कर्मचारी बिदा बस्न नपाउने सचिवस्तरीय बैठकको निर्णय

प्रदेशका कर्मचारीहरुले अत्यावश्यकबाहेक बिदा बस्न नपाउने भएका छन् । गण्डकी प्रदेशको सचिवस्तरीय बैठकले प्रदेशका कर्मचारीहरुलाई अत्यावश्यक बाहेक बिदा बस्न नदिने निर्णय गरेको हो ।

बिज्ञापन

सचिवस्तरीय बैठकले मन्त्रालय, निकाय र मातहतका सबै कर्मचारीलाई अत्यावश्यकबाहेक काज नखटाउने र बिदा स्वीकृत नगर्ने निर्णय गरेको हो । आइतबार बसेको सचिवस्तरीय बैठकले आन्दोलनका क्रममा सरकारी कार्यालयहरूमा भएको आगजनी र तोडफोडको घटनापछि अवस्था सामान्यीकरण गर्न ७ बुँदे निर्णय गरेको हो ।

बिज्ञापन

जस अनुसार, क्षतिको विवरण सङ्कलन गरी तत्काल सेवा सुचारु गर्नेदेखि कर्मचारीहरूलाई अत्यावश्यक बाहेक बिदा नदिने,कार्यालयका महत्त्वपूर्ण सामान हुने भएकोले बाह्य व्यक्तिलाई सरसफाइमा नखटाइने सहितका निर्णयहरु भएको गण्डकी प्रदेशले जनाएको छ ।

सचिवहरूको बैठकले जेनजीको भदौ २३ र २४ को प्रदर्शनका कारण मन्त्रालय, निकाय र मातहतका कार्यालयमा भएको आगजनी र तोडफोडबाट भएको क्षतिबारेमा समेत छलफल गरेको छ । क्षतिग्रस्त मन्त्रालयसहितका कार्यालयको विवरण संकलन गर्ने र प्रहरीको उपस्थितिमा मुचुल्का बनाई सरसफाइ गर्ने निर्णय भएको छ । सबै कर्मचारीलाई सेवाप्रवाहलाई सुचारु राख्न तत्पर रहन आह्वान गर्दै प्रदेशवासीलाई आवश्यक सेवा नरोकिने आश्वासन समेत दिएको छ ।

बिज्ञापन

सो प्रदेशमा मुख्यमन्त्री कार्यालयसहित गण्डकीका ६ वटा मन्त्रालयमा तोडफोड र आगजनीका साथैं ४ वटा मन्त्री क्वार्टर सहित दर्जनौँ सवारी साधनमा आगजनी भएको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

जाँचबुझ आयोगको प्रतिवेदन चुनाव अगाडि नआउने

भ्रष्टाचार रोक्न सरकार चुक्दा अख्तियार मैदानमा उत्रिन्छ : राई

जाँचबुझ आयोगको म्याद तेस्रो पटक थप्ने तयारी

सामाजिक सञ्जाल विधेयक राष्ट्रिय सभाबाट फिर्ता

तस्करीको गोदाम खुल्दा तस्कर रुन्चे मदन आक्रामक, सशस्त्र प्रहरीमाथि हमला

३ करोड ६३ लाख अकुतमा डामिएका सव इन्जिनियरको मुद्धामा साक्षी प्रमाण बुझ्ने आदेश

मालपानीको ‘दानापानी’ खाने भन्सारका कर्मचारी अख्तियारको राडारमा

मन्त्रिपरिषद् बैठक बस्दै,जाँचबुझ आयोगको म्याद थप्ने तयारी

बिशेष