केभिआर समिट च्यालेन्जसमा डेनियर र एनी पहिलो

केभिआर समीट च्यालेन्ज तेस्रो संस्करणको पहिलो चरणमा पुरुषतर्फ डेनमार्कका डेनियल मोयलर र महिलातर्फ नेदरल्यान्ड्सकी एनी माइ बान पहिलो हुनुभएको छ ।
ट्रेलमान्डु नेपालको आयोजनामा शनिबार भएको २१ किलोमिटरको रेसमा पुरुषतर्फको विजेता डेनियलले दुई घन्टा २१ मिनेट ३२ सकेन्ड समय लगाए । नेपालका दिपक मान तामाङ दुई घन्टा ३१ मिनेट २ सकेन्ड समय लगाएर दोस्रो भए । तेस्रो हुने भरत गुरुङले दुई घन्टा ३१ मिनेट ४ सकेन्डमा दौड पुरा गरे ।

बिज्ञापन

महिलातर्फ एनीले दुई घन्टा ४५ मिनेट समयसहित सबभन्दा चाँडै दौड पुरा गरिन् । अमेरिका÷जर्मनीकी सोन्या मार्टिन (२ः५८ः३० सकेन्ड) दोस्रो र आइसल्यान्डकी सोफी स्टाइनकर (३ः०९ः१३ सकेन्ड) तेस्रो स्थानमा रहे ।ट्रेल रनिङमा नयाँ सहभागीहरुका लागि वा बिस्तारै दृश्यावलोकन गर्न चाहनेका लागि ७ किलोमिटरको फन रन÷हाइक पनि राखिएको थियो । जसमा नेपालका डा. आकार शेर्पाली (१ घन्टा ३ मिनेट) पहिलो, अमृत शाही ठकुरी (१ घन्टा ४ मिनेट) दोस्रो र सुजन श्रेष्ठ (१ घन्टा ९ मिनेट) तेस्रो भए । महिला वर्गमा निशा महर्जन (१ घन्टा १० मिनेट) पहिलो, अमेरिकाकी एरिका मिक्स (एक घन्टा २७ मिनेट) दोस्रो र अमेरिकाकै ग्वेन्डोलिन सेइफर (१ घन्टा २९ मिनेट) ले तेस्रो स्थान हासिल गरे ।

बिज्ञापन

हात्तीवन, चम्पादेवी, भश्मेश्वर, पुरानो दक्षिणकाली हुँदै फर्पिङमै सम्पन्न भएको पहिलो रेसमा नेपाल, अमेरिका, आइसल्यान्ड, युके, नेदरल्यान्ड्स, डेनमार्क, जापान, भारत, फ्रान्स, स्वीडेन, बेल्जियम, नवेै र जर्मनीका गरी ११० धावकधाविकाको सहभागिता रहेको थियो । यस सत्रमा केभीरआर समिट च्यालेन्समा पाँच चरण हुनेछ । अब रेस २ नोभम्बर ८, रेस ३ डिसेम्बर ८, रेस ४ सन् २०२६ को जनवरी १० र रेस ५ फेबु्रअरी १ मा आयोजना हुनेछ ।

“स्वस्थ रहौं, रमाइलो गरौं, र ट्रेलमै नेपाललाई चिनाऔं” नारासहित ट्रेलमान्डु नेपालले यो प्रतियोगिताको आयोजना गर्दैछ ।

बिज्ञापन

नेपाल ओलम्पिक कमिटीका प्रतिनिधि निरज श्रेष्ठले विजेतालाई पुरस्कार प्रदान गर्नुभयो ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

मेयर नेपालीविरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा,डेढ अर्ब विगो

ग्लोबल आइएमई बैंकद्वारा ८ प्रतिशत नगद लाभांश घोषणा

बागमती प्रदेश विश्वविद्यालयः अपेक्षा र चक्रवात

प्रदेशका उपसचिवलाई संघीय मन्त्रालयले गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा खटाएपछि

केभिआर समिट च्यालेन्जसमा डेनियर र एनी पहिलो

सुशासनको पुनःस्थापना:- नेपालको राजनीतिक व्यवस्थामा सुधारका उपायहरू       

जेनजी आन्दोलनबाट प्रशासनिक रुपान्तरणका लागि सिर्जित सकारात्मक दवाव

अन्तरिम सरकारका चार मन्त्री लस्करै विदेश भ्रमणमा

बिशेष