोर्नेदेखि ओभरटाइमको नाममा मासिक ५० लाख खानेसम्म

मनसुनको जोखिम बढ्दै, देशभर ५४ स्थानमा सशस्त्र प्रहरीको प्रतिकार्य बेस स्थापना

टेरामक्स भ्रष्टाचार मुद्दा : पूर्वमन्त्री मोहन बस्नेतसहित १९ प्रतिवादीको मुद्दामा आज फेरि सुनुवाइ

‘मनसुनजन्य विपद् प्रतिकार्यका लागि सुरक्षा निकाय र सरकारी संयन्त्र उच्च शतर्कतामा’

अर्थका दुई महत्वपूर्ण विभाग निमित्तको भरमा,६ सहसचिवको दरबन्दी रिक्त

डिभी र पिआरधारी चार अधिकृतलाई १५ दिने स्पष्टीकरण

बिशेष