अब राजश्व समूहको शाखा अधिकृत र उपसचिव बन्न सम्बन्धित बिषयमा स्नातक र स्नाकोत्तर गर्नुपर्ने

अव राजस्व समुहको उपसचिव र शाखा अधिकृत हुन सम्बन्धित बिषयमा स्नातक र स्नाकोत्तर तह उत्र्तिण गरेको हुनुपर्ने भएको छ ।

बिज्ञापन

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नेपाल प्रशासन सेवाको (गठन,समूह तथा श्रेणी विभाजन र नियुक्ति ) छैंटौं संशोशन गर्दै राजश्व समूहको उपसचिव हुनका लागि व्यवस्थापन, वाणिज्य, व्यापार, अर्थशास्त्र वा जनप्रशासनमा (सार्वजनिक वित्त तथा लेखासहित) स्नातकोत्तर तह उत्र्तिण गरेको हुनुपर्ने प्रावधान लागू गरेको हो ।

बिज्ञापन

मन्त्रालयले नेपाल प्रशासन सेवा (गठन, समूह तथा श्रेणी विभाजन र नियुक्ति) नियमावली, २०५० को अनुसूची–४ खण्ड ‘घ’ को क्र.सं. १ र २ मा संशोधन गर्दै शैक्षिक योग्यताको नयाँ व्यवस्था गरेको हो ।

नयाँ प्रावधानअनुसार, उपसचिव पदका उम्मेदवारले मान्यता प्राप्त शिक्षण संस्थाबाट व्यवस्थापन, वाणिज्यशास्त्र, व्यापार प्रशासन, अर्थशास्त्र वा जनप्रशासन (सार्वजनिक वित्त वा लेखा विषयसहित) मध्ये कुनै एक विषयमा स्नातकोत्तर डिग्री प्राप्त गरी ऐनको दफा ७ को उपदफा (१६) बमोजिमको अनुभव हासिल गरेको हुनुपर्नेछ ।

बिज्ञापन

यस्तै राजश्व समूहको शाखा अधिकृत हुनका लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट व्यवस्थापन, वाणिज्य, व्यापार, अर्थशास्त्र वा जनप्रशासनमा स्नातक तह उर्तीर्ण गरेको हुनै पर्ने प्रावधान लागू गरेको छ ।

राजस्व समूहका उपसचिव र शाखा अधिकृतका लागि हालसम्म उपसचिव तहका लागि व्यवस्थापनशास्त्र, वाणिज्यशास्त्र, व्यापार प्रशासन, कानून, अर्थशास्त्र, जनप्रशासन, गणित वा तथ्याङ्कशास्त्र विषयमा स्नातकोत्तर गरे पुग्थ्यो । यस्तै शाखा अधिकृत तहका लागि स्नातक तह वा सो सरह उत्तीर्ण पर्याप्त मानिन्थ्यो ।

यो सूचना राजपत्रमा समेत प्रकाशन भइसकेको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

ट्रेड युनियन नेतामाथि सरकारको कडाइ : उपत्यकाबाहिर सरुवाको तयारी

सहसचिवको दोहोरो मापदण्ड : सुशासन कागजमै सीमित

प्रधानान्यायधीशको लाइनबाट तीन रिङ आउट

पाँच सचिव अख्तियारको फन्दामा

सर्वाेच्च अदालतमा तोडियो ब्रेक, चौथौं बरियताका शर्मा प्रधानन्यायाधीशमा सिफारिस

दाइको आवेदन,भाइले दिए अध्यक्षबाट राजीनामा

सरकारी बैंकका अध्यक्षहरुले दिए सामुहिक राजीनामा

सचिवविरुद्ध भ्रष्टाचार मुद्धा प्रदेशका प्रमुख सचिव निलम्बित

बिशेष