निर्जीवन बीमा कम्पनीमा पर्यो २० अर्ब ७० करोड दाबी

जेनजी प्रदर्शनका क्रममा भएको क्षतिबाट निर्जीवन बीमा कम्पनीमा २० अर्ब ७० करोड बीमा दाबी परेको छ । नेपाल बीमा प्राधिकरणको तथ्यांक अनुसार १४ निर्जीवन बीमा कम्पनी र चार लघु निर्जीवन बीमा कम्पनीमा एक हजार ९८४ संख्यामा बीमा दाबी परेको थियो ।

बिज्ञापन

भदौ २३ र २४ गतेको जेन(जी आन्दोलनले गरेको क्षतिमा २० अर्ब ७० करोड ३८ लाख रुपैयाँको प्रारम्भिक बीमा दाबी परेको हो ।
वीमा प्राधिकरणका अनुसार सबैभन्दा धेरै द ओरियण्टल इन्स्योरेन्समा ५ अर्ब १४ करोड ७९ लाख रुपैयाँको प्रारम्भिक बीमा दाबी परेको छ । कम्पनीमा देशभरीबाट हालसम्म ४० वटा दाबी परेका छन् ।

बिज्ञापन

सर्वाधिक बीमा दाबी पर्नेमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स दोस्रो स्थानमा रहेको छ । कम्पनीमा देशभरीबाट २५८ वटा दाबी बापत चार अर्ब ९३ करोड २२ लाख रुपैयाँको प्रारम्भिक बीमा दाबी परेको छ ।

शिखर इन्स्योरेन्सले भदौ ३१ गतेसम्म कम्पनीमा ३६६ वटा दाबी बापत कुल दुई अर्ब ३९ करोड चार लाख रुपैयाँको प्रारम्भिक बीमा दाबी परेको छ ।

बिज्ञापन

आइजिआई प्रुडेन्सियल इन्स्योरेन्समा २४ वटा दाबी बापत एक अर्ब ५९ करोड ६ लाख रुपैयाँ, सगरमाथा लुम्बिनी इन्स्योरेन्समा २३३ वटा दाबी बापत एक अर्ब ४७ करोड ५५ लाख रुपैयाँ, हिमालयन एभरेष्ट इन्स्योरेन्समा १९६ वटा दाबी बापत एक अर्ब १५ करोड ६२ लाख रुपैयाँ र नेको इन्स्योरेन्समा ४० वटा दाबी बापत एक अर्ब नौ करोड ५३ लाख रुपैयाँको कुल प्रारम्भिक बीमा दाबी परेको छ ।

नेपाल बीमा प्राधिकरणका अनुसार सानिमा जिआइसी इन्स्योरेन्समा १२९ वटा दाबी बापत ७८ करोड ९३ लाख रुपैयाँ, सरकारी स्वामित्वको राष्ट्रिय बीमा कम्पनीमा १७२ वटा दाबी बापत ४९ करोड ५१ लाख रुपैयाँ, युनाइटेड अजोड इन्स्योरेन्समा १७० वटा दाबी बापत ४८ करोड ५१ लाख रुपैयाँको कुल प्रारम्भिक बीमा दाबी परेको छ ।

नेपाल इन्स्योरेन्समा ७९ वटा दाबी बापत ४६ करोड ९४ लाख रुपैयाँ, एनएलजी इन्स्योरेन्समा १५१ वटा दाबी बापत ३८ करोड ५८ लाख रुपैयाँ, प्रभु इन्स्योरेन्समा ६९ वटा दाबी बापत १९ करोड १८ लाख रुपैयाँ र नेशनल इन्स्योरेन्समा १९ वटा दाबी बापत ६ करोड ८२ लाख रुपैयाँको कुल प्रारम्भिक बीमा दाबी परेको छ ।

जेनजी प्रदर्शनका क्रममा भएको क्षतिबाट उत्पन्न बीमा दाबीको ६५ प्रतिशत बीमा दाबी रकम नेपाल पुनर्बीमा कम्पनीले गर्नेछ । हुलदंगा तथा आतंकबाद जोखिम बीमा पुल अनुसार प्रति घटना १० करोड रूपैयाँसम्मको बीमा दाबीमा ६५ प्रतिशत बीमा रकम नेपाल पुनर्बीमा कम्पनीले भुक्तानी गर्ने व्यवस्था छ ।

 

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

सात सचिव रिक्त,चार महिनादेखि बढुवा ठप्प हुँदा मारमा बरिष्ठ सहसचिवहरु

प्रधानमन्त्री कार्यालयमा सचिवको पल्टन,चार निकाय सचिवविहीन

आयल निगममा तेल चोर्नेदेखि ओभरटाइमको नाममा मासिक ५० लाख खानेसम्म

मनसुनको जोखिम बढ्दै, देशभर ५४ स्थानमा सशस्त्र प्रहरीको प्रतिकार्य बेस स्थापना

टेरामक्स भ्रष्टाचार मुद्दा : पूर्वमन्त्री मोहन बस्नेतसहित १९ प्रतिवादीको मुद्दामा आज फेरि सुनुवाइ

‘मनसुनजन्य विपद् प्रतिकार्यका लागि सुरक्षा निकाय र सरकारी संयन्त्र उच्च शतर्कतामा’

अर्थका दुई महत्वपूर्ण विभाग निमित्तको भरमा,६ सहसचिवको दरबन्दी रिक्त

डिभी र पिआरधारी चार अधिकृतलाई १५ दिने स्पष्टीकरण

बिशेष