मुख्यसचिव अर्याल : “नागरिक सरकारसँग काम गर्न ब्युरोक्रेसी तयार छ”

काठमाडौँ । मुख्यसचिव एकनारायण अर्यालले अब बन्ने नागरिक सरकारसँग काम गर्न कर्मचारी प्रशासन पूर्ण रूपमा तयार रहेको बताएका छन् । शुक्रबार सिंहदरबारस्थित भौतिक पूर्वाधारहरूको निरीक्षणपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले जेन–जी पुस्ताको मागअनुसार बन्ने सरकारसँग सहकार्य गर्न ब्युरोक्रेसी तयार रहेको स्पष्ट पारे ।

बिज्ञापन

 

बिज्ञापन

अर्यालका अनुसार मुलुकका अत्यावश्यक सेवाहरू अबाधित रूपमा सञ्चालन भइरहेका छन् । उनले राहदानीदेखि वैदेशिक रोजगारसम्बन्धी सम्पूर्ण सेवा अनलाइनमार्फत सुरु भइसकेको जानकारी दिए । “हामीले हिजोदेखि राहदानीदेखि वैदेशिक रोजगारका सबै सेवाहरू अनलाइनबाट सुरु गरिसकेका छौँ । खानेपानी, विद्युत्, टेलिफोनलगायत जनतालाई दिनुपर्ने सेवाका लागि सम्बन्धित निकायलाई निर्देशन दिइसकेका छौँ,” उनले भने ।

 

बिज्ञापन

मुख्यसचिवले हाल सुरक्षाको जिम्मा नेपाली सेनाले सम्हालिरहेको र अवस्था सामान्यतर्फ उन्मुख भइरहेको बताए । उनका अनुसार मन्त्रालयका सचिवहरूसँग भर्चुअल छलफलमार्फत आवश्यक निर्देशन दिइसकिएको छ ।

 

सिंहदरबारस्थित पूर्वाधार निरीक्षणका क्रममा उनले प्रशासनिक अभिलेखमा अकल्पनीय क्षति पुगेको उल्लेख गर्दै पूर्वाधार तथा सवारीसाधनको क्षतिबारे छिट्टै प्राविधिक मूल्याङ्कन हुने जानकारी पनि दिए ।

 

उनले थपे, “अब जेनजी पुस्ताको मागअनुसार सरकार बनोस् । नागरिक सरकारसँग काम गर्न ब्युरोक्रेसी तयार छ । सरकार आइसकेपछि मन्त्रालयमार्फत हुने सेवाका विषयमा छलफल भइसकेको छ ।”

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

करारका कर्मचारी नहटाउन सर्वाेच्चको अन्तरिम आदेश

पूर्वसहसचिव कार्कीमाथि ठगी आरोप, थप ८ दिनको हिरासत अनुमति

दलहरुको संगठनलाई मान्यता नदिइने मन्त्री पुनको घोषणा,संघ संगठन स्वतन्त्र बनाउन निर्देश

१५ करोडको खरिद प्रक्रिया रद्द, स्वास्थ्य सेवा विभाग विवादमा

पढ्नमा को अगाडि,चोर्नमा को अगाडि ?

आन्दोलित कर्मचारीलाई अर्थमन्त्रीले फकाए,डेढ महिनापछि फर्किए काममा

कोडैनामा ‘खाना-खाजा’ मै सत्र लाखको बिल !

केभिआर समिट च्यालेन्जसमा विशाल र मारिजे पहिलो

बिशेष