मुख्यसचिव अर्याल : “नागरिक सरकारसँग काम गर्न ब्युरोक्रेसी तयार छ”

काठमाडौँ । मुख्यसचिव एकनारायण अर्यालले अब बन्ने नागरिक सरकारसँग काम गर्न कर्मचारी प्रशासन पूर्ण रूपमा तयार रहेको बताएका छन् । शुक्रबार सिंहदरबारस्थित भौतिक पूर्वाधारहरूको निरीक्षणपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले जेन–जी पुस्ताको मागअनुसार बन्ने सरकारसँग सहकार्य गर्न ब्युरोक्रेसी तयार रहेको स्पष्ट पारे ।

बिज्ञापन

 

बिज्ञापन

अर्यालका अनुसार मुलुकका अत्यावश्यक सेवाहरू अबाधित रूपमा सञ्चालन भइरहेका छन् । उनले राहदानीदेखि वैदेशिक रोजगारसम्बन्धी सम्पूर्ण सेवा अनलाइनमार्फत सुरु भइसकेको जानकारी दिए । “हामीले हिजोदेखि राहदानीदेखि वैदेशिक रोजगारका सबै सेवाहरू अनलाइनबाट सुरु गरिसकेका छौँ । खानेपानी, विद्युत्, टेलिफोनलगायत जनतालाई दिनुपर्ने सेवाका लागि सम्बन्धित निकायलाई निर्देशन दिइसकेका छौँ,” उनले भने ।

 

बिज्ञापन

मुख्यसचिवले हाल सुरक्षाको जिम्मा नेपाली सेनाले सम्हालिरहेको र अवस्था सामान्यतर्फ उन्मुख भइरहेको बताए । उनका अनुसार मन्त्रालयका सचिवहरूसँग भर्चुअल छलफलमार्फत आवश्यक निर्देशन दिइसकिएको छ ।

 

सिंहदरबारस्थित पूर्वाधार निरीक्षणका क्रममा उनले प्रशासनिक अभिलेखमा अकल्पनीय क्षति पुगेको उल्लेख गर्दै पूर्वाधार तथा सवारीसाधनको क्षतिबारे छिट्टै प्राविधिक मूल्याङ्कन हुने जानकारी पनि दिए ।

 

उनले थपे, “अब जेनजी पुस्ताको मागअनुसार सरकार बनोस् । नागरिक सरकारसँग काम गर्न ब्युरोक्रेसी तयार छ । सरकार आइसकेपछि मन्त्रालयमार्फत हुने सेवाका विषयमा छलफल भइसकेको छ ।”

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

६४ हजार घुस रकमसहित पक्राउ परिन शाखा प्रमुख

भोटेकोशी बाढीको क्षति मूल्याङ्कनदेखि वैकल्पिक राजमार्ग सञ्चालनसम्म, बागमती सरकारका सात निर्णय

रसुवा र धादिङलाई वैकल्पिक मार्गबाट सडक सञ्जालमा जोडिसक्यौँः सडक डिभिजन प्रमुख शर्मा

विपद्को बेला विपद् महाशाखा प्रमुख विदेश भ्रमणमा

एक महिनाअघि मात्रै रसुवा भन्सार कार्यालयमा हाजिर भएका भन्सार अधिकृत शर्मा मृत भेटिए

हेटौंडा–काठमाडौं वैकल्पिक सडकमा जाम कम गर्न जिल्ला प्रशासनले सुरु गर्‍यो ‘वान वे’

भोटेकोशी बाढीपछि उद्धारमा समन्वय अभाव, टनेलमा फसेकाको उद्धार अझै अन्योलमा

रसुवागढी जलविद्युत्को सुरुङभित्र पसेको उद्धार टोली रित्तै फर्क्यो

बिशेष