जर्नेलको फुलीमै ज्यादती

गत वर्ष पुरानो गोरख गणका कर्णेल राजेश्वर अनिल र १ र २ नम्बरमा पदोन्नति हुन सफल भए । बोर्ड त देखाउनका लागि मात्र हो, सबै काम सैनिक सचिव गौरव केसी र प्रभुराम चिफको इच्छाअनुसार भएको जो–कसैलाई थाहा छ, प्रत्येक महिना ३/४ जनाको दरले विशेष र मानार्थ बढुवा हुने गरेकोले नेपाल आर्मीमा गज्जब छ ।

बिज्ञापन

यम सापकोटा सम्धी राजीनामा दिएर घर बसेपछि कार्की ब्याङ्क्वेटलाई छोराको बिहेको भोजको पैसा नबुझाएको ताकेतामा छन् । निकुञ्जमा घर बनाउन दिएको रकम माओवादी ठेकेदारको मिलेमतोमा घर नै नबनाई अग्निप्रसाद सापकोटाका कारण भ्रष्टाचारबाट बच्न सफल कृष्णप्रसादको भ्रष्टाचारसम्बन्धी प्रतिवेदन सैनिक मुख्यालयमा सुरक्षित छ, उनै मेजर जर्नेल हुने ।

बिज्ञापन

राजेन्द्र र पूर्णचन्द्रको भाञ्जा शिशिर केसी, जसले कल्याणकारीको रकमले कीर्तिपुरमा १५० रोपनी जग्गा खरिद गर्दा २३ रोपनी आफ्नो बनाउन भ्याए । सेनाको हरेक तालिममा सधैँ लाष्ट, स्टाफ कलेज त ५ पटकमा बल्ल–बल्ल पास, उनैले हाल ९ करोडको घर खरिद गरेका छन् । सम्पत्तिको स्रोत देखाउन नपर्ने तर मेजर जर्नेल उनै हुने । १४ बाहिनीका खरेल हेरेको हेर्‍यै ।

संकटकालमा विद्रोहीलाई राम्रै सहयोग गरेका कुमारबाबु थापा मेजर जर्नेल र तक्माले पुरस्कृत हुने । हुँदा हुँदा ३ पटकसम्म असाधारण साहस देखाई आत्महत्या प्रयासबाट बच्न सफल विष्ट कर्साबलाई समेत जर्साब हुने अवसर ! पद मात्र बढेर हुँदैन, क्षमता र हैसियत पनि हुनुपर्छ । समाजले पनि स्वीकार गर्नुपर्छ ।

बिज्ञापन

दुई जनाको अगाडि दुई शब्द बोल्नुपर्‍यो भने थरथर काम्ने, युनिट कमाण्डर हुँदा कहिल्यै फौजको अगाडि उभिएर दुई शब्द बोल्न नसक्ने यो कस्तो व्यवस्था ल्याउनुभयो चिफसाब ? माथिका दुईतारे जर्साबहरूबारे युनिट र कमाण्डरहरूसँग स्वतन्त्र भएर रिपोर्ट माग्नुस्, पश्चाताप हुनेछ । मन्त्री पदजस्तो दुईतारे जर्नेलको पदलाई पत्रु बनाउन भएन । (साभार:जनआस्था साप्ताहिकबाट)

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

८ मन्त्रालय र ७०१ कर्मचारी दरबन्दी कटौतीको प्रस्ताव,कार्यन्वयन भए बार्षिक ४८ करोड बचत

बागमती प्रदेशमा मन्त्रालय कटौतीको प्रस्ताव, ७०१ कर्मचारी दरबन्दी घटाउने सुझाव

प्रधानमन्त्रीका स्वकीयको फोनपछि सतर्कता केन्द्रमा तरंग, सचिव तनावमा

अदालत छेउमा बम विस्फोट

क्याविनेट अनिश्चित,पेन्डिङमा दर्जनौं नियुक्ति-बढुवा प्रस्ताव

नयाँ सांसद : एसएलसीसम्म पढेकादेखि पीएचडीधारीसम्म

काम चलाउ हलमा नयाँ सांसदहरुको शपथ,नयाँ मन्त्रीलाई छैन क्वार्टर

अर्थमन्त्री खनाललाई नयाँ सरकारमा पनि दोहोर्याउने तयारी, राष्ट्रियसभामा मनोनित गरिँदै

बिशेष