प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् बैठक बोलाए

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ ६ बजेपछि बालुवाटारमा मन्त्रिपरिषद्को बैठक बोलाउनुभएको छ। सरकारले सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेको भोलिपल्टै देशभर ‘जेन जेड’ पुस्ता सडकमा उत्रिएपछि प्रधानमन्त्रीले आकस्मिक बैठक बोलाउनुभएको हो।

बिज्ञापन

आज दिनभर काठमाडौंसहित विभिन्न शहरमा ‘जेन जेड’ युवाहरू आन्दोलनमा उत्रिएका छन्। उनीहरूले सामाजिक सञ्जाल बन्द गर्ने निर्णय फिर्ता लिन सरकारसँग माग गर्दै प्रदर्शन गरेका थिए। आन्दोलनमा विद्यार्थी, युवा र सामाजिक सञ्जाल प्रयोगकर्ताहरू सक्रिय रूपमा सहभागी भएका छन्।

बिज्ञापन

युवाहरूको सडक आन्दोलनसँगै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले पनि सरकारमाथि दबाब बढाउन थालेको छ। कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री ओलीसँग प्रत्यक्ष सम्पर्क गर्दै विवादास्पद निर्णय तत्काल फिर्ता लिन आग्रह गर्नुभएको छ।

स्रोतका अनुसार आजको मन्त्रिपरिषद् बैठकमा जेन जेड पुस्ताले सुरु गरेको आन्दोलन, कांग्रेसको दबाब, सामाजिक सञ्जाल बन्द गर्ने निर्णयबारे पुनर्विचार गर्ने कि नगर्ने भन्ने विषयमा गम्भीर छलफल हुने जनाइएको छ। साथै, बैठकमा अन्य समसामयिक राजनीतिक र प्रशासनिक एजेन्डामाथि पनि विचार हुने बताइएको छ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

मन्त्री खनालले आजदेखि मन्त्रिस्तरीय निर्णय नगर्ने : ६ महिनामा कहाँ थपियो,कता- कता काटियो दरबन्दी ?

रसुवा भन्सारमा बमको आतंक : दैनिक लाखौं असुली

यी हुन प्रशासन सेवा राजश्व समूहबाट शाखा अधिकृत बढुवाका सम्भाव्य ३२ उमेद्धार

सामान्य प्रशासनमा मन्त्री खनालको ६ महिना : ८५ वटा निर्णय,यस्ता छन् कामको फेहरिस्त

नव निर्वाचित माननीयको निर्देशन १३ स्थानीय सरकारलाई अमान्य

२५ कर्मचारी छड्केमा,प्रमुख प्रशासकीय अधिकृतसहितको हाजिरीमा लाग्यो रातो

प्रमुख प्रशासकीय अधिकृत,लेखापालसहित चारविरुद्ध भ्रष्टाचार मुद्धा दायर

विजयी भएको प्रमाणपत्र बुझ्न प्रतिनिधि सभाको जेष्ठ सदस्य नै पुगेनन निर्वाचन आयोग

बिशेष