७२ कर्मचारीको दरबन्दी,एकै पटक १६ कर्मचारी निलम्बित

नेपाल दूरसञ्चार प्राधिकरणका १६ जना कर्मचारी एकै पटक निलम्बनमा परेका छन् । कूल ७२ कर्मचारीको दरबन्दी रहेकोमा अध्यक्षसहित २० जनाविरुद्ध भ्रष्टाचार मुद्धा चलेको हो ।
अख्तियारले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम अर्थात एमडीएमएस खरिद प्रक्रियामा अनियमितता गरेको अभियोगसहित दूरसञ्चार प्राधिकरणका दुई पूर्वअध्यक्षसहित २० जनाविरुद्ध भ्रष्टाचार मुद्दा चलाउँदा दूरसञ्चार प्राधिकरणका झण्डै २५ प्रतिशत कर्मचारी एकै पटक निलम्बनमा परेका हुन ।

बिज्ञापन

अख्तियारले पूर्व अध्यक्षद्वय दिगम्बर झा र पुरुषोत्तम खनालसहित एकजना पूर्ववरिष्ठ निर्देशक, तीनजना बहालवाला निर्देशकहरूसहित २० जना रहेका छन् । उनीहरुविरुद्ध ९१ करोड ९८ लाख ३० हजार ८८२ रुपैयाँ बिगो दाबी गर्दै मुद्दा दर्ता गरेको हो।

बिज्ञापन

यसरी अख्तियारले प्रतिवादी बनाइएकामा झा र खनालका अलावा पूर्व वरिष्ठ निर्देशक आनन्दराज खनाल, बहालवाला निर्देशकहरू दीपेश आचार्य, सुरेन्द्र हाडा र अच्युतानन्द मिश्र, आन्तरिक लेखापरीक्षण शाखाका उपनिर्देशक सुरेश बस्नेत, योजना तथा व्यवस्थापन सूचना प्रणाली शाखाका उपनिर्देशक रेवतिराम पन्थ, अनुमतिपत्र व्यवस्थापन शाखाका उपनिर्देशक सन्दीप अधिकारी र कविन्द्रराज मल्ललगायत छन् ।

यस्का अलवा मीनप्रसाद अर्याल, सहायक निर्देशक,उपनिर्देशक विनोदचन्द्र श्रेष्ठ तथा निर्देशक दीपेश आचार्यविरुद्ध मुद्दा दागर भएको छ ।यस्तै उपनिर्देशक सुरेन्द्रलाल हाडा, सहायक निर्देशक,उपनिर्देशक रेवतीराम पन्थ, सहायक निर्देशकरउपनिर्देशक सन्दीप अधिकारी, सहायक निर्देशकरउपनिर्देशक सूर्यप्रसाद लामिछाने, उपनिर्देशक अच्युतानन्द मिश्र, सहायक निर्देशक विजयकुमार राय यादव, सहायक निर्देशक प्रतीक्षा पौडेल, सहायक निर्देशक नीराजन कोइरालाविरुद्ध पनि मुद्दा दायर गरिएको छ ।अख्तियारले एमडीएमएसमा भ्रष्टाचार मुद्दा दायर गरेसँगै दूरसञ्चार प्राधिकरण रित्तिने अवस्थामा पुगेको छ ।

बिज्ञापन

मुद्दा लागेको कर्मचारीमध्ये १६ जना बहालवाला कर्मचारी हुन् । मुद्धा परेकामध्ये अच्युतानन्द मिश्रमाथि सचिवकै हस्ताक्षर कीर्ते गरेको आरोप लाग्दै आएको छ ।भ्रष्टाचार निवारणसम्बन्धी ऐन अनुसार अख्तियारले कुनै पनि कर्मचारीलाई भ्रष्टाचारसम्बन्धी मुद्धा विशेषमा दायर गरेसँगै उक्त मुद्धाको छिनोफानो चहुञ्जेल उक्त कर्मचारी निलम्बनमा पर्ने छ । अख्तियारले दूरसञ्चार प्राधिकरणका बहालवाला १६ कर्मचारीलाई मुद्धा चलाएसँगै त्यहाँका ती कर्मचारीहरु निलम्बनमा परेका छन् । केही समय पछि नै टेरामक्स प्रकरणमा समेत प्राधिकरणका अरु कर्मचारीलाई समेत प्रतिवादी बनाएर अख्तियारले मुद्धा चलाउने तयारी गरिरहेको छ ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।