कर तिर्ने समय एक महिना थप

सरकारले कर तिर्ने समय एक महिना थप गरेको छ । जेनजी प्रदर्शनले क्षति पुगेको भन्दै अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रलाई कर तिर्न समय थपिदिएका छन्।

बिज्ञापन

हिजो उनले मन्त्रीस्तरीय निर्णय गर्दै राजस्व बुझाउन एक महिनाको समय थप गरेका हुन्। निजी क्षेत्रको मागअनुसार तत्काल राजस्व विवरण बुझाउने समय एक महिना थप गरिदिएका हुन । भदौ ३१ गते अर्थमन्त्रीस्तरीय बैठकबाट यो निर्णय भएको हो। थप गरिएको अवधिभित्र कर बुझाएको खण्डमा कुनै पनि प्रकारको ब्याज, जरिवाना वा शुल्क लाग्ने छैन ।

बिज्ञापन

मूल्य अभिवृद्धि कर (भ्याट), अन्तःशूल्कलगायत कर हरेक महिनाको २५ गतेभित्र सम्बन्धित कर कार्यालयमा बुझाउनुपर्ने कानुनी व्यवस्था छ । यसपटक विषम परिस्थितिका कारण कर तिर्ने समय थपिएको जनाइएको छ ।

अब भदौ २५ गतेसम्म बुझाउनुपर्ने साउन मसान्तसम्मको मासिक मूल्य अभिवृद्धि कर, अन्तःशुल्क, अग्रिम करकट्टी, शिक्षा सेवा र विलासिता शुल्कको विवरण तथा कर रकम अब असोज २५ गतेसम्म बुझाउन सकिनेछ ।

बिज्ञापन

 

कानुनअनुसार यही भदौ २५ गतेभित्र बुझाइसक्नुपर्ने गत साउन महिनाको कर तिर्नका लागि एक महिनाको समय थप गरिएको आन्तरिक राजस्व विभागका महानिर्देशक मदन दाहालले जनाए ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

४७ उपसचिवको सरुवा : २३ लाई पठाइयो नगरपालिका, स्थानीय तहबाट १८ आए संघीय मन्त्रालय

वीवाइडीले कर छलेको पृष्टि : रसुवा भन्सारमा १९ करोड २७ लाख दाखिला

छोरीलाई बाँच्न देऊ

प्रशासनका २३,इन्जिनियरिङतर्फका २,कृषि १ सहित २७ सहसचिवको सरुवा

निजामती सेवा : सुशासनको मेरुदण्ड,जनभरोसाको आधार

नागार्जुनमा भत्ताको ब्रह्मलुट : दुई कर्मचारीले चार वर्षमै बुझे करोडौं

काभ्रेलाई नसर्ने रोग नियन्त्रणको राष्ट्रिय सिकाइ केन्द्र बनाउने १३ पालिकाको प्रतिबद्धता

तीन महिनाको काज, आठ वर्ष देखि निर्देशक श्रेष्ठको जेपी कोइरालामा ‘राज’

बिशेष