भोटेकोशी जलविद्युत् आयोजनाको १० प्रतिशत शेयर सित्तैमा जेनजी समूहले हात पारेको छ ।
बिज्ञापन
भोटेकोशी जेन-जी पब्लिक इन्भेष्टमेन्ट पब्लिक लिमिटेडको नाममा स्थानीयको समूहले ४५ मेगावाटको अपर भोटेकोशी जलविद्युत् आयोजनाको १० प्रतिशत शेयर माग्दै आयोजनाको कामकाज एक महिनादेखि बन्द गराएको थियो । भदौ २३–२४ गतेको जेनजी आन्दोलनको क्रममा ‘भोटेकोशी जेनजी ग्रुप’को नाममा स्थानीयको एक समूहले आयोजना बन्द गराउँदै १० प्रतिशत शेयर नि शुल्क माग गर्दै आएको थियो । कम्पनीले १० प्रतिशत शेयर दिन तयार भएको तर नि शुल्क भने दिन नसकिने बताएको थियो । त्यसैले एक महिनासम्म आयोजना बन्द थियो ।
बिज्ञापन
आइतबार भोटेकोशी पावर कम्पनी र जेन–जी पब्लिक इन्भेष्टमेन्ट पब्लिक लिमिटेडबीच १० प्रतिशत शेयर लेन–देनमा सम्झौता भएसँगै आयोजना सञ्चालनमा आएको छ । सम्झौता पत्रमा जेनजी पब्लिक इन्भेष्टमेन्ट पब्लिक लिमिटेडका अध्यक्ष फुर्पा शेर्पा र भोटेकोशी कम्पनीका तर्फबाट सचिव विश्वमोहन कर्माचार्य लगायतले हस्ताक्षर गरेका छन् । यस्तै, भोटेकोशी पावरले सम्बन्धित स्थानीय तहलाई सामाजिक उत्तरदायित्व अन्तर्गतको रकम पनि बढाउने सहमति भएको छ। सहमति अनुसार पावर कम्पनीले भोटेकोशी गाउँपालिकालाई वार्षिक दुई करोड ५० लाख रुपैयाँ दिने सहमति भएको छ।
सम्झौता पत्रमा भनिएको छ,भोटेकोशी पावर कम्पनी प्राइभेट लिमिटेड (दोस्रो पक्ष) ले आफ्नो शेयरमध्येबाट १० प्रतिशत शेयर आयोजनाको जलविद्युत् उत्पादन क्षेत्रका स्थानीय तहका प्रत्यक्ष प्रभावित स्थानीय जनता समेटी खडा भएको लगानी गर्ने पब्लिक लिमिटेड कम्पनीलाई दिने सहमति गरियो ।दोस्रो पक्षले प्रथम पक्षलाई दिने भनेको उल्लेखित १० प्रतिशत शेयर साबिक २०७१।०९।०९ को सम्झौता बमोजिमको ६ प्रतिशतमा ४ प्रतिशत बढाई जम्मा १० प्रतिशत कायम गर्ने सहमति गरियो ।’
बिज्ञापन
दश प्रतिशत सेयर पाउने सुनिश्चितता भएसँगै भोटेकोशी जलविद्युत् आयोजनाको अवरोध हटेको छ। जनप्रतिनिधि, प्रमुख जिल्ला अधिकार, जेजनी पब्लिक इन्भेष्टमेन्ट र भोटेकोशी पावरका प्रतिनिधिको उपस्थितिमा यस्तो सम्झौता भएको हो।
यी हुन् सहमति भएका बुँदाहरु:
१. भोटेकोशी पावर कम्पनी प्राईभेट लिमिटेड (दोस्रो पक्ष) ले आफ्नो शेयरमध्येबाट १० प्रतिशत शेयर आयोजनाको जलविद्युत् उत्पादन क्षेत्रका स्थानीय तहका प्रत्यक्ष प्रभावित स्थानीय जनता समेटी खडा भएको लगानी गर्ने पब्लिक लिमिटेड कम्पनीलाई दिने सहमति गरियो ।
दोस्रो पक्षले प्रथम पक्षलाई दिने भनेको उल्लेखित १० प्रतिशत शेयर साबिक मिति २०७१।०९।०९ को सम्झौता बमोजिमको ६ प्रतिशतमा ४ प्रतिशत बढाई जम्मा १० प्रतिशत कायम गर्ने सहमति गरियो ।
२ दोस्रो पक्षको शेयरको अंकित मुल्य रु १०० रहेको सन्दर्भमा स्थानीयको तर्फबाट लगानी गर्ने पब्लिक कम्पनीले दोस्रो पक्षमा हाल्ने शेयर सम्बन्धमा प्रथम पक्षले कर्जाको लागी बैंकमा निवेदन दिने र बैंकले दिने कर्जाको लागी दोस्रो पक्षले जमानीको ब्यवस्था गर्ने एवम् सो कर्जा आगामी १ वर्षको लाभांशबाट दोस्रो पक्षको आयोजना निर्वाध रुपमा सधै सञ्चालन भएको अवस्थामा कर्जा तथा व्याज समेत चुक्ता हुने गरि दोस्रो पक्षले व्यवस्था गर्ने सो लाभांशबाट फर्छ्याैट नभएमा दोस्रो पक्षले बाँकी कर्जा बराबरको रकम सकार्ने सहमति गरियो ।
पहिलो पक्षले दोस्रो पक्षको १० प्रतिशत शेयरको लागि जलविद्युत उत्पादन क्षेत्रका स्थानिय तहका प्रत्यक्ष प्रभावित स्थानीय जनतालाई पहिलो पक्षको कम्पनीको शेयरधनी बनाई सके पछि दोस्रो पक्षको १० प्रतिशत शेयरको लागि आवेदन दिने प्रक्रिया सुरु गर्ने सहमति गरियो ।
३ दोस्रो पक्षले भोटेकोशी गाउँपालिकालाई सामाजिक उत्तरदायित्व वापत दिदै आएको साविकको रकममा थप गरि बार्षिक रुपमा जम्मा रु २,५०,००,००० (अक्षरेपी दुई करोड पचास लाख मात्र) दिने सहमती गरियो । अब उप्रान्त साबिकमा बिभिन्न शीर्षकमा दिदै आएको रकम प्रथम पक्ष लगाएत कसैले पनि दाबी नगर्ने सहमति समेत गरियो ।
४ दोस्रो पक्षको आयोजनामा बिभिन्न पक्षहरुबाट भविष्यमा आउन सक्ने मागहरु तथा समस्याहरुको समाधानको लागी प्रथम पक्षको समेत पूर्ण साथ र सहयोग रहने सहमति. गरियो ।
५ आयोजनाको पावर प्लान्ट आजैका मितिबाट सञ्चालन गर्ने सहमति गरियो । स्थानीय प्रभावितहरुलाई सहमतिको जानकारी दिई आयोजनाका कर्मचारीहरुको सुरक्षा समेत गरि शान्तिपुर्वक सञ्चालन गर्ने जिम्मेवारी प्रथम पक्षले लिने सहमति गरियो ।