रसुवा कारागारबाट ९८ कैदी फरार, ७२ पक्राउ, बाँकीको खोजी जारी

देशका विभिन्न स्थानमा भइरहेको आन्दोलनको आडमा रसुवा कारागारमा समेत कैदीबन्दीहरूले सुरक्षा घेरा तोड्दै सामूहिक रुपमा फरार भएका छन्। जिल्लास्थित प्रमुख जिल्ला अधिकारी राजेश पन्थीले जारी गरेको विज्ञप्तिअनुसार शुक्रबार साँझ कारागारमा रहेका ९० जना पुरुष, ७ जना महिला र १ जना शिशु गरी ९८ जना कैदीबन्दी फरार भएका हुन्।

बिज्ञापन

 

बिज्ञापन

सुरक्षा संयन्त्रको समन्वित प्रयासपछि विभिन्न स्थानमा खोजतलास गर्दै आएका सुरक्षाकर्मीहरूले अहिलेसम्म ७२ जना फरार कैदीबन्दीलाई पुनः नियन्त्रणमा लिन सफल भएको कार्यालयले जनाएको छ। बाँकी कैदीबन्दीहरूको खोजी जारी रहेको र यसका लागि सम्पूर्ण सुरक्षा निकाय सतर्कताका साथ परिचालन गरिएको छ।

 

बिज्ञापन

प्रजिअ पन्थीले फरार भएका कैदीबन्दीहरूलाई सहज रूपमा कारागार फर्किन र सुरक्षाकर्मीको सम्पर्कमा आउन आग्रह गरेका छन्। उनले भने, “कानूनी राज्यको अनुपालन गर्नु सबैको कर्तव्य हो। फरार भएर थप कानूनी जटिलता निम्त्याउनु उपयुक्त हुँदैन।”

 

यससँगै, प्रहरीले सर्वसाधारणलाई फरार कैदीबन्दीसम्बन्धी कुनै पनि सूचना प्राप्त भएमा नजिकको सुरक्षानिकायमा खबर गर्न अनुरोध गरेको छ। गलत, भ्रामक र अपुष्ट सूचना सम्प्रेषण नगर्न सचेत गराउँदै प्रजिअ कार्यालयले त्यस्तो कार्यमा संलग्नलाई कानूनी कारबाही गर्ने चेतावनीसमेत दिएको छ।

 

यस्तै, जनजीवन सहज बनाउन आज बेलुकी ५ बजेदेखि ७ बजेसम्म मात्र खाद्य तथा औषधिजन्य सामग्री खरिद–विक्रीका लागि सीमित संख्यामा आवतजावत गर्न स्थानीयलाई अनुमति दिइने भएको छ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

बजारमा मालवस्तुकाे एमआरपी र बिलबिजक : अवसर र चुनौती

कर्मचारीको मनोबल बढ्दै छ कि गिर्दै ?

सचिवज्यू यस्तै हुन्छ सुशासन ?

ट्रेड युनियन नेतामाथि सरकारको कडाइ : उपत्यकाबाहिर सरुवाको तयारी

सहसचिवको दोहोरो मापदण्ड : सुशासन कागजमै सीमित

प्रधानान्यायधीशको लाइनबाट तीन रिङ आउट

पाँच सचिव अख्तियारको फन्दामा

सर्वाेच्च अदालतमा तोडियो ब्रेक, चौथौं बरियताका शर्मा प्रधानन्यायाधीशमा सिफारिस

बिशेष