आन्तरिक छड्केमा शिक्षाका २० कर्मचारी :- मन्त्रीले सोधिन स्पष्टीकरण

शिक्षा,विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले मन्त्रालयका २० कर्मचारीसँग स्पष्टीकरण सोधेकी छिन् ।  आन्तरिक छड्के निरीक्षणका क्रममा कार्यालय समयमा नआउने र कार्यकक्षमा नभेटिएका २० कर्मचारीलाई स्पष्टीकरण सोधेकी हुन् । चैत्र १४ गते मन्त्रालयभित्रका सम्पूर्ण महाशाखा तथा शाखाहरूमा गरिएको छड्के अनुगमनका क्रममा २० जना कर्मचारीहरू हाजिर गरी मन्त्रालयबाट बाहिरिएको तथ्य खुलेको थियो ।

बिज्ञापन

शिक्षामन्त्री सुमना श्रेष्ठको निर्देशनमा मन्त्रालयको प्रशासन शाखाबाट छड्के गरिएको थियो। कार्यकक्षमा नभेटिने तथा कार्यालय समयको पालना नगर्ने कर्मचारीलाई सोधिएको स्पष्टीकरण चित्तबुझ्दो नआए कानुनबमोजिम कारबाही हुने मन्त्री श्रेष्ठको सचिवालयले जनाएको छ।

बिज्ञापन

यस्ता किसिमका अनुगमन तथा छड्के मन्त्रालय अन्तर्गतका विभाग तथा कार्यालयहरूमा समेत निरन्तर रूपमा हुने र कार्यालय समयमा बिना जानकारी अनुपस्थित हुने तथा तोकिएको जिम्मेवारी पूरा नगर्ने कर्मचारी उपर कानुन बमोजिम कारबाही गरिने मन्त्रालयले जनाएको छ ।

यसैबिच मन्त्रालयले शिक्षा सेवाका दुई सहसचिवको सरुवा गरेको छ।

बिज्ञापन

मन्त्रालयमा कार्यरत सहसचिव एवं प्रवक्ता शिवकुमार सापकोटालाई शिक्षक सेवा आयोगको प्रशासकीय प्रमुखमा र आयोगमा उक्त भूमिकामा रहेका डा। कमल पोखरेललाई मन्त्रालयमा सरुवा गरिएको छ।

यसैगरी मन्त्रालयको प्रवक्ताको जिम्मेवारी सहसचिव केशवप्रसाद दाहाललाई तोकिएको छ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

मन्त्रिपरिषद् बैठक बस्दै

निर्वाचनको समयमा सामान्य प्रशासनमा २५ बढी सहसचिव जिम्मेवारीविहीन, हाजिर गरेर घाम ताप्दै

फ्लेस : आधुनिक मानव अस्तित्वको नाङ्गो दस्तावेज

अवकाशअघि सचिवको ‘ठूलो चलखेल’ : सुईहरूको सरुवा सूची तयार, कसलाई च्याप्ने कसलाई पेल्ने ?

सिंहदरबारमा आगो लगाउनेलाई धमाधम उन्मुक्ति

भौतिक मन्त्रालयद्वारा तीन सुईहरुको पदस्थापन

इतिहासकै ठूलो भ्रष्टाचार मुद्धा : पूर्व सचिव र सहसचिवलाई साधरण तारेखमा रिहा गर्न आदेश

चुनावी प्रचारमा लाग्ने कर्मचारी र शिक्षकलाई कारबाही गर्ने आयोगको चेतावनी

बिशेष